Friday, October 2, 2020

समन्वय अभावले कोरिया जाने चार हजार रोकिए

- Advertisement -

दक्षिण कोरियासँग समन्वय हुन नसकेपछि करिब चार हजार युवा रोजगारीका लागि त्यहाँ जान वञ्चित भएका छन्।

कोरियाबाट फर्केर आएका (कमिटेड) एक हजारसहित रोजगारीका लागि सोही मुलुक जान खोजेका गरी करिब चार हजार जान नपाएको फर्केर आएका कपनका धर्मेन्द्र शाक्यले बताए।

उनीहरु कोरियामा चार वर्ष १० महिना काम गरेर सात महिनाअघि फर्किएका हुन्। फर्केर आएका र पहिलोपटक जान खोज्नेलाई कोरियाका रोजगारदाताले तुरुन्त काम गर्न बोलाइरहेका छन्।

शाक्यले श्रम सम्झौता भइसकेका र फर्केर आएका पुनः कोरिया जान नपाएपछि त्यहाँका रोजगारदाताले अन्य मुलुकबाट कामदार मगाउने खतरा बढेको बताए।

कोरिया जान नपाएपछि पीडितले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, परराष्ट्र मन्त्रालय लगायतका निकायमा जानकारी गराए पनि समस्या समाधान हुन नसकेको बताएका छन्। ‘श्रम र परराष्ट्र मन्त्रीले समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको छ,’ शाक्यले भने, ‘तर मुखले भने अनुसार व्यवहारमा समस्या समाधानका लागि कोरिया सरकारसँग समन्वय हुन सकेको छैन।’

फर्केर आएका र पहिलोपटक काममा जानेको हकमा नेपाल सरकारले त्यहाँको सरकारसँग समन्वय गरी उड्न पाउने व्यवस्था गर्नुपर्ने हुन्छ। बिदामा आएका कामदारको हकमा भने सरकारले कोरिया जाने अनुमति दिइसकेको छ।

कोरिया सरकारसँग समन्वय गरिएपछि स्वास्थ्य परीक्षण, हवाई उडान लगायतको सम्पूर्ण खर्च बेहोर्न प्रतीक्षारत युवा तयार रहेको उनले बताए। न्यूनतम मासिक पारिश्रमिक साढे एक लाख रूपैयाँ तोकिएको कोरिया रोजगारी नेपाली युवाहरूमा आकर्षक मानिन्छ। जसले गर्दा बर्सेनि कोरिया जान हजारौेंले प्रतिस्पर्धा गर्ने गर्छन्।

सन् २००७ मा रोजगार अनुमति प्रणाली (इपिएस) सुरु भएपछि हालसम्म करिब ६० हजार कोरिया गइसकेका छन्। कोरिया जानुअघि कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। भाषा परीक्षा उत्तीर्ण गरेकालाई मात्र रोजगारदाताले छनोट गर्ने गर्छन्।

यतिखेर करिब तीन हजार पाँच सयलाई रोजगारदाताले बोलाएको र एक हजार हाराहारी पुनः पुरानै रोजगारदातासमक्ष काम गर्न जान नपाएपछि लाखौं घाटा लागिरहेको अलपत्र परेकाको भनाइ छ। ‘कोरिया जान नपाउँदा आर्थिक रूपमा घाटा त लागेकै छ नै,’ शाक्यले भने, ‘ढिलो हुँदै जाँदा रोजगारदाताले श्रम सम्झौता खारेज गर्ने खतरा देखिएको छ।’

नेपाल सरकारले कोरियासँग समन्वय गर्न नसकेपछि उडन नपाएकाले दबाबका लागि प्रदर्शन समेत गर्दै आएका छन्। वैदेशिक रोजगार विभागका अधिकारीले भने कोरियासँग समन्वय गर्ने दायित्व परराष्ट्रको भएको उल्लेख गर्दै आफ्नो तर्फबाट ताकेता गरिरहेको बताएका छन्।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चेतन बोहराको दशै गित ‘फूलको माला ’ सार्वजनिक(भिडियो सहित)

मदन गिरी महेन्द्रनगर १५ असोज । उदयमान युवा गायक तथा मोडेल चेतन बोहराको दशैँ गित फूलको माला सार्वजनिक भएको छ । गायक चेतना बोहरा र...

विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको...

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

 अध्यक्ष धामी भन्छन्– ममाथि तेस्रो पटक आक्रमण भयो

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । https://youtu.be/bv4jKzJhvTM आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया