Monday, September 28, 2020

नेपालका चर्चित ९ अविवाहित सुन्दरी [तस्बिरसहित]

- Advertisement -

विवाहलाई बनारसको लड्डु भन्न थालिएको वर्षौं भयो । खाए पनि पछुताउने अनि नखाए पनि पछुताउने भएकाले विवाहलाई लड्डुसँग तुलना गरिएको होला । उमेर पुगेपछि विवाह गर्नु प्राकृतिक कुरा हो ।

विवाह भएपछि महिला हुन् अथवा पुरुष, जिम्मेवारीमा बाँधिन्छन् भन्ने आमधारणा छ । हाम्रो नेपाली समाजमा विवाहका आफ्नै मूल्य–मान्यता छन् । ग्ल्यामर क्षेत्रमा त विवाहले अझ ठूलो भूमिका निर्वाह गर्छ ।

करियरले उचाइ लिइरहेका बेला विवाह गर्नु हुँदैन भन्ने मान्यता एकातिर छ भने अर्कातिर विवाहित अभिनेता–अभिनेत्रीहरूले सफलताको उचाइ चुमेका उदाहरण पनि छन् । केही त्यस्ता अविवाहित महिला सेलिब्रेटीहरू –

श्रृंखला खतिवडा

मिस नेपाल वल्र्ड–२०१८ को उपाधिसँगै श्रृंखला खतिवडा देशकै चर्चित सेलिब्रेटी बन्न सफल भइन् । चीनमा सम्पन्न मिस वल्र्ड–२०१८ मा उत्कृष्ट प्रस्तुति दिएसँगै उनी नेपालीमाझ मात्र होइन, विश्वभर नै चर्चामा आइन् । समाजसेवामा समेत रुचि राख्ने श्रृंखलाले मकवानपुरको चेपाङबस्तीमा पुगेर सञ्चालन गरेको स्वास्थ्य अभियानले धेरैको मन जितेको छ ।

विज्ञापनहरूमा समेत सक्रिय भैरहेकी श्रृंखलालाई केही चलचित्रबाट अभिनयको प्रस्ताव समेत आएको छ । यद्यपि उनले अभिनय आफ्नो क्षमताको कुरा नभएको भन्दै ती प्रस्ताव अस्वीकार गर्दै आएकी छिन् । श्रृंखला अविवाहित छिन्। उनको ब्लगर सिसन बाँनियासँग प्रेम चर्चा भने चलिरहेको छ ।

सृष्टि खड्का

झन्डै १ सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी मोडल तथा अभिनेत्री हुन् सृष्टि खड्का । यी अविवाहित अभिनेत्रीले चलचित्र ‘परी’ मार्फत चलचित्रमा समेत पदार्पण गरेकी छिन् । सृष्टि केही साताअघि सार्वजनिक भएको एउटा हिन्दी गीतको म्युजिक भिडियोमा अभिनय गरेपछि चर्चामा आएकी थिइन् । उनले अभिनय गरेको डन्ट किल मी गीतको म्युजिक भिडियोले पनि राम्रो प्रशंसा पाएको थियो । सृष्टिले र्‍याम्प फेसन शो तथा केही विज्ञापनमा समेत मोडलिङ गरेकी छिन् ।

प्रियंका एमभी

लामो समयदेखि रजतपटमा अभिनेत्रीका रूपमा पदार्पण गर्ने तयारी गरे पनि प्रियंका एमभीको त्यो साइत ढिला गरि जुर्यो । एमबीएकी छात्रा प्रियंकाले अनमोल केसीको चलचित्र क्याप्टेनमार्फत पदार्पण गरिन् । इन्स्टाग्रामका आफ्ना तस्बिर देखेपछि क्याप्टेन युनिटले आफूसमक्ष अभिनयको प्रस्ताव राखेको प्रियंकाको भनाइ छ ।

अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्न पाउनुलाई ठूलो अवसरका रूपमा लिएकी प्रियंकाले क्याप्टेनमा आवद्ध भएपछि अभिनयको प्रशिक्षणसमेत लिएकी थिइन् । क्याप्टेनका दुई अभिनेत्री मध्ये प्रियंकाले सहरिया युवतीको भूमिका निर्वाह गरेकी छिन् ।

उकुषा गिरी

चलचित्र ‘ब्याचलर बन्टि’ मार्फत रजतपटमा पाइला हालेकी अभिनेत्री हुन्— उकुषा गिरी । अविवाहित उकुषा पनि मोडलिङमार्फत चलचित्रमा आउन लागेकी हुन् । अघिल्लो वर्ष काठमाडौंमा सम्पन्न मिस एसिया नेपालको विजेता भएपछि उनले मिस एसिया ग्लोबल–२०१७ मा नेपालको प्रतिनिधित्व गर्दै बेस्ट पर्सनालिटी तथा ब्युटिफूल आइजको शीर्षक उपाधि हात पारेकी थिइन् । भीमसेनगोला, काठमाडौंकी उकुषा छोटो समयमै र्‍याम्प मोडलिङ तथा विज्ञापन केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।

आश्मा गिरी

युट्युबको वेब सिरिज रङ टाइममा अभिनय गरेर चर्चामा आएकी मोडल आस्मा गिरीले केही म्युजिक भिडियो तथा विज्ञापनमा समेत अभिनय गरेकी छिन् । आश्माले अभिनय गरेको पहिलो चलचित्र ‘ड्रिम गर्ल’ केही अघि प्रदर्शनमा आइसकेको छ । उक्त चलचित्रले औसत व्यवसाय गरे पनि आश्माको अभिनय तथा सुन्दरताले राम्रै प्रशंसा पाएको थियो । अविवाहित यी अभिनेत्रीले चलचित्रको अभिनयलाई निरन्तरता दिने योजना बनाएकी छिन् । कोरियोग्राफर गम्भीर विष्टसँग नृत्यको प्रशिक्षण लिने क्रममा उनी चलचित्र ‘ड्रिम गर्ल’ मा आबद्ध भएकी हुन् ।

उपासनासिंह ठकुरी

५ फिट ६ इन्च अग्ली उपासनासिंह ठकुरी अनमोल केसीको चलचित्र क्याप्टेनबाट रजटपटमा पदार्पण गरेकी हुन् । मोडलिङमा सक्रिय रहेकै बेला उनी चलचित्रमा आइपुगेकी हुन् । अविवाहित उपासनाले इन्स्टाग्राममा अपलोड गरिएका आफ्ना तस्बिरकै कारण चलचित्रमा आइपुगेकी हुन् । क्याप्टेनमा आबद्ध भएपछि अभिनयको प्रशिक्षण लिएकी उपासनाले अभिनयमै करियर बनाउने निर्णय गरिसकेकी छिन् ।

रेश्मा घिमिरे

टिकटक क्विनको उपाधि पाइसकेकी सुन्दरी हुन्– रेश्मा घिमिरे । पेसाले नर्स यी सुन्दरी अभिनय क्षेत्रमा समेत आइसकेकी छिन् । केही विज्ञापनमा मोडलिङ गरिसकेकी यी अविवाहित सुन्दरीले केहि पहिला कालीप्रसाद बाँस्कोटाको इन्स्टाको फोटो शीर्षकको गीतमार्फत अभिनयमा पदार्पण गरेकी हुन् । निकट भविष्यमै उनी चलचित्रमा पदार्पण गर्ने तयारीमा छिन् । घिमिरे टिकटकका आकर्षक भिडियोमार्फत चर्चामा आएकी हुन् ।

निरिशा बस्नेत

चलचित्र जानी नजानीबाट नेपाली रजटपटमा प्रवेश गरेकी अनुहार हुन्– निरिशा बस्नेत । यी अविवाहित सुन्दरी चलचित्र निर्देशक विश्व बस्नेतकी छोरी हुन् । मुम्बईलाई समेत कर्मथलो बनाउँदै आएकी निरिशाले केही हिन्दी धारावाहिकमा समेत अभिनय गरिसकेकी छिन् । अध्ययनका क्रममा मुम्बईमा भएकी निरिशाले हिन्दी धारावाहिक चन्द्रा नन्दिनीमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । स्टार प्लसबाट प्रसारण भएको उक्त श्रृंखलाको अभिनयबाट निरिशाले राम्रै प्रशंसा पाएकी थिइन् ।

उक्त धारावाहिकमा निरिशाले राजकुमारी इलिसको भूमिका निर्वाह गरेकी थिइन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी निरिशाले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातक गरेकी छिन् । तर दुखको कुरा मुम्बइमा रहेकी निरिसालाए को-रोना सं-क्रमण भएको समाचार बाहिररीका छन् ।

शिल्पा मास्के

चलचित्र द ब्रेकअपमार्फत रजतपटमा अाएकी नयाँ अनुहार हुन्— शिल्पा मास्के । त्यसो त यी अविवाहित अभिनेत्रीले द ब्रेकअपपछि कागजपत्र शीर्षकको अर्को चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् । यसअघि हलिउडको डाक्टर स्ट्ेरन्जमा छोटो भूमिका निर्वाह गरेकी शिल्पाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।

रजतपटमा पदार्पण गरेकै वर्ष तीनवटा चलचित्रमा अभिनय गर्ने अवसर पाएकी यी अभिनेत्रीलाई चलचित्रवृत्तमा लामो रेसको घोडाका रूपमा समेत हेर्न थालिएको छ । कृष्ण भट्टराई/ साप्तहिको सहयोगमा

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक डेउडा गीत बजारमा

https://youtu.be/bv4jKzJhvTM कला संस्कृतिका संरक्षक विरा राम दमाईको डेउडा गित सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक गीत बजारमा आएको छ । उक्त गीतमा  Vocal:-बिरा राम दमाई...

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्नेछ

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा...

ॐ मात्र उच्चारण गर्नु भयो भने तपाइले सोचेको काम बन्नेछ बिल्कुलै...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

मिस्टर आरजेको ‘नरिसाउन होइ’ ट्रेन्डिङमा, १८ घण्टामा ४ लाख भ्यूज(भिडियोसहित)

धनगढी– गायक तथा संगीतकार राजेन्द्र भाट (मिस्टर आजे) र इश्वरी बरालको आवाजको रहेको नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार दिउसो ४ बजे रिलिज भएको...

बैतडी कि बसन्ती डेउडा गीत चर्चामा

https://youtu.be/ZRAWwAucmh0 song:- Baitadi ki Basanti Vocal:- Hansraj Joshi Lyrics:- Hansraj Joshi Music:- अलिशा डिजिटल studio Audio/video:- Sudur Khabar Director:- Prakasha Kalauni / प्रकाश कलौनी Cinematographer...

डेउडा गायक गोपाल दयालको गाउँघरको सम्झना बजारमा

https://youtu.be/V4kttcNjwB8 song:-New Deuda Song 2020 - 2077 By Gopal Dayal Gaau Ghar Ko Samjhana गाउँघरको सम्झना Vocal:- Gopal Dayal Lyrics:- Gopal Dayal Music:- Sagun Digital...

पूजा गर्दा झुक्किएर पनि गर्नै नहुने यी १० कार्यहरु, अन्यथा परिवारमा...

सुखी र समृद्ध जीवनको लागि देवी(देवताहरुको पूजा गर्ने परम्परा लामो समय देखी चलिआएको छ। आज पनि धेरै मानिसहरु यो परम्परामा अधिक विश्वास गर्दछन्। हाम्रो...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया