Wednesday, September 23, 2020

पोखरामा बिना मास्क हिँड्ने २१ जना पक्राउ, जरिवाना असुलेर छाडियाे

- Advertisement -

पोखरामा बिनामास्क हिँड्ने २१ जना पक्राउ परेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले कास्कीले बुधबार पक्राउ गरेको हो। पक्राउ परेका सबै जनालाई १ सय रुपैयाँ जरिवाना गरी बुधबार नै छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार कोरोना भाइरस (कोभिड-१९) को थप जोखिम बढ्दैपछि सरकारले समेत बिनामास्क बाहिर हिँडडुल नगर्न अनुरोध गरिएकोमा सोको अटेर गरेको भन्दै उनीहरुलाई प’क्राउ गरिएको थियो ।
वडा प्रहरी कार्यालय बैदाम, रामबजार र बगर इकाइले पोखरामा बुधबार मास्क नलगाई हिँड्ने व्यक्तिहरुलाई सम्झाई बुझाई गर्दा अटेर गरेपछि पक्राउ गरी कारबाहीका लागि प्रशासन कार्यालय पठाएको थियो । उनीहरुलाई संक्र’मण रोग ऐन, २०२० बमोजिम जनही १ सय रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरी प्रवक्ता हमालले बताए।

कास्की प्रहरीले समेत नागरिकलाई अनिवार्य रुपमा मास्क प्रयोग र न्यूनतम सामाजिक दूरी कायम गर्न आग्रह गर्नुका साथै अनावश्यक जमघट नगर्न सचेत गराएको छ।

गृह मन्त्रालयले २ दिनअघि सूचना जारी गर्दै कोभिड-१९ संक्रमण जोखिम बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गर्ने, घरबाहिर हिड्दा अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने तथा पूर्ण रुपमा लकडाउनको पालना गर्न आग्रह गरेको थियो।

सोको बर्खिलाप गरेमा सरकारले संक्रामक रोग ऐन,२०२० अनुसार १ महिनासम्म कैद वा १ सय रुपैयाँ तथा दुवै सजायको व्यवस्था गरेको छ। पोखरामा बुधबारमात्रै १३ जना व्यक्तिमा कोरोना भाइरस संक्र’मण देखिएको छ। गण्डकी प्रदेशमा कुल संक्र’मित संख्या १ हजार १ सय २९ छ। नेपालभर १६ हजार बढी कोरोना भाइरस संक्र’मित छन्। himalayadainik बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरका सात प्रहरी निरीक्षकको सरुवा

नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले सोमबार ४ सय ८८ जना प्रहरी निरीक्षक...

बजाजको दशैं अफर: २०% डाउन पेमेन्टमा पल्सर १२५ किन्दा यस्तो छ...

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको...

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६रशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले...

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६रशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले...

वेदकोट नगरपालिकाले जडान ग¥यो राजमार्गका चोक-चोकमा नाईट भिजन क्यामेरा

महेन्द्य्रनगर ६ असोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि...

वेदकोटलाई हरियो वन कार्यक्रमका उपलब्धी हस्तान्तरण, प्रभावकारी रहेको निष्कर्ष

महेन्द्रनगर ५ असोज । कञ्चनपुरको सामाजिक संस्था निड्स नेपाल र सिसिएनद्धारा सञ्चालित हरियो वन कार्यक्रमका उपलब्धि तथा सिकाई वेदकोट नगरपालकालाई हस्तान्तरण गरिएको छ ।...

सोमबार तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल

वि.सं.२०७७ साल असोज ०५ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार किशोर निरौला र टेक खड्कालाई

काठमाडौं( यस बर्षको हेम(सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पत्रकारद्वय किशोर निरौला तथा टेकबहादुर खड्कालाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको आज बसेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया