सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निड्स नेपालद्धारा गोदावरी नगरपालिकालाई पिपिईसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

महेन्द्रनगर २८ असार ।

कैलालीको गोदावरी नगरपालिकालाई निड्स नेपाल कञ्चनपुरले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आईतबार एक कार्यक्रमकाबिच नगरपालिकालाई ९९ सेट पिपिईसहित अन्य स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

निड्सले कारितास नेपालको प्राविधिक सहयोगमा गोदावरी नगपालिकामा कोभिड १९ लक्षीत कार्यक्रय गरिहेको छ । निड्स नेपालका कार्यक्रम अधिकृत केशब मलासीले विश्व स्वास्थ्य संगठनको मान्यताप्राप्त स्वास्थ्य सामाग्री हस्तान्तण गरिएको हो ।

World Link Ads
Mahakali Polytechnic

उनका अनुसार पिपीइ गाउँन १ थान, सर्जिकल मास्क १ थान, सर्जिकल क्याप १ थान,फेस मास्क १ थान लगाएतका गरि ९९ सेट स्वास्थ्य सामाग्री रहेका छन् ।

Sana Kishan


स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमकामा नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, नगर प्रवक्ता शर्मानन्द भट्ट, निड्स नेपालकी अध्यक्षअ अञ्जु भट्ट, कार्यकारी निर्देशक भवराज रेग्मी लगायको सहभागीता रहेको थियो ।

गत हप्ता निड्सले गोदावरी नगरपालिकाका बिभिन्न क्वारेनटाइनमा रहेका झण्डै ४ सय १७ जनालाई पोषण युक्त खाजा पनि बितरण गरेको थियो ।

‘निड्सको कोभिड १९ आकस्मीक प्रतिक्रिया परियोजना अन्र्तगत यो कार्यक्रम सञ्चालन भईरहेको छ ।’ निड्सका कार्यक्रम अधिकृत मलासीले भने ‘सामुदाय तथा जनप्रतिनिधिबाट राम्रो प्रतिक्रिया आईरहेकाले यस कार्यक्रमलाई थप विस्तार गर्ने योजना छ ।’

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.