Tuesday, November 24, 2020

नगर प्रमुख विष्ट नेतृत्वमा भीमदत्तको सीमावर्ती बस्तीमा ६० बर्षपछि बन्यो सडक

- Advertisement -

महेन्द्रनगर । नेपाल भारत कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवा महाकाली टोल सीमावर्ती बस्ती हो । उक्त बस्तीमा झण्डै अढाईसय घर परिवार बस्दै आएका छन् । बस्तीलाई सडक सञ्जालले नजोडेपछि उनीहरु कष्टकर यात्रा गर्न बाध्य भएका थिए ।

जिल्ला सदरमुकाम महेन्द्रनगर बजारदेखि नजिकै रहेको बस्तीमा सडक नपुग्दा स्थानीय मारमा परेका थिए । उक्त गाँउमा विस २०१७ सालदेखि अन्यन्त्रबाट बसाईसराई गरि बसेको पाईन्छ ।
स्थानीय धर्मानन्द जोशीले ६ दशक अघिदेखि मानव बस्ती बसेको गाउँ भएपनि सडक सञ्जालले नजोड्दा दशगजा र स्थानीयका खेतका मिण भएर हिड्नुपर्ने बाध्यता रहेको बताए । ‘हामीले सडक माग्दा यस अघि निर्वाचित जनप्रतिनिधीले सीमाबस्ती भएकाले बाह्यबाट ल्याउन सकिदैन भनेर टार्थे, ‘उनले भने, ‘बस्तीभित्रदेखि सडकका लागि जमिन दिन कोही तयार भएनन् ।’
गड्डाचौकीदेखि ब्रम्हदेब जोड्ने मुल सडकदेखि पश्चिम महाकाली टोल जोड्न स्थानीयले जमिन दिएपछि सडक बस्तीमै पुगेको उनले बताए । ‘अहिले हाम्रो आँगनमै सडक पुगेको छ, ‘उनले भने, ‘अब यो सडक कालोपत्रे गर्नुपर्छ ।’ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र प्रशाद जोशीले स्थानीयसंग सडक बारे छलफल गरेपछि उनीहरुले स्वतस्फूर्त जमिन दिएको बताए ।
‘सबैले डेढडेढ मिटर जमिन छाडे अहिले ३ मिटर चौडाई ३ किलोमिटर लम्बाईको सडक विस्तार गरेका छौँ, ‘उनले भने, ‘ट्याक खोल्ने काम सकिएको छ, ग्राभिलिङ्ग शुरु गरेका छौँ ।’ वडाबाट प्राप्त डेल लाख बजेटले ग्राभिलिङ्ग अपुरो हुने भएकाले थप बजेटको उनले माग गरे ।

अर्का स्थानीय शुशिल प्रशाद जोशीले गाँउमा सडक पुग्ने कल्पना समेत नगरेको अनुभव पोखे । ‘म यही जन्मेको हुँ, अहिले मलाई ४० बर्ष भयो, सडक खोल्ने विषयमा पटक पटक छलफल हुन्थ्यो, कहिनकही कोही असमत हुन्थे, ‘उनले भने, ‘सडक नहुँदा दशगजा र खेतैखेत हिडडुल गर्नुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हटयो ।’

गाउँम सडक विस्तार भएपछि स्थानीय हर्षित भएको उनले बताए । विद्यार्थीलाई समेत अब विद्यालय जान सहज हुने उनको भनाई छ । वडाध्यक्ष प्रमानन्द जोशीले जनप्रतिनिधी स्थानीय बसेर सडक विस्तारका लागि घनिघुत छलफल गरेर सडक विस्तार गर्न सफल भईरहेको बताए ।

‘हामीलाई मेयर सुरेन्द्र विष्ट ज्यूबाट समेत ठुलो सहयोग भयो, ‘उनले भने, ‘अहिले सबै क्षेत्रबाट सहयोग हुँदा गाउँबस्तीमा सडक विस्तार नै भयो ।’ सडक विस्तार हुँदा २ सय ५० परिवारलाई प्रत्यक्ष दैनिक कामकाज गर्न ठुलो राहत पुग्ने उनले बताए ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले गाउँ बस्ती टोलसम्म भौतिक पूर्वाधार विस्तार गर्ने आफुहरुको कर्तव्य भएको बताए । ‘हामीले निर्वाचनका बेल जे जे जनतसंग बाचा गरेका थियौँ, ‘उनले भने, ‘बाचा पुरा गर्ने र जनतालाई अधिकतम विकासको मुल धारामा ल्याउने हाम्रो सकल्प छ ।’ जबदेखि मेयर विष्टको बस्तीम सडक नपुगेको नजर पुगेपछि उनले जनताको पीडा बुझेर निरन्तर सडक स्तरोन्नतीका लगि पहल गरिराखे ।

अहिले ६० बर्षपछि सढक पनि बनिसक्यो । स्थानीय हर्षित खुसीको क्षण नै रहने । उक्त सडक स्तरोन्नतीका लागि नगरपालिकाले आगामी बर्ष उच्च प्राथमिकतमा राख्ने समेत बताए । मेयर विष्टले गाँउबस्ती र नगरबासीलाई विकासको मुल धारमा ल्याई आत्मनिर्भर बनाउने तर्फ नगरपालिका योजना अघि सारेको बताए । भीमदत्त नगरका जनप्रतिनिधीले जनप्रिय काम गरेको स्थानीयको विश्लेषण छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनपुर। कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित हात्तीबोझामा आइतबार बेलुकी पचुईबाट बेलौरीतर्फ आउँदै गरेको...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

मृतक वडाध्यक्ष रोकायाको अन्त्येष्टी

कञ्चनपुर, ०६ मंसिर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकायाको अन्त्येष्टी गरिएको छ । शुक्रबार बिहान घर नजिकैको किसान...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया