सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सांसद सरिता गिरीलाई कारवाही गर्न समाजवादी कार्यदलको बैठक

काठमाडौं- समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै कारबाहीको लागि छलफल सुरु भएको छ।

लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्न भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

Sana Kishan

त्यही कार्यादलले आज बैठक बोलाएको छ। बैठकमा सरिता गिरीलाई कारबाही गर्ने एजेण्डा रहेको समाजवादी पार्टी स्रोतले जानकारी दिएको छ।

World Link Ads
Mahakali Polytechnic

स्रोतका अनुसार आजको कार्यदलको बैठकमा सरिता गिरिलाई कारबाही गर्ने र संसद अधिवेशन अन्त्य भएको विषयमा छलफल गर्न लागिएको हो।

Dirghayu Ads

जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। संसदमा बोल्न सभामुख अग्‍नि सापकोटाले नदिएपछि उनी बैठक चलिरहँदा बाहिरिएर नेपाल विरोधी अभिव्यक्ति दिँदै आएकी छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.