सरिता गिरीको सांसद पद रिक्त रहेको सचिवालयको जानकारी

3

२५ असार काठमाडौं     संघीय संसद् सचिवालयले सांसद सरिता गिरीलाई पदमुक्त गरेपछि उनको पद रिक्त रहेको जानकारी गराएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले विज्ञप्ति निकालेर सरिता गिरीलाई सांसद् पदबाट मुक्त गरेको जानकारी दिएका हुन् ।

समाजवादी पार्टीको तर्फबाट समानुपातिक प्रतिनिधि गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी गिरीलाई पार्टीको संसदीय दलले नै प्रतिनिधि सभा सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको थियो । त्यही जानकारीका आधारमा सांसद् गिरीको पद रिक्त रहेको सूचना सचिवालयले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here