Tuesday, September 29, 2020

‘पुनर्वास विकासको लयमा थियो, कोरोनाले बे्रक लाग्यो’: उप–प्रमुख शर्मा

- Advertisement -

महेन्द्रनगर २९ असार ।

नयाँ संविधान निर्माणपछि स्थानीय तहको निर्वाचन भएको गत बुधवार तीन वर्ष पूरा भएको छ । यतिवेला जनताबाट निर्वाचित पहिलो स्थानीय सरकारको क्षमताको कडा परीक्षा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा भइरहेको छ । २०७४ वैशाख ३१ गते पहिलो चरणमा गण्डकी, बाग्मती र कर्णाली प्रदेशका स्थानीय तहमा निर्वाचन भएको थियो ।

दोस्रो चरणमा असार १४ गते प्रदेश १, ५ र सुदूूरपश्चिम प्रदेशका स्थानीय तहमा र तेस्रो चरणमा असोज २ गते प्रदेश २ का स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो । यसरी निर्वाचित भएका स्थानीय जनप्रतिनिधीको समिक्षाका चरण पनि छ ।

हुनत दैलोका सिंहदरवारको तीन वर्षमा आआफ्नै समिक्षा पनि भएका छन् । यो अवधिमा स्थानीय तहको संस्थागत संरचना, कानुन निर्माण र भौतिक पूर्वाधार निर्माण लगायतका विकासका काम तीव्र पारिएका छन् ।

नगरपालिकाकी उप–प्रमुख शारदा विष्टले स्थानीय तहका जनप्रतिनिधि आईसकेपछि नगरमा योजनावद्ध विकास सुरु भएको बताईन् । उनले आफुहरु निर्वाचित भएको पहिलो वर्षलाई सिकाईको वर्षका रुपमा लिएको उल्लेख गर्दै पछिल्ला वर्षमा विकास निर्माण कार्यलाई तिव्रताका साथ अगाडी बढाएको बताईन् ।

जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष पुरा भएको अवसरमा देशपाटीसँग कुरा गर्दै ‘पहिलो वर्ष हामी आउँदा स्थानीय तह सञ्चालनका लागि आवश्यक कानुन बनि सकेका थिएनन्, हामीलाई धेरै कुरा सिक्नु पर्ने पनि थियो ।’

उप–प्रमुख विष्टले भनिन् ‘दोस्रो वर्षमा नगरका योजनालाई प्राथमिकिरण गरेर कार्यान्वयनको चरणका सुरु ग¥यौ ।’ नगरपालिकाले भौतिक पुर्वाधार निर्माणका योजनालाई मुख्य प्राथमिकतामा राखेको उनको भनाई छ ।

पुनर्वास कम्पनीले नक्साङकन गरेका सडकलाई पुनः नापजाँच गरि बाटो खोलिएका छन् भने नगर गौरवका योजनालाई पनि अगाडी बढाईएको छ ।

त्यस्तै केन्द्र र प्रदेशका सरकारसँगको समन्वयमा नगरमा ठुला सडक र अन्य पुर्वाधार निर्माणका योजना नगरपालिका क्षेत्रमा सञ्चालित छन् । ‘नगरपालिकामा सबैतिर विकासले गति लिएर रहेको थियो ।’ उप प्रमुख विष्टले भनिन् ‘यस वर्ष कोरोना भाईरसको संक्रमणले विकास गतिमा ब्रेक लाग्यो, हामीले चाहेर पनि काम गर्न सकेनौँ ।’

साथै नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पनि विशेष जोड दिईएको जनाएको छ । नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थिको पहुँचसँगै गुणस्तरीय शिक्षामा जोड दिन नगरका १३ वटा माध्यमिक तहका विद्यालयमा अनलाईन हाजिरको व्यवस्था गरेको छ ।

साथै ३२ वटा सामुदायिक विद्यालय र २९ वटा निजी विद्यालयमा नगर शिक्षा समितिमार्फत अनुगमन गरि नमुना विद्यालयका रुपमा विकास गर्न जोड दिईएको छ भने पुर्वाधार अभाव रहेका विद्यालयको आवश्यक पुर्वाधार तथा स्रोत साधन थप्ने काम गरिएको उप्र प्रमुख विष्टले बताईन् ।

नगरपालिकाले शहरी स्वास्थ्य क्लीनिक र स्वास्थ्य चौकी मार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ भने स्वास्थ्य संस्थामै सुत्करी महिलालाई सुत्केरी भत्ता र स्वयमसेविका लागि प्रोत्साहन गर्ने निति बनाईएको छ ।

त्यस्तै सामाजिक विकास अन्र्तगत क्षमता विकास, सिप मुलुक र आय आर्जन मुलक तालिम आयोजना गरि नगरवासिलाई आत्मनिर्भर बनाउन प्रेरित गरिएको छ ।

साथै घरेलु वादविवादलाई न्यायिक समितिमार्फत मेलमिलाप गराउने गरिएको छ । हालसम्म पुनर्वास नगरपालिकाको न्यायिक समितिले ५४ वटा मुद्धालाई किनारा लगाएको छ ।

कार्य सम्पादन थुप्रै समस्या र चुनौति रहेको औँल्याउदैँ उप प्रमुख विष्टले ‘हामी जनताको सेवा गर्न जनमत लिएर आएका थियौँ, जन अपेक्षा अनुसारको विकास हाम्रो प्राथमिकतामा छ, सोही अनुरुप काम गर्न नगरपालिकाको सिङ्गो टिम प्रतिवद्ध छ ।’ साथै स्थानीयस्तरबाट पनि काम गर्न अनुकुल वातावरण मिल्ने मिल्नेमा उनले विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा...

यि हुन प्रचण्डले छानेका १० मन्त्रालय, ओली ९ मात्र दिने अडानमा

काठमाडौ रनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट...

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह...

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर चयन भएका छन् । जिल्लाका अगुवा महिलाको भेलाले मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको कार्य...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया