Friday, September 25, 2020

दक्षिण कोरियाको बिकास र समृद्धि, एक सपना

- Advertisement -
सन १९६० को दशक तिर हालको दक्षिण कोरिया बिश्वका सबैभन्दा गरीव राष्ट्रहरु मध्ये एक थियो । उत्तर र दक्षिण कोरिया बीच सन १९५० देखि १९५३ सम्म लगातार तीन बर्ष सम्म चलेको कोरियाली युद्धबाट स्रोत साधनहरु प्रायः नष्ट भएका थिए । ३५ बर्ष सम्म जापानको उपनिवेशमा रहदा जापानी सेनाको चरम दमन र शोषणबाट गुज्रेको कोरिया एक पल्ट फेरि शक्ति राष्ट्रहरुको स्वार्थका कारण तहस नहस भएको थियो । १९४५ मा जापानबाट स्वतन्त्र हुदा कोरियनहरुमा छाएको खुशी १९४८ मा उत्तर र दक्षिण कोरिया बिभाजनसंगै फेरि दुखका दिन शुरु भए। दुई कोरिया बीच सन १९५३ मा युद्ध बिराम भए पनि युद्ध अन्त्य गर्न कुनै सन्धि संझौता नभएकोले अहिलेसम्म पनि दुबै देश प्राबिधिक रुपमा युद्धको अवस्था मैं रहेको मानिन्छ । युद्ध पश्चात व्याप्त गरिवी, अभाव र भोकमरीबाट अहिलेको समृद्ध र विकसित कोरियाको यात्रा जति कठिन थियो त्यत्तिकै बिश्व समुदायका लागि आश्चार्य र प्रेरणादायी पनि रहेको छ ।
त्यतिबेलाको चरम गरिवी र भोकमरीका बेला अमेरिकाले कोरियालाई मकैको पिठो दिएर सहयोग गरेको र त्यो पिठोलाई पानीमा उमालेर खाई भोक टारेको संझेर कोरियनहरु अहिले पनि भावुक हुन्छन, भन्छन अभावमा यदि कसैले सानो सहयोग नि गर्छ भने त्यो कहिल्यै बिर्सन सकिदैन। यसै सन्दर्भमा त्यतिबेला नेपालले पनि कोरियालाई गहुँ पठाएर सहयोग गरेको भन्ने कुरा बेला बेलामा सुन्नमा आए पनि यो कुरा आफूले पनि सुनेको तर साचो झुटो के हो भन्ने कुरा सरकारी तथ्यांकबाट कहीं कतै पुस्टि हुन नसकेको कोरियाका लागि पूर्व कार्यवाहक राजदुत किरण शाक्य बताउनुहुन्छ । युद्धपछि सन १९६० को पूर्वाद्धबाट नेपालको अहिलेको अवस्था जस्तै कोरियाले पनि बैदेशिक रोजगारका गन्तव्यहरु खोज्न थाल्यो । कोरियनहरु सस्तो श्रमिकका रुपमा सउदी अरब, अफ्रिका तथा तत्कालीन पश्चिम जर्मनी का तेल तथा कोइला खानीहरुमा काम गर्न जाने गर्दथे। केही सीमित महिलाहरु नर्सको रुपमा पनि काम गर्न जाने गर्दथे। त्यहा कोरियनहरुलाई औसत भन्दा कम पारिश्रमिक दिइने र थ्री डी काममा लगाइन्थ्यो। एकातिर देशमा श्रोत साधन र उद्योग धन्दा नभएर रोजगारीका अवसरहरु नहुदा कोरियन युवाहरु बिदेशिन बाध्य थिए भने अर्कोतिर कोरियनहरुले विदेशमा अत्यन्त कठिन र जोखिमपूर्ण काम गर्नुपरेको थियो । देश बिकासको लागि राजनीतिक स्थिरता, कुशल र दूरदर्शी राजनैतीक नेतृत्व चाहिन्छ, जुन कोरियाले तत्कालीन राष्ट्रपति पार्क जङ ही को रुपमा पाएको थियो। आधुनिक कोरिया को जग बसाल्ने श्रेय उनैलाई जान्छ। राष्ट्र प्रति सम्बेदनशील एउटा कुशल र दूरदर्शी नेतृत्वले कसरी देशको भबिष्य बदल्न सक्छ भन्ने कुराको ज्वलन्त कथा यहीँबाट शुरु हुन्छ जसले तत्कालीन राष्ट्रपति पार्क जङ ही को दूरदर्शीता नेतृत्व क्षमता र दृढ इच्छाशक्तिले कोरियालाई आधुनिक र बिकसित राष्ट्र तिर डोर्याएको थियो। कुरा सन १९६४ तिरको हो ।
तत्कालीन पश्चिम जर्मनीमा कोरियन कामदारहरुले अत्यन्त मिहिनेत र इमान्दारिताका साथ काम गरेकाले त्यहाका राष्ट्र प्रमुखले तत्कालीन कोरियन राष्ट्रपति पार्क जङ ही लाई तपाईको देशको नागरिकले धेरै राम्रो काम गर्यो, त्यसबाट प्रभाबित भएर हामी तपाईंलाई सम्मान गर्न चाहन्छौं भनेर निमन्त्रणा पठाएछन। त्यसै बेला सन १९६४ डिसेम्बर १७ तारिकमा राष्ट्रपति पार्क जङ ही जर्मनीको भ्रमणमा गएका थिए। जर्मनी भ्रमणका बेला त्यहाँ कार्यरत आफ्नो देशका नागरिकहरूलाई भेटर उनीहरूका समस्याहरु प्रत्यक्ष सुन्न चाहेछन। भेटमा राष्ट्रपतिले तपाईहरुका समस्या, गुनासाहरु के छन भनेर सोध्दा जवाफमा ती कामदारहरले भनेछन- राष्ट्रपति ज्यु हामी यसरी बिदेशमा बस्न चाहन्नौं। हामी आफ्नै देशमा बसेर पसिना बगाएर श्रम गरेर खान चाहन्छौं । हामीलाई विदेशको ठाउँमा होइन, स्वदेश मैं फिर्ता बोलाई दिनुस राष्ट्रपति ज्यु भनेर उनीहरूले आखाँबाट आँशु झारेछन। उनीहरूको पुकार सुनेपछि राष्ट्रपति निकै भावुक बन्दै एक नम्बरमा के बाचा गरेछन भने अब उप्रान्त हाम्रो देशका नागरिकहरु कहिल्यै पनि कामदारको रुपमा काम गर्न बिदेश जाने छैनन। अनि दुई नम्बरमा जबसम्म कोरियाको बाटोघाटोमा लाखौं गाडी कालो पत्रे सडकमा गुड्ने छैनन, जबसम्म मैले मेरो देशको जमिन युरोप जस्तै बनाउने छैन तबसम्म युरोपको जमिनमा टेक्ने छैन भनेर बाँचा गरेछन। स्वदेश फर्केलगत्तै राष्ट्रपति पार्क जङ ही ले बिज्ञहरुको मिटिङ बोलाएर देशको आर्थिक बिकास र औद्योगिकरणका लागि गहन अध्ययन र छलफल गरे। कयौं नयाँ आर्थिक नीतिहरु ल्याईयो । देशको औद्योगिकरणका लागि महत्वपूर्ण सउल बुसान द्रुतमार्ग निर्माण कार्य शुरु गरियो। देशमा कल कारखानाहरु खोलिन थाले । देशको आर्थिक अवस्था र लगानी अनुरुप शुरुमा थोरै लगानीमा गर्न सकिने हल्का साना उद्योगहरू झोला, मोजा, जुत्ता आदि बनाउने उद्योगहरु खोलिन थाले । त्यसपछि बिस्तारै आर्थिक अवस्था अलि सबल हुदै गएपछि मझौला खालका उद्योग हुदै ठुला उद्योगहरु खोलिन थालियो। १९७० को दशकमा साना उद्योगहरूबाट शुरु भएको कोरियाको व्यापार व्यवसाय ८० को दशकमा आउँदा फलाम स्टील, अटोमोबाइल, मेसिनरी सामान र सेमी कन्डक्टर्स का सामानहरु को उत्पादन गरी निर्यात गर्ने सम्म पुगिसकेको थियो भने ९० को दशकसम्म आउँदा आउदै स्टील, अटोमोबाइल मेसिनरी सामान, सेमी कन्डक्टर्सका सामानहरु का साथ साथै पानी जहाज, इलेक्ट्रोनिक्स, मोबाइल फोन, टेक्नोलोजी र पेट्रोकेमिकल प्रोडक्टहरु समेत उत्पादन गरी निर्यात गर्ने अवस्थामा पुगिसकेको थियो ।
सन १९६४ मा बार्षिक करीब दश करोड अमेरिकी डलर बराबरको मात्र अन्तर्राष्ट्रीय व्यापार रहेको कोरियाली अर्थतन्त्र सन २०१३ सम्म आइपुग्दा बार्षिक करीब ५६,००० करोड अमेरिकी डलर बराबरको व्यापार गर्दै विश्वको सातौँ निर्यातकर्ता राष्ट्र बनेको थियो । यसैगरी सन १९६० मा प्रति व्यक्ति आय ७९ डलर रहेकोमा २०१४ सम्म आइपुग्दा प्रति व्यक्ति आय २८,००० डलर रहेको थियो भने सन २०२० फेब्रुअरी सम्ममा त्यो बढेर ३१,४३१ अमेरिकी डलर भएको छ । यसरी सन १९६० को विश्वको सबैभन्दा गरीब देशहरुमध्ये को एक दक्षिण कोरिया सन २०२० सम्म आइपुग्दा विश्वको १२औं ठुलो अर्थतन्त्र भएको देश बनेको छ । १९६० पछि कोरियाले विश्वले नपत्याउने गरी यति तीब्र गतिमा बिकास गर्यो कि छोटो अवधि मैं रेमिट्यान्सबाट चलेको देशमा रोजगारीका लागि विदेशिएका युवाहरुलाई फिर्ता बोलाएर तिनीहरुलाई स्वदेश मै रोजगारी दिन सफल मात्र भएन, बिदेशीहरुलाई समेत कोरिया भित्र्याएर रोजगारी दिन सक्ने अवस्थामा पुगेको थियो । देश भर धमाधम बिकासका पूर्वाधारहरू बिजुली, सडक, बाटोघाटो, प्राबिधीक शिक्षालयहरुको निर्माणमा जोड दिइयो। उद्योग, कलकारखानाहरु खुल्न थाले। राष्ट्रपति पार्क जङ ही पछिका राष्ट्रपति र सरकारहरुले पनि उहाँका नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिए। देश कृषि प्रधान देशबाट औद्योगिक राष्ट्रमा प्रबेश गर्यो। यसका साथै दक्षिण कोरिया विश्वका बिकसित र प्रमुख अन्तर्राष्ट्रीय व्यापारिक राष्ट्रहरुको संगठन OECD र G20 जस्ता संगठनहरुमा सामेल हुनुका साथै सहयोग लिने राष्ट्रबाट सहयोग दिने राष्ट्रहरुको संगठन DAC को सदस्य राष्ट्र समेत भैसकेको छ । त्यति मात्र होइन, सन १९८८ मा ग्रीष्मकालीन सउल ओलम्पिक, २००२ मा बुसान एसियाड खेलको आयोजना, सन २००२ मै बिश्वकप फुटबल प्रतियोगिताको जापानसंग संयुक्त रुपमा आयोजना र सन २०१८ मा खाङ्वन्दोमा प्योङछाङ शीतकालीन ओलम्पिक खेलको आयोजना समेत सफलताका साथ सम्पन्न गर्न सफल भईसकेको छ । कोरियाले छोटो समयमा नै औद्योगिक विकासका साथ साथै शिक्षा, स्वास्थ्य, यातायात, राज्यको शासकीय स्वरुप, कानुन व्यवस्था, लोकतन्त्र र मानवअधिकारका क्षेत्रमा पनि धेरै प्रगति गरेको छ ।
खुल्ला समाज र व्यस्त जीवनशैली, नियम कानुन र समयको पूर्ण पालना, जनतामा पार्टी र राजनीति प्रति कम चाँसो हुनु, अनुशासित लोकतान्त्रिक शासन व्यावस्था र सरल आवधिक निर्वाचन प्रणाली आधुनिक कोरियाका बिशेषताहरु हुन। यहाँको शैक्षिक र टेक्नोलोजी सिस्टम बिश्वकै अग्रपंक्तिमा आउँछ भने स्वास्थ्य तथा मेडिकल सिस्टम पनि बिश्वको दोस्रो नम्बरमा रहेको छ । बिकासमा यसरी एकपछि अर्को फड्को मार्दै आधुनिक युगमा प्रवेश गरी सके पनि कोरियाले आफ्नो परम्परा, कला, संस्कृति र संस्कारलाई कति पनि भुलेको देखिदैन । कोरियाको ५००० बर्षको लिखित सांस्कृतिक र राजनीतिक इतिहास रहेको छ । इतिहासदेखिको जन्म, मृत्यु लगायत पितृ संस्कारहरु, धार्मिक, सांस्कृतिक र सामाजिक चाड पर्वहरु अहिले पनि उत्तिकै महत्वका साथ आत्मसात गर्दै आएको देखिन्छ । यसरी कोरिया अहिले बिश्वका धेरै देशहरूको शैक्षिक र रोजगारीको लागि एउटा आकर्षक गन्तव्य मुलुक बनेको छ । नेपालीहरु पनि भाषा परीक्षा पास गर्नसके सरकारी प्रक्रिया र सस्तो खर्चमा गई मासिक दुई अढाई लाख नेरु सम्म कमाउन सकिने भएकाले कोरिया नेपाली युवाहरुको सपनाको देश बनेको छ। कतिपय नेपालीहरु व्यापार बिजनेस र शैक्षिक भिषामा कोरियामा रहे पनि अधिकांश नेपालीहरु इपिएस मार्फत कोरिया प्रवेश गरेका रोजगार भिषा मै रहेका छन । पछिल्लो समय नेपाली राजदुतावास सउलको तथ्यांकअनुसार करीब ४६,००० नेपालीहरु कोरियामा रहेको भनिए पनि कतिपयको तथ्यांक नभएकोले यो संख्या ५० देखि ५५ हजारसम्म हुन सक्ने जानकारहरू बताउँछन। – खेम सिह साउद
प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

हेर्नुहोस आज सेप्टेम्बर २५ तारीख शुक्रबारको बिनिमय दर

कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर‘ नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया...

सवारीसाधनका दसैं अफरमा छुटको प्रतिस्पर्धा

काठमाडौँ — कोभिड–१९ का कारण लकडाउन भएपछि लामो समय अटोमोबाइल्स क्षेत्र ठप्प बन्यो । बजार बन्द रहे । बिक्री र बुकिङ पनि ठप्प नै रह्यो । लकडाउन...

कुलमानलाई नै विद्युत प्राधिकरणमा ल्याउने सरकारको तयारी

काठमाडौं असोज ९(नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो !

८ असोज, काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको...

बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडक विस्तारको काम शुरु

असोज ७, बैतडी । बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकको रूपमा रहेको बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया