सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ब्रह्मदेवमा पर्खाल निर्माण गदैँ भारत, नेपाली भूमि हडप्ने भारतीय दाउ !

रनि विवश, महेन्द्रनगर ।

भारतले लकडाउनको मौका छोपेर ब्रह्मदेबमा नेपाली भूमिमा निर्माण कार्य सुरु गरेको छ । टनकपुर बाँध बनाउन प्रयोग गरिएको नेपाली भूमिमा पर्खाल लगायतका कार्य गरिएका छन् ।

ब्रह्मदेबको कालिका मन्दिरदेखि नेपाल भारत सीमा १११३ पिल्लरसम्म ५ सय ७७ मिटर नेपाली भूमि बाँधमा प्रयोग गरिएको छ । यो २ दशमलव ९ हेक्टर जमिनको सट्टा भर्ना दिने गरी बाँधका प्रयोग गर्न दिइएको थियो । भारतले अहिलेसम्म यसको सट्टा भर्ना दिएको छैन ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

अहिले भारतले कालिका मन्दिरदेखि दक्षिण सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट पोष्ट नजिक पर्खाल निर्माण अघि बढाएको छ । भारतको नेशनल हाइड्रो पावर कर्पोरेशन (एनएचपिसी) ले पोष्ट नजिक झण्डै ५० मिटर पर्खाल निर्माण गरी माटो भरान गरेको छ ।

तीन दिनदेखि जेसिभीले ढुक्कसंग माटो भर्ने, जाली भर्ने लगायतका कार्य गर्दै आएको स्थानीय बताउँछन् । सशस्त्र प्रहरीले निर्माण कार्यमा नेपाली बाहेक भारतीय काममा आउन दिएको छैन । ब्रह्मदेबका स्थानीय मजदुरी गरिरहेका छन् ।

एनएचपिसीले केही दिन अघि लकडाउनमै सर्भे गरी बाँध मर्मतका लागि निर्माण कार्य अघि बढाएको हो । निर्माण सुरु अघि एनएचपिसीका प्रतिनिधिहरुले पटक पटक सुरक्षा र प्रशासनका अधिकारीहरुसित भेट गरेका छन् ।

सरकारी अधिकारीसित भेटघाटपछि निर्माण सुरु गरिएको हो । यस अघि भारतले बाँधको दक्षिणी क्षेत्रमा पर्ने आफ्नो भूमिमा कालोपत्रे, सौर्य बत्ती जडान, पर्खाल निर्माण लगायतका कार्य गरि सकेको छ ।

भारतले बाँधमा प्रयोग गरिएका जमिनलाई आफ्नो देखाउने नियत राखेर कालिका मन्दिरदेखि दक्षिण निर्माण सुरु गरेको देखिएको छ । भारतीय निर्माण कम्पनीले निर्माण सुरु गरिएपछि सिद्धनाथ सामुदायिक वनको घेरबार हटाउन स्थानीयलाई दबाद दिएका छन् ।

Sana Kishan

ब्रह्मदेबका स्थानीय केशव चन्दले बाँधमा प्रयोग गरिएको नेपाली भूमिलाई भारतको देखाउने गरी निर्माण सुरु गरिएको बताए । ‘यो बाँध मर्मतको बहानामा बाँधमा प्रयोग गरिएको भूमि सहित थप भूमि भारतमा पार्ने चाला हो’ स्थानीय चन्दले भने,‘नत्र लकडाउनका बेलामा कालिका मन्दिरदेखि निर्माण सुरु गर्नु पर्ने कुनै आवश्यकता नै छैन, अरु बेला पनि दुई देशबीच सहमति भएर काम सुरु गर्दा नि हुन्छ ।’

ब्रह्मदेबमा नेपाल भारत सीमा स्तम्भ १११३ मा विवाद गरी थप नेपाली भूमि हडप्ने भारतको मनसाय छ । भारतले गत वर्ष सीमासम्म नेपाली भूमिमा सडक बनाउन अवरुद्ध गरेको थियो । भीमदत्त नगरपालिकाले झण्डै एक किलोमिटर सडक निर्माण सुरु गरेको थियो ।

भारतले सीमा स्तम्भ नं. १११३ को विवाद देखाएर निर्माण रोक्का गरेको थियो । नेपाली सीमासम्म भारतले त्यस अघि नै सडक कालोपत्रे गरि सकेको थियो ।

स्थानीयका अनुुसार भारतले सीमा स्तम्भ १११३ को विवाद देखाएर भारत ब्रह्मदेब बजारको पश्चिमी भाग सहित सिद्धनाथ मन्दिरसम्म हडप्ने मनसाय राखेको छ ।

‘१११३ को रिफ्रेन्स पिलर यता छ, भारतले त्यो सीमालाई यो रिफ्रेन्समा देखाउन चाहन्छ, मन्दिरसम्म जाने बाटोमा ग्राभेलसम्म हाल्न दिर्दैन, ब्रह्मदेब बजार जोड्ने सडक आफैले कालोपत्रे गर्न खोजेको थियो’ स्थानीय चन्दले भने,‘यो निर्माणमा पनि थप भूमि हडप्ने नियत नै लुकेको छ ।’

टनकपुर बाँधमा नेपाली भूमि प्रयोग गरिए पनि त्यो भूमि भारतको नभएकाले एकलौटी रुपमा निर्माण कार्य गर्न नहुने स्थानीय चन्दले बताए ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट नजिक निर्माण कार्य सुरुका दुई दिन रोकिए पनि पछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सुरु गरिएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्टले भारतीय निर्माण कम्पनीलाई नेपाली भूमिमा काम गर्न नदिने भन्दै फर्काएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी नूरहरि प्रसाद खतिवडाले सशस्त्र प्रहरीलाई सहजीकरण गर्न निर्देशन दिएपछि सुरु गरिएको हो ।

भीनपा ९ का अध्यक्ष राम नाथले निर्माण सुरु भएपछि प्रमुख जिल्ला अधिकारी खतिवडा सहित प्रहरी उपरीक्षक मुकुन्द मरासिनीलाई निर्माण रोक्न पटक पटक आग्रह गरेका छन् ।

वडा अध्यक्ष नाथले निर्माण रोक्न स्थानीय वडा कार्यालयमा आएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई आग्रह गरेको बताए । ‘नेपाली भूमिमा धमाधम निर्माण कार्य भई रहेको छ, स्थानीयले रोक्न दबाव दिएपछि सिडिओ साप र एसपी सापलाई पटक पटक फोन गरी आग्रह गरे’ उनले भने,‘त्यसमा खासै मतलब गरिएको छैन ।’

प्रमुख जिल्ला अधिकारी खतिवडाले बाँध मर्मत गर्न दुबै देशका लागि राम्रो भएकाले आपत्ति गर्न नहुने जवाफ दिएको वडा अध्यक्ष नाथले बताए । स्थानीयले आफूहरु बगे पनि निर्माण कार्य रोक्नु पर्ने माग गर्दै आएको वडा अध्यक्ष नाथले बताए ।

‘जनला बग्न तयार छौ भनेर आई रहेका छन्, सिडिओ साप आपत्ति छैन भन्नु हुन्छ’ अध्यक्ष नाथले भने,‘प्रशासनले एक्सन नलिए जनता आफ्नै निर्माण कार्य रोक्न अघि बढ्छन् ।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.