Friday, September 25, 2020

राजस्थानबाट सलहको ठूला झुण्ड उत्तरतर्फ लागे, नेपाल जोखिममा

- Advertisement -

२६ असार, काठमाडौं ।     भारतको राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढेको छ । यसबाट सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रले जनाएको छ ।

राजस्थानको सिकर आसपासको चार सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा झुण्ड चुरु हुँदै पूर्व र उत्तर भएर अघि बढेको केन्द्रले बताएको छ ।

त्यसैले सीमावर्ती नेपाली क्षेत्रमा सतकर्ता अपनाउन आग्रह गरिएको छ । तराई तथा भित्री मधेशका भूभागहरुमा विशेष सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न सबै सरोकारवालाहरुलाई केन्द्रले भनेको छ ।

भारतको सीतापुर तथा साहजाहाँपुर क्षेत्रतर्फ अघि बढ्ने अनुमान गरिएको सलहको उक्त झुण्ड हावाको वहावसंगै नेपाल प्रवेश गर्न सक्ने जोखिम रहेको प्लान्ट क्वरिन्टाईन तथा विषादी व्यवस्थापन केन्द्र अन्र्तगत रहेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले बताए ।

सलह अध्ययन गर्ने प्लान्ट भिलेज तथा संयुक्त राष्ट्रसंघ अन्र्तगतको खाद्य तथा कृषि कार्यक्रमले केन्द्रलाई उपलब्ध गराएको सलहको मूभमेन्ट सम्बन्धी जानकारीमा सो कुरा उल्लेख भएको केन्द्र प्रमुख सुवेदीले जानकारी दिए ।

‘अनुकुल मौसममा राजस्थानको मरुभूमी (पश्चिम) तर्फ जानुपर्ने परिपक्व हुँदै गरेका झुण्डहरु हावाको बहावसँगै पूर्वउत्तरतर्फ लाग्न सक्ने पूर्वानुमान गरिएको छ, हावाको बहावसँगै स्थानान्तरण गर्न सक्ने भएकोले उक्त झुण्डहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहेको छ,’ सुवेदीद्वारा जारी अड्भाइजरीमा भनिएको छ ।

भारतको राजस्थानबाट दक्षिण पश्चिमी बायुको प्रभाव बढ्दै जाँदा राजस्थानमा रहेका सलहका झुण्डहरु भारतको हरियाणा, मध्य प्रदेश, उत्तर प्रदेश तथा छत्तिसगढतर्फ अगाडि बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।

त्यसमध्येका केही झुण्डहरु केही दिनमा नेपालमा समेत प्रवेश गर्न सक्ने सम्भावना देखिएको केन्द्रको भनाइ छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली लुक्लामा

८ असोज, काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

सकिने बेलामा मनसुन झन् सक्रिय, केही ठाउँमा शुक्रबारसम्मै ठूलो पानी पर्ने

काठमाण्डौ ९ आज सेप्टेम्बर २३ तारिख, सामान्यतया नेपालबाट मनसुन बाहिरिने दिन हो । तर यो वर्ष मनसुन सकिने बेला झन् सक्रिय भएको छ । बंगालको...

मिस्टर आरजेको ‘नरिसाउन होइ’ ट्रेन्डिङमा, १८ घण्टामा ४ लाख भ्यूज(भिडियोसहित)

धनगढी– गायक तथा संगीतकार राजेन्द्र भाट (मिस्टर आजे) र इश्वरी बरालको आवाजको रहेको नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार दिउसो ४ बजे रिलिज भएको...

मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा प्रधानमन्त्री ओली, ७–१० नयाँ मन्त्री थपीदै

काठमाडौं संघीय मन्त्रिमण्डल पुनगर्ठन गर्न अझै केही समय लाग्ने भएको छ। सचिवालय बैठकले मंगलबार पार्टी एकताको बाँकी काम १० दिनमा सक्ने निर्णय गरेपछि मन्त्रिमण्डल...

विवेकशिल युवा क्लबद्धारा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग

महेन्द्रनगर ६ असोज । बिबेकशिल युबा क्लब गज्जरले वृद्ध सेवा केन्द्रमा खाद्यान्न सहयोग गरेको छ । मंगलबार अन्तरास्ट्रिय समाजसेवा दिवशको अवसर पारेर क्लबले लकडाउनको समयमा...

उखु किसानले पाउने भए सरकारले तोकेको अनुदान

सरकारले तोकेको उखुको अनुदान रकम किसानले पाउने भएका छन्। गत वर्षको उत्पादनमा सरकारले दिने भरेर घोषणा गरेको रकम सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमा...

वेदकोट नगरपालिकाले जडान ग¥यो राजमार्गका चोक-चोकमा नाईट भिजन क्यामेरा

महेन्द्य्रनगर ६ असोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया