Sunday, January 24, 2021

भारतीय सीमारक्षामा खटिएका एक गोर्खा सैनिकको मृत्यु

- Advertisement -

नयाँदिल्ली — भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार सबेरै भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो ।

युद्धविरामलाई उल्लंघन गर्दै शुक्रबार बिहान करिब एक बजेतिर पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका हवलदार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो ।

भारतीय सेनाका जम्मू कमाण्डका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले घटना शुक्रबार सबेरै भएको र उपचारका क्रममा गुरुङको मृत्युको पुष्टि गरे । प्रवक्ता आनन्दका अनुसार ३६ वर्षीय गुरुङ नेपालको गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु निवासी हुन् ।

एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीको मृत्यु भएको भएको थियो ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल...

मेषःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने...

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

धार्मिक तथा पर्यटकीय महत्वको त्रिवेणीधाम ओझेलमा पर्दै आएको छ । नवलपरासी पूर्व (नवलपुर) बिनयी त्रिवेणी गाउँपालिका ६ मा पर्ने त्रिवेणीधाम ( त्रिवेणी क्षेत्र )...

चीनले बनायो भारतीय भूमिमा १०१ घर भएको सिंगो गाउँ !

चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशमा चीनले एउटा गाउँ नै निर्माण गरेको भारतीय मिडियाले जनाएका छन् । एनडीटिभीका अनुसार चीनले निर्माण गरेको उक्त गाउँमा...

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

सिस्नु के हो ? यस विषयमा सवैलाई थाहा भए पनि फाइदाका विषयमा सवैलाई थाहा नहुन सक्छ । सिन्नुमा पाइने विभिन्न भिटामिनले मानव स्वास्थ्यलाई निकै...

झुक्किएर पनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन लाभ यी ५ सपना देख्नुभयो...

सुदुर पशिम खाबर माघ ५ सोमबार  काठमाडौँ । सपनाको आ–आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना देख्छन्। हिन्दु...

भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट, १ जनाको अवस्था...

काठमाडौं – भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएका छ । यहाँ कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको...

भूकम्पको कारणले अस्पताल भत्कदा इन्डोनेसियामा दर्जनौँ मानिसको मृत्यु

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान...

भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !!

On भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !! भारतमा आजदेखि कोरोना भाइरसविरु द्धको खोप अभियान सुरु भएको छ । आउने जुलाइसम्ममा ३० करोडलाई खोप...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया