Friday, September 25, 2020

विश्‍वविद्यालयहरुले अनलाइनमार्फत परीक्षा लिन सक्ने

- Advertisement -

काठमाडौँ — विश्वविद्यालयहरुले अनलाइनसहित विभिन्न वैकल्पिक विधिको प्रयोग गरेर पठनपाठन साथसाथै परीक्षा सञ्चालन गर्न सक्ने भएका छन् । विश्वविद्यालय अनुदान आयोगले कोरोना महामारीले उच्चशिक्षामा पु¥याएको क्षति न्यूनीकरणका लागि छाता निर्देशिका जारी गर्दै नयाँ व्यववस्था गरेको हो ।

चैतदेखि देशभरका विश्वविद्यालय र क्याम्पसहरुका शैक्षिक गतिविधि ठप्प छ । ११ वटै विश्वविद्यालयले अनलाइन माध्यमबाट पढाउन थालेका छन् ।

महामारीको बेला शैक्षिक गतिविधिलाई निरन्तरता दिन उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका जारी गरिएको आयोगका सदस्य सचिव देवराज अधिकारीले जानकारी दिए ।

निर्देशिकाले अनलाइन कक्षालाई जोड दिँदै नियमित पठनपाठन, परीक्षा सञ्चालनका वैकल्पिक विधिहरु तोकेको छ । अनलाइन विधिबाट पठनपाठन र परीक्षा सम्भव नभए अन्य वैकल्पिकसहित परम्परागत विधिको पनि प्रयोग गर्न सकिने अधिकारीले बताए । त्यसको निर्णय विश्वविद्यालयको कार्यकारी र प्राज्ञिक परिषद्ले गर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

परम्परागत विधिबाट कक्षा, परीक्षालगायत शैक्षिक गतिविधि सञ्चालन गर्न सरकार र स्वास्थ्य क्षेत्रको सुरक्षा प्रोटोकल अपनाउन भने अनिवार्य छ । ‘नियमित पढाइ नहुँदा कोर्स पूरा नहुने भयो, परीक्षा पनि नहुँदा शैक्षिक वर्ष नै खेर जाने अवस्था आउन लाग्यो,’ सदस्यसचिव अधिकारीले भने, ‘विश्वविद्यालयहरुको स्वायत्ततालाई ख्याल गरेर अहिलेका जटिलताहरु हल गर्न सकिने उपायहरु दिएका हौं ।’

निर्देशिकामा पठनपाठन र परीक्षा सञ्चालनका विभिन्न विधि औंल्याइएको छ । सम्भव भएसम्म अनलाइन कक्षा र परीक्षा लिन सकिनेछ । प्रचलित विधिबाट पनि परीक्षा सञ्चालन गर्न प्राथमिकता दिनुपर्नेछ । उक्त विधिबाट सम्भव नभए उच्च शैक्षिक संस्थामा नै परीक्षा केन्द्र तोकेर पनि परीक्षा सञ्चालन गर्न सकिनेछ । ‘शिक्षण संस्था बन्द भएपछि विद्यार्थी मेची, महाकाली पुगेका छन्, त्यहाँ पनि क्याम्पस छन्,’ उनले भने , ‘विश्वविद्यालयले आफ्नोअनुकुल त्यहाँ पनि परीक्षा सञ्चालन गर्न सक्छ ।’ परीक्षाको तयारी, परीक्षार्थीको आवासीय अवस्था, स्थानीय परिस्थितिको विश्लेषण गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्छ ।

समयसीमा तोकेर खुला पुस्तक, गृहकार्य, कक्षाकार्य, प्रस्तुतीकरण, अनलाइन विधिबाट परीक्षा लिन सकिने निर्देशिकामा उल्लेख छ । विद्यार्थीले घरबाटै उत्तर लेख्ने विकल्प समेत दिन सकिने व्यवस्था गरिएको हो ।

वैकल्पिक प्रकृतिका परीक्षा सञ्चालन गर्दा विश्वविद्यायको आधिकारिक निकायको पूर्वस्वीकृति भने लिएको हुनुपर्नेछ । ‘परीक्षा सञ्चालन गर्न सम्भव नभएमा पछिल्लो सेमेस्टर वा वर्षको पठनपाठन सुचारु गरि परिस्थिति सहज भएपछि अघिल्लो सेमेस्टरको परीक्षा सञ्चालन गर्न सकिनेछ,’ निर्देशिकामा भनिएको छ । विद्यार्थीलाई पछि परीक्षा लिने गरि सेमेस्टर प्रणाली वा वर्षमा स्तरोन्नति गर्न सकिने बाटो खुलेको हो ।

प्रयोगात्मक विषयका लागि भर्चुअल र घरमा आधारित प्रयोगशालाको प्रयोगबाट पनि परीक्षा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको हो ।

स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहका मौखिक परीक्षाहरु अनलाइनबाटै सञ्चालन गर्न सकिने भएको छ । त्यस्ता परीक्षाको अभिलेख भने सुरक्षित राख्नुपर्नेछ । शोधग्रन्थ (थेसिस) बुझाउन म्याद गुज्रेका वा गुज्रने अवस्थामा रहेका विद्यार्थीका लागि ६ महिनाको अवधि सम्बन्धित विश्वविद्यालयले थप गर्न सक्ने व्यवस्था गरिएको हो ।

त्रिभुवनसहितका विश्वविद्यालयले अनलाइन पठनपाठन थाले पनि सबै विद्यार्थीको पहुँचमा पुग्न सकेको छैन । स्नातक तहमा अनलाइन कक्षा प्रभावकारी हुन नसकेको विश्वविद्यालयका पदाधिकारीहरु बताउँछन् । निर्देशिकाले पनि ई–शिक्षण पद्धतिमा जोड दिएको छ ।

अनलाइनमा समेट्न नसकिएका विद्यार्थीका लागि पनि सम्पर्क कक्षा सञ्चालनको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । अललाइनमा पहुँच भएका भएका, अफलाइनमा मात्र पहुँच रहेका र कुनै पनि सामग्रीमा पहुँच नभएका विद्यार्थीको वर्गीकरण गरेर वैकल्पिक कक्षा सञ्चालन गर्नुपर्ने अधिकारीले बताए ।

कुनै पनि साधनमा प्रयोग नभएका विद्यार्थीका लागि स्वअध्ययन सामग्री उपब्लध गराउने, शिक्षकले सहजीकरण गर्ने र स्रोत कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको हो ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कृष्णपुरको वाणिमा ६ कोठे विद्यालय भवन उद्घाटन

नरेश गिरी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा...

युवतीहरु विवाहपछि मोटाउनुको खास कारण यस्तो छ !

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको...

विवाहपछि धेरैजसो महिलालाई हुन्छ यी ५ कुराको पछुतो

यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ।...

नयाँ मन्त्री बन्नेको भिडः बालुवाटार र खुमलटारमा – यी नेता बन्दैछन्...

काठमाडौं( मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी...

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ?

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न ( कुलमान बिदा हुने वित्तिकै किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ? काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया