काठमाडौ । पुर्वराजा ज्ञानेन्द्र शाहको आज ७४ औ शुभ जन्मोत्सव यसपटक नागरिक स्तरबाट देशभर मनाइदै छ ।
पुर्वराजा शाहले कोरोना महामारीलाई ध्यानमा राखी देश र जनता पीडामा भएकाले यसपटक जन्मोत्सव नमनाउने घोषणा गरिसकेका छ्न । तर नागरिक स्तरमा भने शाहको जन्मोत्सवको अबसरमा विविध कार्यक्रम गरिदैछ्न ।
पुर्वराजा शाहको जन्मोत्सव भव्य रूपमा मनाउनका लागि कंचनपुरको महेन्द्रनगर, कैलालीको धनगढी , नेपालगन्ज ,बुटवल ,पोखरा ,काभ्रे ,झापा, पाल्पा काठमाडौ लगाएत देशभर दीप प्रज्वलन देखि मोटरसाइकल र्यालिसम्म गरिदैछ ।
देशब्यापी रूपमा पुर्वराजा शाहको जन्मोत्सव मनाउनका लागि स्वतन्त्र नागरिक समाज, कपन,विभिन्न राजावादी संगठन ,हिन्दुवादी संगठन ,शिवसेना ,शाही युवा शक्ति नेपाल ,वीर गोर्खाली लगाएतले तयारी तिब्र पारेका छ्न ।
प्रतिक्रिया