Sunday, January 24, 2021

आठ भारतीय प्र’हरीको ह’त्या गर्ने विकास दुबे को हुन् ?

- Advertisement -

उत्तर प्रदेशको कानपुर क्षेत्रलाई आधार बनाएका कुख्यात अपराधी विकास दुबेलाई पक्राउ गर्न बिहीबार राति बिठुर थाना क्षेत्र गएको प्रहरीमाथि आक्रमण भयो । सडकमा जेसीबी राखेर बाटो छेकी घरका छतबाट प्रहरीमाथि गोली हानिएको थियो ।

आक्रमणमा आठ प्रहरी मारिए । ६ जना घाइते भए । विकास दुबेका दुई सहयोगी पनि मारिएको प्रहरीको दाबी छ । तर, प्रहरीले दुबेलाई भने पक्राउ गर्न सकेन ।

कानपुरको चौबेपुर थानामा दुबेविरुद्ध ६० भन्दा बढी उजुरी दर्ता छन् । यीमध्ये धेरै हत्या र हत्या प्रयासका उजुरी छन् । पछिल्लो तीन दशकदेखि अपराधका विकास दुबेको नाम जोडिएको छ । कयौँ पटक उनको गिरफ्तारी पनि भयो । तर बिना सजाय रिहा भए ।

दुबे चौबेपुर थाना क्षेत्रको बिकारु गाउँका बासिन्दा हुन् । उनले आफ्नो समूह बनाएर कानपुर नगरमा लुट, डकैती र हत्या जस्ता अपराध बढाए । सन् २००० मा शिवलीको तत्कालीन नगरपञ्चायतका अध्यक्ष लल्लन वाजपेयीसँग विवाद भएपछि उनी अपराधको संसारमा छिरेका थिए ।

उनले त्यही साल ताराचन्द इन्टर कलेजका सहायक प्रबन्धक सिद्धेश्वर पाण्डेको हत्या गरे । यसमा अदालतले जन्मकैदको फैसला गरे पनि उनी जमानतमा बाहिर आए ।

उनले प्रहरी थानाभित्रै गएर सन् २००१ म राज्यमन्त्री सरहको पदमा रहेका श्रम सम्झौता बोर्डका अध्यक्ष सन्तोष शुक्लाको हत्या गरे । दुबेले गरेको यो अहिलेसम्मको ‘हाइ प्रोफइल’ हत्या हो ।

शुक्ला बीजेपी नेता थिए ।यस मुद्दामा दुबे पक्राउ परेका थिए । तर, यति ठूलो घटनामा पनि प्रहरीले अदालतमा दुबेविरुद्ध कोही साक्षी दिएन । त्यहीकारण अदालतदे उनलाई सफाइ दियो ।

उक्त घटनापछि दुबे राजनीतिमा लागे । सन् २००२ मा उत्तर प्रदेशमा बहुजन समाज पार्टीको सरकार थियो । मायावती मुख्यमन्त्री थिइन् । त्यति वेला शिवराजपुर, रिनयाँ र चौबेपुरमा दुबेको जगजगी थियो ।

उनले २००४ मा केबल कारोबारी दिनेश दुबेको हत्या गरे । उनले जेलबाटै शिवराजपुरको नगर पञ्चायतको चुनाव जिते । २०१८ मा उनले आफ्नै काकाका छोरा अनुरागमाथि सांघातिक हमला गरेका थिए ।

बिकरु गाउँमा उनका परिवार १५ वषैदेखि निर्विरोध प्रधान चुनिइरहेका छन् । जिल्ला पञ्चायतमा पनि उनकै परिवारले १५ वर्षदेखि चुनाव जितिरहेका छन् । उनलाई पक्राउ गरेर बुझाउनलाई प्रहरीले २५ हजार पुरस्कार दिने घोषणा गरेको छ ।

(भारतीय संचार माध्यमहरुको सहयोगमा- हिमालखबर

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चीनले बनायो भारतीय भूमिमा १०१ घर भएको सिंगो गाउँ !

चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशमा चीनले एउटा गाउँ नै निर्माण गरेको भारतीय मिडियाले जनाएका छन् । एनडीटिभीका अनुसार चीनले निर्माण गरेको उक्त गाउँमा...

भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट, १ जनाको अवस्था...

काठमाडौं – भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएका छ । यहाँ कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको...

भूकम्पको कारणले अस्पताल भत्कदा इन्डोनेसियामा दर्जनौँ मानिसको मृत्यु

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान...

भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !!

On भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !! भारतमा आजदेखि कोरोना भाइरसविरु द्धको खोप अभियान सुरु भएको छ । आउने जुलाइसम्ममा ३० करोडलाई खोप...

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रस्ताव( सीमा सम्बन्धी वार्ता तत्कालै थालौं

माघ, काठमाडौं । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी...

नेपालमै पीसीआर जांच गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

काठमाडौं । नेपाल एयरलाइन्स चढेर १५ पुसमा दिल्लीबाट काठमाडौं आएका ६ जना यात्रुको साथमा पीसीआर नेगेटिभ रिर्पोट नभएको भन्दै त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले क्वारेन्टिन...

इन्डोनेशियामा भूकम्प : सात जनाको ज्यान गयो

काठमाडौँ – – इन्डोनेशियामा गएको भूकम्पमा सात जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर...

हैदरावाद हाउसमा सुरु भयो नेपाल–भारत संयुक्त बैठक

काठमाडौं। नेपाल(भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको छ। बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरबीच अनौपचारिक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया