Monday, September 28, 2020

आज शैल्य शिखर मालिकार्जुनको जात्रा ! जहाँ मनले सोचेको पुरा हुन्छ, यस्तो छ ऐतिहासिक पृष्ठभुमी

- Advertisement -

महेन्द्रनगर २० असार ।
प्राचिन ऐतिहासिक महत्व बोकेकोे नेपालकै एक प्रमुख धार्मीक पर्यटकीय स्थल हो शैल्य शिखर मालिकार्जुन । सुदूरपश्चिम प्रदेश स्थित दार्चुलाको उत्तरपश्चिम मालिकार्जुन गाँउपालिका–३ मडमा अवस्थित छ शैल्य शिखर मालिकार्जुन धाम ।

मालिकार्जुन धाम दार्चुलाको सदरमुकाम खलंकाबाट करिब आठ कोष उत्तरपश्चिममा पर्दछ । शैल्य शिखर धामलाई सुदूरपश्चिमको मात्रै नभई देशकै सातौँ ठुलो धाम भित्र पर्दछ ।

शैल्य शिखरधामको दर्शन गर्न महिलाको हकमा विवाहित र पुरुषको हकमा व्रतबन्ध गरेकाले मात्रै जान सक्छन् ।

यस शैल्य शिखर मालिकार्जुन नेपाल सरकारले २०६५ सालमा देशकै सातौँ धाम घोषणा गरिसकेको छ । दैशकै ठुलो धार्मीक क्षेत्रका रुपमा घोषणा भए पनि शैल्य शिखर मालिकार्जुन प्रचार–प्रसारको अभाव झेलिरहेको छ ।

यस मालिकार्जुन मन्दिरबाट पाँच हजार मिटरको उचाइमा श्री शैल्य शिखरधाम छ । यस मालिकार्जुन मन्दीरमा बेला बेलामा विभिन्न किसिमका धार्मीक मेला समेत हुने गर्दछन् । शैल्य मन्दिरमा कार्तिक वा मङ्सिर महिनामा जात्रा र भदौ महिनाको गौरा पर्व लाग्ने गर्छ ।

शैल्य शिखर मालिकार्जुन नेपाल सरकारले २०६५ सालमा देशकै सातौँ धाम घोषणा गरिसकेको छ । दैशकै ठुलो धार्मीक क्षेत्रका रुपमा घोषणा भए पनि शैल्य शिखर मालिकार्जुन प्रचार–प्रसारको अभाव झेलिरहेको छ ।

यस शैल्य शिखरधाममा विशेषगरी असार शुक्ल चर्तुदशी र कार्तिक शुक्ल त्रियोदशीका दिन जात्रा लाग्ने गर्छ । शैल्य शिखरधामको दर्शन गर्न महिलाको हकमा विवाहित र पुरुषको हकमा व्रतबन्ध गरेकाले मात्रै जान सक्छन् । मालिकार्जुन गाउँपालिकामा लटिनाथ, कैलपाल र बालिचन देवताको मन्दिर पनि छ ।

 

यसको ऐतिहासिक कुरा गर्दा श्री शैल्य मालिकार्जुन देवता भारतको कत्यूर भन्ने ठाउँबाट मालिकार्जुनको शैल्य शिखरमा आएका हुन् भन्ने किंवदन्ती रहेको पाइन्छ ।

भारतमा भएको धार्मिक दङ्गाका बखत १६ औँ सताब्दीतिर नेपाल विभिन्न राज्य उपराज्यमा विभाजन थियो ।

कर्णाली प्रदेशअन्तर्गत डोटीराज्यमा मल्ल वंशका राजा शासन गर्थे । भारतमा भइरहेको धार्मिक हिंसाका बेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दु एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुँदै गए ।

हुँदाहुँदै भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दु आफ्नो इष्टकुलसहित नेपाल प्रवेश गरेको तथ्य इतिहासबाट पुष्टि हुन्छ ।

धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिङ्ग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुँदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको रिठाचौपाता आई रिठा भन्ने ठाउँमा बास बसेको कथन छ ।

त्यही शिवलिङ्ग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पुजन गरेको मानिन्छ । त्यति बेला डोटी राज्य विस्तारणको क्रममा भारतका गढवाल, देहरादून आदि ठाउँ पुगेका इतिहास छ । महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिककालदेखि हरेक वर्ष आषाढ शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रियोदशीका दिन विधि विधानबमोजिम पूजा, दर्शन गरिन्छ ।

विशिष्ट खालको नीति नियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पुजन र दर्शनले बिघ्न बाधा हट्ने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मानसम्मानका साथै मुक्ति प्राप्त हुने विश्वास रहि आएको छ ।

 

मालिकार्जुनसम्बन्धी एक चर्चित भजन यस्तो छ

विद्या वुद्धि दिने सभक्ति भरने यै देव मालिकार्जुन ।
तोडछन् बन्धन जो समस्त जनका दिन्छौ नयाँ जीवन । ।
शोभा धाम आगीथरै शिखरको सानिध्य कैलासको ।
हो यात्रा मड दार्चुला शिखरको सम्पूर्ण हिन्दुत्वको ।

धार्मीक रुपमा ठुलो एतिहासिक तथा धार्मीक महत्वको शैल्य शिखर धामको प्रचार प्रचारको हुन सकेको छैन् । पछिल्लो समयमा स्थानीय, प्रदेश तथा केन्द्रको नजरमा परेको उक्त धाममा भौतिक संरचना बन्ने क्रम पनि जारी छ ।

भौतकि संरचनासँग सँगै प्रचार प्रसारलाई पनि विव्रताका साथ जोड दिन सके मालिकार्जुन धाममा धार्मीक पर्यटकलाई भित्र्याएर अर्थोपार्जनको पनि ठुलो सम्भावना रहेको छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज (रासस) ःकोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल...

यि ६ संकेत तपाईंको सम्बन्ध ‘डेन्जर जोन’मा छ

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । यद्यपि हामीकहाँ प्रेमलाई नै विवाहको पहिलो खुड्किलो मानिन्छ । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा...

दाम्पत्य सम्बन्ध किन देखावटी बन्दैछ ?

विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने प्रचलन थियो...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

नेपाली सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

दार्चुला, असोज १० नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले...

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया