Friday, October 30, 2020

कञ्चनपुरमा प्रेम जोडी नहरमा हाम फाले, प्रेमीकाको सकुशल उद्धार, प्रेमी गायब

- Advertisement -

महेन्द्रनगर १९ असार ।
कञ्चनपुरमा युवायुवतीले नहरमा हाम फालेका छन् । भीमदत्त नगरपालिका–२ का दुई जना युवा–युवतीले नहरमा हाल फालेका फालेका हुन् ।
शुक्रबार मध्याह्न १२ बजेतिर भीमदत्त नगरपालिका वडा नम्बर १ भाँसीस्थित नहरमा युवायुवतील हाम फालेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले भीमदत्त नगरपालिका वडा नम्बर–२ उल्टाखामका राकेश चौधरी(प्रहरीका अनुसार केटाको उमेर खुलेको छैन) र महुलियाकी २२ वर्षीया रेनु चौधरीले नहरमासँगै हाम फालेको बताए ।
प्रारम्भीक अनुसन्धानबाट दुवै प्रेम सम्बन्धमा रहेको र सँगै नहरमा हाम हालेको खुल्न आएको प्रवक्ता थापाले बताए ।

‘प्रारम्भीक रुपमा दुवैलेसँगै हाल फालेको खुल्न आएको छ’ कञ्चनपुरका प्रहरी प्रवत्ता थापाले भने ‘युवतीले सँगै हाम फालेको र प्रेम सम्बन्ध रहेको स्वीकार गरेकी छिन्’ उनले भने ।

नीयले उनीहरुलाई हाम फाल्न देखेपछि युवतीको उद्दार गरि महाकाली अस्पतालमा भर्ना गरिएको छ । भने प्रेमी चौधरीको भने अझै फेला नपरेको प्रहरीले जनाएको छ ।

सोही नहर भएर गइरहेका बेला स्थानीय सुनिल चौधरीले नहरमा हाम फालेको देखेपछि युवतीलाई नहरबाट बाहिर निकालेको बताए ।
‘पानीमा टाउको मात्रै देखिएको थियो। ‘उनले भने, ‘मैले उनलाई निकाले, पेटमा पानी भरिएर वेहोस भएकी युवतीको १० ÷१५ मिनेटमा होस आएपछि उनले नै युवकले पनि आफूसँगै नहरमा हाम फालेको बताईन् तर खोज्दैछौँ अहिले सम्म भेटिएका छैनन ्।


भीमदत्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष आसेफ कुँवरले नहरको पुलमा बसेका युवायुवतीले एक्कासी संगै हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताए ।

वेपक्ता युवकको खोजी कार्यसँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार युवक नेपाली सेना र युवती ओभरसेर अध्ययन गर्दै आएका थिईन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कार्तिक १४ गते शुक्रबार तपाईको राशिफल यस्तो छ

वि.सं.२०७७ साल कार्तिक १४ गते । शुक्रबार । ईश्वी सन् २०२० अक्टोबर ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

आज कोजाग्रत पूर्णिमा, दशैँको विदाई र तिहारको स्वागत गरिदै

काठमाडौं – आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी...

प्रमुख जिल्ला अधिकारी लाई ध्यानाकर्षण पत्र

कञ्चनपुर , महेन्द्रनगर स्थित मदन चोक देखि झोलुङ्गे पुल सडक खण्डमा चल्ने अटाे रिक्साहरुमा यात्रुहरुले दोब्बर भाडा तिर्नु परेको भन्दै भिमदत्त नगरपालिका १३ न.वडा अन्तर्गत...

र्‍यापर गायक भिटेनलाई खोज्दै प्रहरी

काठमाडौं । र्‍यापर गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत...

पहाडकी रानी बन्दीपुरमा मिनी ग्रेटवाल बन्दै

तनहुँको बन्दीपुरमा विश्वकै प्रसिद्ध चीनको ग्रेटवाललाई झल्को दिने गरी मिनीग्रेटवाल निर्माण भईरहेको छ । ग्रेटवाल निर्माणको लागि बन्दीपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । प्राकृतिक...

गृह मन्त्रालयले माग्यो सय जना कर्मचारी, यस्तो चाहिन्छ योग्यता(सूचनासहित)

गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ। https://youtu.be/lCjCafDkav4 मन्त्रालयले...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन प्रणाली लागु गरेको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको र जिल्ला...

सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने सरकारको योजना

काठमाडौँ – सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया