सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोलिदेखि सार्वजनिक यातायात खोल्ने निर्णय

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।

तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै भोलिदेखि यातायात सञ्चालन गर्ने तयारी गरिएको हो ।

यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था सिर्जना भएकाले यातायात सञ्चालन गर्ने निश्कर्षमा पुगेको महासंघका वरिष्ठ उपाध्यक्ष विजर स्वाँरले बताए ।

Dirghayu Ads

उपत्यकाका ट्याक्सी व्यवसायीले पनि भोलिसम्मको लागि आन्दोलन स्थगित गरेका छन् । तीन महिनाभन्दा बढी समय बन्दाबन्दी भएपछि ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको भन्दै ट्याक्सी लिएर सडकमा आएका थिए । ट्याक्सी चलाउन र काम गर्न पाउनुपर्ने उनीहरूको माग छ ।

भोलिदेखि साना सार्वजनिक सवारी साधनहरू खुल्न सक्ने सम्भावना भएकाले आन्दोलन स्थगित गरेको उपत्यका ट्याक्सी व्यवसायी समाजका उपाध्यक्ष प्रेम तामाङले जानकारी दिए ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.