Friday, November 27, 2020

सिद्धिका प्रमुख देवता गणेश: चाबहिलको चन्द्रविनायक मन्दिर

- Advertisement -

नेपालमा गणेशको ठूलो महिमा छ । हिन्दु धर्ममा मात्र नभई, बौद्ध धर्ममा गणेशको विशेष स्थान रहेको पाइन्छ । बौद्ध धर्मको वज्रयान साधकहरूले गणेशलाई आफ्नो साधनाको सिद्धिका लागि प्रमुख देवता मान्छन् ।
नेपालका अधिकांश मध्यकालीन बौद्ध विहारहरूको मूल ढोकाभित्र दायाँबायाँ भागमा क्रमशः गणेश र महाकालका मूर्तिहरू पाइन्छन् । पाँचटाउके गणेशलाई हेरम्ब गणेशका रूपमा बौद्ध धर्मको वज्रयान साधकहरूले मान्यता दिई पूजाआजा गर्ने चलन नेपाली बौद्ध समाजमा छ ।
पाटनमा हालसम्म पनि वर्षको एकपटक पूरा एक महिनासम्म गणेशको मूर्ति र मन्दिरहरू रहेको ठाउँमा गएर पूजाआजा समूहगत रूपबाट गर्ने चलन आजसम्म पनि यथावत् रहेका छन् ।

विद्वान्हरूले गणपति शब्दको वर्णन गर्दै भनेअनुसार ‘ग’ को अर्थ हो, गमन अर्थात् ज्ञानको मार्गमा जानु । अनि ‘ण’ को अर्थ गन्तव्यमा पुग्नु । अर्को शब्दमा ‘ग’ र ‘ण’ को अर्थ हो– आदिबाट अन्त्यमा पुग्नु । ‘पति’ को अर्थ हो– मालिक । यसप्रकार गणपतिको अर्थ आदि र अन्त्य दुवैको मालिक हुन आउँछ ।

गणेशलाई सफलताका देवता या सिद्धिदाता भनिन्छ । गणेशको प्रार्थनाद्वारा देवताहरूका राजा इन्द्र, राजा नलकी महारानी यमयन्ती र युघिष्ठिर आदिले सफलता प्राप्त गरेका कथा प्रख्यात छन् ।

मुसा वाहन भएका गणेशको स्वरूप चार हात, ठूलो पेट, छोटो कदको सुदृढ शरीर, हात्तीको टाउकोका साथै एउटा पूर्ण र अर्को भाँचिएको दाँत छ ।
गणेशले परशुरामसँगको लडाइँमा एउटा दाँत गुमाउनुभएको हो भन्ने विश्वास गरिन्छ । बन्चरो लिएका परशुराम विष्णुका अवतार भनिन्छ भने अर्को भनाइअनुसार– गणेशजीले आफ्नो दाँत महर्षि व्यासको निर्देशनमा महाभारत लेख्न भाँचेका हुन् भन्ने पनि छ । गणेशजीको ‘हात्तीटाउको’ लाई बुद्धिको प्रतीक र उहाँको वाहनलाई त प्रत्युत्पन्नमतिको प्रतीक मानिन्छ ।

नेपालमा पाइने विभिन्न गणेशका मूर्तिहरूमध्ये चार हात भएको मूर्ति नै प्रायः लोकप्रिय रहे पनि कुनै गणेशको आठ हात, कुनैको १६ र कुनैको १० हात देखाइएको पनि पाइन्छ ।

उपत्यकामा प्रसिद्धि पाएका गणेशका मूर्तिहरूमा चाबहिलको चन्द्रविनायक, भक्तपुरको सूर्यविनायक, चोभारको जलविनायक र काठमाडौँको अशोकविनायक उपत्यकाका चार विनायकहरू हुन् । यी चार विनायकबाहेक पनि अन्य केही गणेश मन्दिर प्रसिद्ध छन् ।

नेपालका हिन्दु र बौद्धहरुले गणेशलाई उत्तिकै मान्दै आएका छन् । बौद्धहरुले गणेशका साथै विभिन्न देवीदेवतालाई पनि बौद्ध देवताको रुपमा मान्दै आइरहेका छन् । चावहिल गणेश पनि बौद्ध विहारसँग सम्बन्धित भएकै कारणले चावहिल गणेश भनिएको हो ।

चाबहिलमा बुद्ध चैत्यदेखि केही सय मिटरको दूरीमा प्रसिद्ध गणेशको मन्दिर छ, जसलाई चाबहिल गणेश, चन्द्रविनायक र रक्तविनायक पनि भनिन्छ । मन्दिर दुई तहको छानायुक्त नेपाली तले शैलीको थियो ।
२०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त यो मन्दिर हाल निर्माणक्रममा छ । यहाँ रहेको गणेशको मूर्ति सामान्य प्रकारको छ । दुईटा हातयुक्त यी गणेशको मूर्ति इसाको नवौँ–दसौँ शताब्दीतिर निर्माण भएको मानिन्छ ।

चावहिल गणेश बौद्ध चैत्यमा अडेस लगाइएको छ । चावहिल गणेशलाई यसरी बौद्ध चैत्यमा किन अडेस लगाई राखेको होला भन्ने कुरामा एउटा किंवदन्ती छ । किंवदन्ती अनुसार हाँडीगाउँमा एकजना मान्छेले गणेश मुर्ति चोर्न आएको रहेछ । हाँडी गाउँलेहरुले देखी त्यस चोरलाई समाउन लेखेटेछन् । आफ्नो पछि पछि मान्छेहरु दौड्दै आइरहेको देखि चोर पनि भाग्न थाल्यो ।
चावहिल पुगेछि त्यो चोर कहाँ जाउँ कता लुकुँ भई बौद्ध विहारमा गई लुकेछ । चोरलाई लखेट्दै आएका मान्छेहरुले चोरलाई नदेखि त्यहीँबाट उनीहरु फर्किएछन् ।

त्यसपछि चोरले मलाई यही गणेशले बचाएका हुन अब मैले यो गणेशलाई यहीं स्थापना गरी राख्छु भनी त्यहीँ बौद्ध चैत्यमा अडेस लगाई दिएको रहेछ । यसैले यो गणेशको नाम चावहिल गणेश हुन गएको हो ।

चावहिल गणेशको मन्दिर पछाडि उत्तरतर्फ मुख्य कुमारी देवी छिन् । यी कुमारी देवी अन्य कुमारी भन्दा जाज्वल्य र प्रसिद्ध भनी मान्दै आइरहेको पाइन्छ ।
भैरवको अगाडि क्षेत्रपाल वेताल पनि छ । वैद्यहरूले दीक्षा लिँदा गणेशलाई पञ्चवलि दिएर पूजा गर्ने चलन छ । हाल आएर गणेशको पछाडि मात्र वलि दिने चलन रहेको हो भनिन्छ ।

चावहिल गणेशलाई घाउ खटिरा आएका मानिसहरुले भाकल गरी पूजा गर्दा घाउ खटिरा निको भएर जाने विश्वास भएकोले भक्तजनहरु धेरै नै आउने गर्छन् । गणेशका भक्तजनहरुले सेवा गरिरहे सुख, शान्ति, ऐश्वर्य र धनसम्पत्ति प्राप्त हुन्छ भन्ने विश्वासले धेरै नै भक्तजनहरु आउने गर्छन् ।
माघ महिनाको मंगलबार मेलाजस्तै हुने गरी भक्तजनहरु हुलका हुल आउने गर्छन् । यो गणेशको वाहुन छुचुन्द्रो हो भने आसन भने नागको रहेको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया