सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा थप ११ जनामा कोरोना पुष्टि: संक्रमितको संख्या २९३ पुग्यो

बैतडी – बैतडीमा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड-१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

सिगास गाउँपालिकाकी २३ वर्षीया एक महिला र पञ्चेश्वर गाउँपालिकाका २० देखि ६८ वर्षीय १० पुरुषमा कोरोना पुष्टि भएको हो।

मंगलबार कोरोना पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई स्थानीय तहको आइसोलेसनमा राखिएको जोशीले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

योसँगै जिल्लामा संक्रमितको संख्या २ सय ९३ पुगेको छ । २ सय ९३ जनामा कोरोना पुष्टि हुँदा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन् ।

Dirghayu Ads

यस्तै शिवनाथ गाउँपालिकाका ४८ , दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४० , दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७,सुर्नया गाउँपालिकाका १४,पाटन नगरपालिकाका १२,पुर्चौंडी नगरपालिकाका ८ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

दुई सय बढी कोरोना जितेर घर फर्किएका छन्। केही कोरोना जितेर डिस्चार्ज भएका हुन् भने अधिकांशलाई १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर फर्काइएको छ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.