Friday, October 2, 2020

विद्यार्थी नेता नरेन्द्र भाट ‘कस्मेटिक’ व्यवसायीमा

- Advertisement -

विकास सिह महता / २८ असार

कञ्चनपुरका एक विद्यार्थी नेताले राजनीतिक संगै ‘कस्मेटिक’ व्यवसाय शुरु गरेका छन् । जिल्लाका विद्यार्थी नेता नरेन्द्र भाटले विद्यार्थी राजनीतिसंगै ‘कस्मेटिक’ व्यवसाय शुरु गरेका हुन् । उनले महेन्द्रनगर बजारमा ‘डाईमण्ड कस्मेटिक फेन्सी एण्ड गिफ्ट सेन्टर संचालन गरेका छन् । सेन्टरमा बच्चादेखि महिलासम्मले प्रयोग गर्ने विभिन्न गिफ्ट लगायतका समान पाईनेछन् ।

 

शनिबारदेखि औपचरिक रुपमा व्यवसायी संचालन गरेका हुन् । विज्ञान विषयमा स्नाकोत्तर उर्तिण गरेका विद्यार्थी नेता भाटले राजनीति संगै आत्मनिर्भर बन्नका लागि व्यवसाय शुरु गरेको बताउँछन् । ‘हेर्नुहोस, कोरा राजनीतिकले केही हुँदैन, ‘उनले भने, ‘स्वच्छ, राजनीतिक हुनका लागि आत्मनिर्भर बन्नुपर्छ ।’

 

नाफामुखी भन्दा पनि सेवामुखी हिसाबले व्यवसाय शुरु गरेको बताउदै भाटले समाजका लागि सटर बन्द गरेर पनि लाग्ने बताए । ‘एकोहोरो राजनीति स्वच्छ, नहुने स्वच्छ राजनीतिका लागि कुनैपनि तैरतरिकाले आत्मनिर्भर हुनुपर्छ, ‘उनले भने, ‘अबको विकल्प भनेको आत्मनिर्भर सहितको राजनीति हो ।’ आत्मनिर्भर नहुँदा, राजनीति पनि स्वच्छ नहुने गुटउपगुट देखि भएकाले राजनीतिमा जोडिनेले कुनैपनि कोणबाट आत्मनिर्भर बन्नुपर्ने उनको भनाई छ । युवा पुस्ताले नै राजनीतिको नेतृत्व लिनुपर्ने भएकाले स्वच्छ राजनीतिका लागि आत्मनिर्भर आवश्यक रहेको उनले बताए ।

 

सिद्धनाथ विज्ञान क्याम्पसमा पुर्नगठित स्टुण्डेन्ट एसोसिएसन अफ फिजिकस(एसपिए) संस्थापक समेत रहेका नेता भाट दशकदेखि विद्यार्थी राजनीतिमा सकृय छन् । विभिन्न संमाजिक संस्था सहित केही उच्च मावि अध्यापन गराउँदै आएका भाटले स्वच्च राजनीतिका लागि आत्मनिर्भरको विकल्प नभएको दोहो¥याए । पसलमा एक पटक सेवाको मौका दिन समेत उनले आग्रह गरेका छन् ।

‘कुनैपनि ग्राहकलाई सन्तृष्ट पार्ने हाम्रो उदेश्य रहेको छ, ‘उनले भने, ‘बजारमा उपभोक्तलाई ठग्नु भन्दा गुणस्तरिय सेवा दिनेछौँ ।’ सहकर्मीले भाटको कामको प्रसंसा गरेका छन् । चाकरी राजनीतिक प्रथाबाट उन्मुक्तिका लागि आत्मनिर्भर बन्न व्यवसाय शुरु गरेको भन्दै भाटलाई साथीभाईहरुले शुभकामना दिएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष निर्मला सापकोटाले सेन्टरको उद्घाटन गर्दै आत्मनिर्भर बन्न र बजारमा माग भए अनुसार गुणस्तरिय सेवा दिन आग्रह गरिन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बुद्धले दैनिक २९, यतिले १८ उडान गर्ने

काठमाडौं । सरकारले आन्तरिक हवाई उडानको कोटा बढाएको छ । यसअघि ५ असोजबाट उडान सुरु हुँदा १४ असोजसम्मको उडान तालिका नेपाल नागरिक उड्डयन प्राधिकरणले...

नायब सुब्बाको जागिर छोडेर किवी खेतीमा लागे तारामणी !

सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

कञ्चनपुरमा घरेलु उद्योग दर्ता गर्ने बढे

महेन्द्रनगर । कञ्चनपुरमा लकडाउनपछि घरेलु तथा साना उद्योग व्यवसाय बढेका छन् । कोरोना संक्रमणपछि गरिएको लकडाउन खुलेपछि उद्यम व्यवसाय दर्ता हुने क्रम बढेको छ...

प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई मेगा बैंकको आकर्षक कर्जा

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । https://youtu.be/V4kttcNjwB8 प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी...

अब मासिक ९९ रुपैयाँमा फोन र इन्टरनेट सहित असीमित सुविधा :...

काठमाडौं । सरकारी तथा सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावको लागि खुशीको समाचार छ । उनीहरुले मासिक ९९ रुपैयाँमा असीमित फोन र इन्टरनेट सेवा...

सुपथ मूल्य पसल १५ गतेदेखि

काठमाडौं । नजिकिँदै गरेको दशैंतिहार लाई लक्षित गर्दै सरकारले असोज १५ गतेदेखि सुपथ मूल्य पसल खोल्ने निर्णय गरेको छ । सोमवार दिउँसो उद्योग, वाणिज्य...

खुसिको खबर – दशैंको अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको आकर्षक पल्सर...

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया