सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आईशोलेसन र क्वारेन्टाईनमा रहेका ४१७ जनालाई निड्स नेपालको पोषिलो खाजा वितरण

महेन्द्रनगर २६ असार ।

कोरोना संक्रमितलाई निड्स नेपाल कञ्चनपुरले पोषणयुक्त खाजा वितरण गरेको छ । निड्सले कैलालीको गोदावरी नगरपालिकास्थित क्वारेन्टाईन र आईशोलसनमा रहेकाको रोगसँग लड्ने क्षमता वृद्धिका लागि पोषणयुक्त खाजा वितरण गरेको हो ।
बिहिबार र शुक्रबार नगरपालिकाका सबै आईशोलेसन र क्वारेन्टाईनमा पुगेर स्थानीय जनप्रतिनिधिको उपस्थितीमा क्वारेन्टाईन तथा आईशोलेशनमा बसेका कोरोना संक्रमित तथा आरडिटी पोजेटिभलाई पोषणयुक्त खाजा वितरण गरिएको हो ।
निड्सले कारितास नेपालको साझेदारी कार्यक्रम मार्फत कोडिभ १९ आकस्मिक प्रतिकार्य योजना अनुरुप पोषणयुक्त खाजा वितरण गरेको निड्स नेपालका कार्यक्रम अधिकृत केशव मलासीले बताए ।


उनका अनुसार गोदावरी नगरपालिका क्षेत्रभरीका २० क्वारेन्टाईन तथा आईशोलेनमा रहेका पुरुष २ सय ४८ जना पुरुष, एक सय २९ महिला र ४० बालबालिका गरि ४१७ जनालाई पोषणयुक्त खाजा वितरण गरिएको होे ।

World Link Ads
Mahakali Polytechnic

वितरण गरिएको खाजा प्याकेटमा सात पिस रियल जुस, एक\एक प्याकेट बदाम, चिउरा, चवनप्रास, ग्लुकोच, मिस्क नम्कीन रहेको छ ।

निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु भट्ट(जोशी)ले क्वारेन्टाईनमा बसेका अधिकाशं भारतबाट आएकाले न्युन आय स्तरका कारण पोषिलो खानेकुरा किनेर आन सक्ने अवस्था नरहेकाले पोषणयुक्त खाजा दिएर वितरण गरिएको बताईन् ।


उनले दातासंगको सहकार्यमा प्रदेशकै उच्च कोरोना संक्रमण देखिएको स्थानीय तह गोदावरी नगरपालिकामा पहिलो चरण अन्र्तगत पोषणयुक्त खाने परिकार वितरण गरिएको बताईन् ।

Sana Kishan

पोषणयुक्त खाने परिकार वितरणमा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी, अध्यक्ष अञ्जु भट्ट, कोषाध्यक्ष रविन्द्र देवकोटा, कर्मचारी शारदा जोशी(बोहरा) गोदावारी नगरपालिका उप प्रमुख रत्ना कडायक लगायत जनप्रतिनिधीको सहभागिता रहेको थियो ।

क्वारेन्टाईनमा बसेकाले पोषणयुक्त खाने परिकार पाएसंगै हर्षित भएका छन् । उनीहरुले शक्तिप्रर्बद्धक परिकार वितरण गरेको भन्दै खुसी भएका छन् । जनप्रतिनिधीले समेत पोषणयुक्त खाने परिकार वितरण कार्य उत्कष्ट भएको बताएका छन् ।

गोदावरी नगरपालिकाकी उप प्रमुख कडायतले निड्सको सहयोग एकदमै उदाहरणीय रहेको बताईन् । उनले कोरोना संक्रमण भएकालाई वितरण गरिएको पोषिलो खाजा अत्याआवश्यक भएको बताईन् ।


साथै त्यस्तै गोदावरी नगरपालिका १२ का वडाध्यक्ष भीम बहादुर खड्काले अहिलेसम्मकै उत्कृष्ट राहत सहयोग पाईएको बताए । उनले संक्रमितका लागि पोषिलो खाजा सहयोग गरेको दातालाई धन्यवाद दिए ।

वडा नम्बर ६ का वडासदस्य धन बहादुर खड्काले पनि कोरोना संक्रमीतका लागि पोषीलो आहार अत्याआवश्यक भएको बताउँदै सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले कोडिभ १९ आकस्मिक प्रतिकार्य योजना अन्र्तगत पोषीलो खाजा वितरण, स्वास्थ्य सामाग्री वितरण, जन चेतनामुलक सामाग्री प्रदर्शन तथा कार्यक्रा गर्ने योजना रहेको बताए ।

उनले नगरपालिका र कारितास नेपालको सहकार्यमा कार्यक्रम सञ्चालन भईरहेको जानकारी दिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.