Wednesday, January 20, 2021

सुदूर बस्तीका एक्लो पसले, जो १४ घण्टा डुंगा चलाएर सामान ल्याउँछन्

- Advertisement -

अलस्का : अलास्का क्षेत्रको दुर्गम क्षेत्र गुस्ताभसमा एउटा किराना पसल छ ।

अधिकांश गाउँलेहरुले दैनिक उपभोग्य सामग्री तथा अन्य सामग्री खरिद गर्ने मुख्य पसल नै यही हो । यस गाउँमा पुग्न या त हवाइ मार्ग हुँदै जानुपर्छ, या जलमार्ग ।

कोरोना भाइरसको महामारीका कारण स्थानीयहरु खाद्यान्न तथा अन्य सामग्री संकलन गर्न चाहन्थे । तर बाटोको कठिनाइका कारण हरेक हप्ता सामान खरिद गर्नुपर्ने बाध्यता छ ।

त्यसो त, पसले तोसुआ पार्करले सबै ग्राहकका लागि हरेक साता सामान खरिद गरेर ल्याउँछन् । उनी हरेक साता ५० माइलको कठिन बाटो डुंगामा यात्रा गर्छन् । अर्थात् हरेक साता १४ घण्टाको यात्रा गरेर उनी खाद्यान्न तथा सामग्री पसलका लागि ल्याउँछन् ।

गुस्ताभस ’ग्लेसियर बे नेश्नल पार्क’को सिमानामा पर्ने एक सानो तटीय क्षेत्र हो । जहाँ ४५० मानिस बसोबास गर्छन् । र ती सबैजसो मानिस खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीका लागि उनै तोसुआ पार्करको ‘पार्कर स्टोर’मा भर पर्दैआएका छन् ।

‘यस क्षेत्र स्वतन्त्र र आत्मनिर्भर पनि छ । जतिबेला यहाँ समस्या आइपर्छ, कसैको मुख ताक्ने चलन छैन । हामी आफैँ अघि सरेर निकाश निकालछौँ’ पार्करले भने । त्यसो त, पार्करले पनि महामारीका कारण खाद्य संकट हुनसक्ने भएपछि आफैँ खटेर समुदायको खाद्यान्न भर्ने जिम्मा लिएका हुन् ।

उनले मार्चदेखि नै हरेक साता डुंगा चलाएर खाद्यान्न ओसार्न थालेका हुन् । मौसम र समुद्री ज्वारका आधारमा उनी सामान खरिद गर्न जाने तालिका तय गर्छन् । यस्तो कठिन महामारीको अवस्थामा पार्कर आफ्नो समुदायलाई बचाउन आफूले जोखिम मोलेको बताउँछन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दामा बहस : तीन वर्षमै निर्वाचन गर्न...

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम मंगलबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे...

ज्योतिषी शास्त्र अनुसार निकै इमान्दार हुन्छन् यी राशिका व्यक्ति, तपाईको राशि...

ज्योतिषीअनुसार, राशि जति पनि छन् तर कुन राशीले कुन ब्यक्तिलाइ फाइदा हुन्छ त ? र कुन चिजमा फाइदा हुन्छ त ? हो यो बिषय...

उग्रतारा माताको दर्शन गरी मिती २०७७ माघ ७ गते बुधवारको राशिफल...

मेषःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मनमा भएको तनाव हटेर मन प्रसन्न हुनेछ...

गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको थियो यस्तो उपाय !

भगवान् श्रीकृष्णले केही यस्ता वस्तुको वर्णन गर्नुभएको छ जसलाई घरमा राखेर सामान्य मनुष्यले दरिद्रता भगाउन सक्छ ।सनातन धर्मका पौराणिक दस्तावेज र शास्त्रहरूमा मनुष्य जीवनका...

सुतिरहेका मजदुर माथिबाट ट्रक गुड्दा १५ को मृत्यु !

गान्धीनगर : भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान किम–मानदभी सडकखण्डमा एक ट्रक मजदुरमाथि...

भारतीय भूमिमा चीनले गाउँनै बसाल्यो

नयाँदिल्ली । चीनले भारतीय भूमि मिचेर सारी चु नदीको किनारमा एउटा गाउँ बसालेको आरोप लागेको छ । चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशको सारी...

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल...

मेषःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने...

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

धार्मिक तथा पर्यटकीय महत्वको त्रिवेणीधाम ओझेलमा पर्दै आएको छ । नवलपरासी पूर्व (नवलपुर) बिनयी त्रिवेणी गाउँपालिका ६ मा पर्ने त्रिवेणीधाम ( त्रिवेणी क्षेत्र )...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया