Sunday, September 27, 2020

दार्चुलाको महाकाली नगरपालिकाद्धारा कोरोना नियन्त्रणको खर्च विवरण सार्वजनिक

- Advertisement -

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकाले कोरोना खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा नगरपालिकाले एक १ करोड २२ लाख खर्च गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

कोरोना भाईरस नियन्त्रण गर्न नगरपालिकाले क्वारेन्टिन स्थापना तथा व्यवस्थापन, स्वास्थ्य सामाग्री खरीद, स्वास्थ्यकर्मी व्यवस्थापन तथा परीचालन, राहत वितरण तथा नागरिक उद्धारमा खर्च सो रकम खर्च भएको जनाएको छ ।

कोरोना नियन्त्रण गर्न नेपाल सरकारले देश लकडाउन गरे (चैत ११ गते) देखि जेठसम्म राहत वितरणमा ६७ लाख ४१ हजार ५ सय ९३ रुपैँया, स्वास्थ्य सामाग्री खरीद तथा स्वास्थ्यकर्मी व्यवस्थापनमा ७ लाख ५५ हजार ७ सय ४५ रुपैँया खर्च गरिएको नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले बताए ।

यस्तै क्वारेन्टाइनमा बसेकाहरुको खाना, वस्ने ओछ्याउने तथा घरसम्म पुयाउन २२ लाख, ९९ हजार ८ सय ८१ रुपैया, नगरपालिकाका नागरीकहरुलाई धनगढी तथा काठमाडौबाट उद्धार गर्नमा ६ लाख ८८ हजार सात सय, विपद व्यवस्थापन तर्फको खाजा भत्ता ७ लाख ५२ हजार ५ सय र स्वास्थ्यतर्फ खाजा भत्तामा १० लाख, ८ हजार ५ सय ९० रुपैँया लगायत १ करोड २२ लाख ४७ हजार ९ खर्च भएको छ ।

महाकाली नगरपालिकामा चैत्र १४ गते देखी अहिले सम्म ५२५ जना क्वारेन्टिनमा बसेका छन् । कोरोना परीक्षणका लागि गरिएको पिसिआर जाचँ २५४ जनाको गरिएको छ भने २ जनाको रिर्पोट पोजेटिभ आएको छ ।

यस्तै ६ सय ३९ जनाको आरडिटी गरिएकोमा १५ जनाको पोजेटिभ देखिएको छ । हाल २६ जना क्वारेन्टीनमा बसेका छन् भने आइसोलेशनमा ८ जना रहेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खुसिको खबर – दशैंको अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको आकर्षक पल्सर...

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

नेपाली सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

दार्चुला, असोज १० नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले...

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले...

दार्चुलामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन शुरु

असोज ९, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण संकलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...

बैतडीः पञ्चेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

असोज ९ बैतडीको पञ्चेश्वर गाउँपालिकाले गत आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष ७६÷७७ मा गरेका विकास निर्माणका कार्यहरुको...

हेर्नुहोस आज सेप्टेम्बर २५ तारीख शुक्रबारको बिनिमय दर

कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर‘ नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया