Monday, September 21, 2020

कञ्चनपुर र कैलालीमा ६८ हजार फलफुलका बिरुवा वितरण गरिदैँ

- Advertisement -

शारदा खत्री

महेन्द्रनगर २६ असार । कृषि ज्ञान कञ्चनपुरले कैलाली र कञ्चनपुरका किसानलाई बिरुवा वितरण सुरु गरेको छ । बिहिबारबाट ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण सुरु गरेको हो ।

कृिष ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले ‘उष्ण प्रदेशीय फलफूल क्षेत्रफल कार्यक्रम’ अन्र्तगत दुई जिल्लामा ६८ हजार बिरुवा वितरण गरिन लागेको बताए ।

उनका अनुसार स्थानीय किसान र कृषि सहकारीलाई ५० प्रतिशत अनुदानमा ज्ञान केन्द्र बिरुवा वितरण गरिरहेको हो । केन्द्रले प्रति बोट १८ रुपयाँ ७० पैसामा किसानलाई बिक्री गरिरहेको छ ।

केन्द्रले बिहिबार कैलालीको लम्कीमा बिरुवा वितरण गरेकोमा शुक्रबार महेन्द्रनगरमा बिरुवा वितरण गरेको छ भने शनिबार धनगढीमा वितरण गर्ने योजना छ ।


वितरण गरिन लागेका बिरुवामा आँप, कागती, अम्बा, लिचि, अमिलो, अमला, बेलका बोट रहेका छन् । ज्ञान केन्द्रले १५ लाख अनुदान र १५ लाख किसानका गरि ठेक्का अह्वान गरेकोमा रौतहटको बन्दना नर्सरीसँग २५ लाखमा खरिद सम्झौता भएको हो ।

‘कैलाली–कञ्चनपुरमा व्यवसायिक रुपमा खासै फलफूल खेती भएको पाईदैँन्’ ज्ञान केन्द्रका प्रमुख भट्टले भने ‘अहिले किचेन गार्डनका रुपमा पनि घरमै किसानले फलफूलका बिरुवा रोप्छन्, यस खेतीको क्षेत्र विस्तारका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।’

केन्द्रले व्यक्तिलाई १५ देखि २० र सहकारीलाई एक सयसम्म बिरुवा वितरण भईरहेको छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

३७ वर्षमा सिताराम, भन्छन्–‘हरेक नेपालीलाई खुशी बनाउने सपना छ’

हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०४० साल असोज ४ गते जन्मिएका यी कलाकारले जिन्दगीमा...

मन्त्रिपरिषदमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि आवश्यक पर्ने मापदण्डका...

नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल अनलाइनखबर २०७७ असोज ४ गते १५ः१५ मा प्रकाशित ण् प्रतिक्रिया   ४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे...

पानी भरिएको रानीपोखरी भाइटीकाबाट संचालनमा आउने

काठमाडौं । संघीय राजधानी शहर काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी...

सेनाले जिम्मा लिएको काठमाडौ(तराई(मधेश द्रूतमार्गको काम द्रुत : यस्तो देखिन थाल्यो

काठमाडौ । कोभिड–१९ बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई भई सुस्ताएको राष्ट्रिय गौरवको काठमाडौ–तराई – मधेश द्रूतमार्गको निर्माणको कामले पुनः गति लिएको...

जनकपुर-जयनगर रेल: भारतै फर्काइए रेल सेट

काठमाडौं । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता...

जनावरले पनि मान्छेले जस्तै यौनजीवनको आनन्द उठाउँछन् ?

काठमाडौं । यदि विदेश जाँदा समुद्रको किनारामा एउटा विशाल स्वरमा कसैको चरम आनन्द आउँदाको जस्तो आवाज दिइरहेको छ भने त्यो समुद्रको किनारामा बसिरहेका प्रेम...

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो...

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया