Monday, September 28, 2020

लक्षण नदेखिएका संक्रमित अबदेखि घरमै आइसोलेसनमा

- Advertisement -

काठमाडौं : सरकारले अबदेखि कोरोना भाइरस (कोभिड १९) संक्रमित भए पनि सामान्य लक्षण देखिएकाहरू घरमै आइसोलेसनमा बस्‍नुपर्ने व्‍यवस्था ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरूको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड २०७७ जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो। अबदेखि कोरोना संक्रमित भएको पुष्टि भएपछि पनि लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना संक्रमित घरमै आइसोलेसनमा बस्न मिल्नेगरी मापदण्डसहित निर्देशिका मन्त्रालयले जारी गरेको हो। निर्देशिकामा उल्लेख भएअनुसार ‘संक्रमणको कुनै लक्षण तथा चिह्‍नहरू नभएका र सामान्य लक्षण तथा चिह्‍नहरू भएका संक्रमित व्यक्तिहरू आआफ्नै घरमा आइसोलेसनमा राख्न र बस्‍न सक्नेछन्’ भनिएको छ। जसका लागि घरमै बस्दा प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने भनिएको छ। साथै उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरू परिवारका सदस्यबाट मगाउनुपर्ने सुझाइएको छ। यस्तै संक्रमितले प्रयोग गर्ने भाँडाहरू सफा गर्ने र राम्रोसँग सुकेपछि मात्र पुनः प्रयोग गर्न भनिएको छ। घरमा संक्रमितले छुट्टै स्नानघर र शौचालय प्रयोग गर्नपर्ने र सामूहिक रूपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा संक्रमितले प्रयोग गरेपछि डिसइन्फेक्ट गरेपश्चात मात्र अन्यले प्रयोग गर्ने मापदण्डमा उल्लेख छ। त्यस्तै, घरमा ६० वर्षमाथिका सदस्य वा गर्भवती तथा सुत्केरी माहिला छन् भने पनि त्यस्ता व्यक्तिलाई संक्रमितको सम्पर्कबाट टाढा राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ। यस्तै, घरमा आइसोलेसन बसेका संक्रमितहरूको दैनिक ज्वरोको नापेर रेकर्ड राख्नुपर्ने, र मन्त्रालयलाई भर्चुअल माध्यमबाट दैनिक संक्रमितको विवरण पठाउनु पर्नेछ। यस्तै, घरमा आइसोलेशन बसेका संक्रमितलाई श्वास फेर्न गाह्रो भए छाती दुखेमा होस हराएमा वा अन्य कुनै जटिल प्रकारको समस्या देखिएका परिवारको सदस्यले समयमै स्वास्थ्यकर्मीलाई जानाकारी गराउनु पर्नेछ। भने घरमा आइसोलेसन बसेका संक्रमितको बारेमा सम्बन्धित स्थानियतहका स्वास्थ्यकर्मीले दैनिक दुईपटक फोन सम्पर्क गरेर संक्रमितको अवस्थाबारे जानाकारी लिनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ। यस्तै, घरमै आइसोलेसनमा बसेका संक्रमितहरूलाई १४ दिनपछि भने आइसोलेसन बस्नु नपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ: स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहार(विहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको...

यी हुन् ज्वरो घाँटी दुख्ने सिंगान बग्ने समस्याको अचुक घरायसी औषधि

अहिले मौसम परिवर्तनको समय रहेको कारण धेरै मानिसहरु रुघा खोकी, टन्सील, ज्वरोबाट ग्रस्त हुने गरेका छन् । यस्तो समयमा स्वास्थ्यको ख्याल नगर्दा निकै दुख...

दिल खोलेर हाँस्नुहोस यस्ता छन फाइदै फाइदा

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । यसले मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्छ ।दैनिक ४५...

यस्तो खराब जीवनशैलीले बढाउछ क्यान्सरको जोखिम

जीवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी अनेकन प्रक्रिया सुचारु भइरहन्छन् । यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु हो । यो क्रियामा शरीरका पुराना...

स्कुस: बहुउपयोगी र पोषिलो, यस्ता छन् फाईदा

काठमाडौं । नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । सस्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर । स्कुस वहुउपयोगी तरकारी...

कपाल लामो बनाउन चाहनुहुन्छ छ ? यी उपाय अपनाउनुहोस्

काठमाडौँ । कपाल लामो बनाउन जसलाई पनि मन पर्छ। हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन्। तर, घरैमा सर्वसुलभ प्याज कपालको...

लामो,बाक्लो र कालो कपाल चाहानुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् अमलाको रस...

काठमाडौँ । अमला कपाल र छालाका लागि धेरै फाइदाजनक हुन्छ। अमलाको रस उत्तम स्वास्थ्य पेय मानिन्छ। अमलाको रस लामो कपालको लागि पनि धेरै फाइदाजनक...

हरेक पुरूषले जानी राखौं)आफ्नो श्रीमतीलाई सधै खुसी बनाउने सुत्रहरू

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया