Wednesday, September 23, 2020

आज शैल्य शिखर मालिकार्जुनको जात्रा १ जहाँ मनले सोचेको पुरा हुन्छ

- Advertisement -

ऐतिहासिक महत्व बोकेकोे नेपालकै एक प्रमुख धार्मीक पर्यटकीय स्थल शैल्य शिखर मालिकार्जुन धामको जात्रा आज हुदैछ।  सुदूरपश्चिम प्रदेश स्थित दार्चुलाको उत्तरपश्चिम मालिकार्जुन गाँउपालिका–३ मडमा अवस्थित छ शैल्य शिखर मालिकार्जुन धाम , मालिकार्जुन धाम दार्चुलाको सदरमुकाम खलंकाबाट करिब आठ कोष उत्तरपश्चिममा पर्दछ । शैल्य शिखर धामलाई सुदूरपश्चिमको मात्रै नभई देशकै सातौँ ठुलो धाम भित्र पर्दछ ।
शैल्य शिखरधामको दर्शन गर्न महिलाको हकमा विवाहित र पुरुषको हकमा व्रतबन्ध गरेकाले मात्रै जान सक्छन् ।

यस शैल्य शिखर मालिकार्जुन नेपाल सरकारले २०६५ सालमा देशकै सातौँ धाम घोषणा गरिसकेको छ । दैशकै ठुलो धार्मीक क्षेत्रका रुपमा घोषणा भए पनि शैल्य शिखर मालिकार्जुन प्रचार–प्रसारको अभाव झेलिरहेको छ ।

यस मालिकार्जुन मन्दिरबाट पाँच हजार मिटरको उचाइमा श्री शैल्य शिखरधाम छ । यस मालिकार्जुन मन्दीरमा बेला बेलामा विभिन्न किसिमका धार्मीक मेला समेत हुने गर्दछन् । शैल्य मन्दिरमा कार्तिक वा मङ्सिर महिनामा जात्रा र भदौ महिनाको गौरा पर्व लाग्ने गर्छ ।

शैल्य शिखर मालिकार्जुन नेपाल सरकारले २०६५ सालमा देशकै सातौँ धाम घोषणा गरिसकेको छ । दैशकै ठुलो धार्मीक क्षेत्रका रुपमा घोषणा भए पनि शैल्य शिखर मालिकार्जुन प्रचार–प्रसारको अभाव झेलिरहेको छ ।

यस शैल्य शिखरधाममा विशेषगरी असार शुक्ल चर्तुदशी र कार्तिक शुक्ल त्रियोदशीका दिन जात्रा लाग्ने गर्छ । शैल्य शिखरधामको दर्शन गर्न महिलाको हकमा विवाहित र पुरुषको हकमा व्रतबन्ध गरेकाले मात्रै जान सक्छन् । मालिकार्जुन गाउँपालिकामा लटिनाथ, कैलपाल र बालिचन देवताको मन्दिर पनि छ ।

यसको ऐतिहासिक कुरा गर्दा श्री शैल्य मालिकार्जुन देवता भारतको कत्यूर भन्ने ठाउँबाट मालिकार्जुनको शैल्य शिखरमा आएका हुन् भन्ने किंवदन्ती रहेको पाइन्छ ।

भारतमा भएको धार्मिक दङ्गाका बखत १६ औँ सताब्दीतिर नेपाल विभिन्न राज्य उपराज्यमा विभाजन थियो ।

कर्णाली प्रदेशअन्तर्गत डोटीराज्यमा मल्ल वंशका राजा शासन गर्थे । भारतमा भइरहेको धार्मिक हिंसाका बेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दु एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुँदै गए ।

हुँदाहुँदै भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दु आफ्नो इष्टकुलसहित नेपाल प्रवेश गरेको तथ्य इतिहासबाट पुष्टि हुन्छ ।

धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिङ्ग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुँदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको रिठाचौपाता आई रिठा भन्ने ठाउँमा बास बसेको कथन छ ।

त्यही शिवलिङ्ग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पुजन गरेको मानिन्छ । त्यति बेला डोटी राज्य विस्तारणको क्रममा भारतका गढवाल, देहरादून आदि ठाउँ पुगेका इतिहास छ । महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिककालदेखि हरेक वर्ष आषाढ शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रियोदशीका दिन विधि विधानबमोजिम पूजा, दर्शन गरिन्छ ।

विशिष्ट खालको नीति नियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पुजन र दर्शनले बिघ्न बाधा हट्ने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मानसम्मानका साथै मुक्ति प्राप्त हुने विश्वास रहि आएको छ ।

मालिकार्जुनसम्बन्धी एक चर्चित भजन यस्तो छ

विद्या वुद्धि दिने सभक्ति भरने यै देव मालिकार्जुन १
तोडछन् बन्धन जो समस्त जनका दिन्छौ नयाँ जीवन ११
शोभा धाम आगीथरै शिखरको सानिध्य कैलासको १
हो यात्रा मड दार्चुला शिखरको सम्पूर्ण हिन्दुत्वको ११

धार्मीक रुपमा ठुलो एतिहासिक तथा धार्मीक महत्वको शैल्य शिखर धामको प्रचार प्रचारको हुन सकेको छैन् । पछिल्लो समयमा स्थानीय, प्रदेश तथा केन्द्रको नजरमा परेको उक्त धाममा भौतिक संरचना बन्ने क्रम पनि जारी छ ।

भौतकि संरचनासँग सँगै प्रचार प्रसारलाई पनि विव्रताका साथ जोड दिन सके मालिकार्जुन धाममा धार्मीक पर्यटकलाई भित्र्याएर अर्थोपार्जनको पनि ठुलो सम्भावना रहेको छ । उपहारखबर बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडी कि बसन्ती डेउडा गीत चर्चामा

https://youtu.be/ZRAWwAucmh0 song:- Baitadi ki Basanti Vocal:- Hansraj Joshi Lyrics:- Hansraj Joshi Music:- अलिशा डिजिटल studio Audio/video:- Sudur Khabar Director:- Prakasha Kalauni / प्रकाश कलौनी Cinematographer...

डेउडा गायक गोपाल दयालको गाउँघरको सम्झना बजारमा

https://youtu.be/V4kttcNjwB8 song:-New Deuda Song 2020 - 2077 By Gopal Dayal Gaau Ghar Ko Samjhana गाउँघरको सम्झना Vocal:- Gopal Dayal Lyrics:- Gopal Dayal Music:- Sagun Digital...

पूजा गर्दा झुक्किएर पनि गर्नै नहुने यी १० कार्यहरु, अन्यथा परिवारमा...

सुखी र समृद्ध जीवनको लागि देवी(देवताहरुको पूजा गर्ने परम्परा लामो समय देखी चलिआएको छ। आज पनि धेरै मानिसहरु यो परम्परामा अधिक विश्वास गर्दछन्। हाम्रो...

पाथिभरा माताले सबैको कल्याण गरुँन ! असोज ७ गते बुधबारको राशिफल...

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज ७ गते बुधबार इश्वी सन २०२० सेप्टेम्बर २३ तारीख अधिक आश्विन शुक्लपक्ष सप्तमी तिथी ज्येष्ठा नक्षत्र प्रीति...

विवेकशिल युवा क्लबद्धारा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग

महेन्द्रनगर ६ असोज । बिबेकशिल युबा क्लब गज्जरले वृद्ध सेवा केन्द्रमा खाद्यान्न सहयोग गरेको छ । मंगलबार अन्तरास्ट्रिय समाजसेवा दिवशको अवसर पारेर क्लबले लकडाउनको समयमा...

वरिष्ठ नर्स मीना कार्कीको पहिलो नर्सिङ गीत ‘हामी नर्स’ सार्वजानिक

अहिले विश्व नै कोरोना महामारीसँग जुधिरहेको छ। कोरोना संक्रमित उपचारमा नर्स फ्रन्टलाइनमा दिन-रात खटिएका छन्। नर्सको दु:ख, पीडा समेटर पछिल्लो समय गायिका मीना कार्कीले ‘हामी...

‘उद्योगी चन्द’ वाणिज्य संघको कार्य समितिमा चयन

सुदूरपश्चिम प्रदेशका चर्चित उद्योगी तेज बहादुर चन्द कञ्चनपुर उद्योग वाणिज्य संघको कार्य समिति सदस्यमा चयन भएका छन् । काठमाण्डौँबाट ईटा व्यावसाय शुरु गरेका सुदूरका उद्योगी...

वेदकोट नगरपालिकाले जडान ग¥यो राजमार्गका चोक-चोकमा नाईट भिजन क्यामेरा

महेन्द्य्रनगर ६ असोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया