सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दक्षिण कोरियाकै दोस्रो शक्तिशाली मानिएका सोलका मेयर मृत भेटिए

 असार २६ ।   दक्षिण कोरियाका दोस्रो शक्तिशाली अधिकारी मानिएका राजधानी सोलका मेयर पार्क वोन सुन मृत भेटिएका छन्। उनी सोलको हिमाली क्षेत्रमा बिहीबार (२५ असार) मध्यराति मृत भेटिएका हुन्।

उनको शव सोलको सेङबुक–गु नजिकको हिमाली क्षेत्र बुककमा भेटिएको हो। यो क्षेत्र उनको सरकारी निवास जोङ्नो–गु नजिक पर्छ। पुलिसले उनको गापनीयताको रक्षाका लागि भन्दै मृत्युको कारण सार्वजनिक गरेको छैन। तर कुनै अपराधिक संभावनालाई भने पुलिसले अस्वीकार गरेको छ।

Sana Kishan

उनको कुनै सुसाइड नोट फेला नपरेको र उनका आफन्त नजिकै फेला परेको सोल महानगरीय पुलिस एजेन्सीको अपराश शाखाका चोइ इक–सूले बताएका छन्। ६४ वर्षीय सुन बेपत्ता भएको पहिलो सूचना उनकी छोरीले बिहीबार साँझ नै प्रहरीलाई दिएकी थिइन्।

World Link Ads
Mahakali Polytechnic

त्यसपछि उनको खोजीमा सात घन्टासम्म ६०० प्रहरी तथा अग्निनियन्त्रक र तीन वटा कुकुर खटाइएको थियो। उनको शवलाई उद्धारका लागि खटाइने कुकुरले फेला पारेको थियो भने अग्निनियन्त्रकहरुले पहिचान गरेका थिए।

उनी १९५६ मा जन्मिएका थिए। उनले धेरै वर्ष एउटा गैरसरकारी संस्थामा काम गरेका थिए। सन् २०११ देखि उनी सोलका मेयर छन्। उनलाई सन् २०२२ को राष्ट्रपती निर्वाचनको प्रतिश्पर्धीको रुपमा हेरिन थालिएको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.