Friday, December 4, 2020

वातावरण दिवस ! हामी के गर्न सक्छौ ??

- Advertisement -

केशव कुमार मलाशी

वातावरण भन्ने शब्द आफैमा एक बृहत विषय हो जसले प्राकृतिक, सास्ंकृतिक र सामाजिक प्रणालीहरु, आर्थिक तथा मानवीय क्रियाकलापहरु र यिनका अवयवहरु तथा तिनीहरु बीचको अन्तरक्रिया र अन्तरसम्बन्धलाई जनाउछ।

यही कुरालाई आत्मसाथ गर्दे विश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनितीक र सामाजिक जागृति ल्याउने उदेश्यका साथ सन १९७२ को ५ जुन देखि १६ जुनसम्म सयुक्त राष्ट्र सघको महासभाले विश्व वातावरण सम्मलेनको आयोजना गर्दे सो सम्मलेनकोे एक वर्ष पछि वातावरणीय सरक्षणको आवश्यक्ता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन गरिएको थियो र आजको दिन सम्म पनि यही निरन्तरता जारी छ ।

भर्खरै मात्र दक्षिण भारतको केरला राज्यमा एक गर्भवती हात्तीको बिस्फोटक भरिएको फलफुल खाँदा मृत्यु भएको दुखद खबर हाम्रा सामु आईरहदा यसपालिको विश्वव्यापी नाराका रुपमा रहेको सुरक्षित जीवनका जैविक विविधता भनेर विश्व वातावरण दिवस मनाईरहदा मानिस र पकृतिका अन्य जैविक प्राणी बिचको अन्तरसम्बन्ध सरँक्षण हो कि सघँर्षका रुपमा चर्चा चलिरहेको नै छ।

यस्तै मानवीय क्रियाकलापका कारण नेपाल लगायत सम्पूर्ण विश्वकै पर्यावरणीय प्रणाली, जैविक विविधता र वातावरणीय अवस्था दिनानुदिन खस्कदै गएको छ । जसको परिणाम स्वरुप हाल विश्वभर जलवायूमा परिवर्तन, पारिस्थितिक प्रणालीमा ह्रास, जैविक विविधतामा ह्रास, अतिवृष्टी, अनावृष्टि, अल्पवृष्टि लगायत भूक्षय, बाढी, पहिरो जस्ता घटनाहरुमा बृद्धि भई समष्टिगत रुपमा पृथ्वीको वातावरणीय अवस्थामा नकारात्मक प्रभाव परिरहेको छ।

पृथ्वी सबैको साझा घर हो र यसको पर्यावरणीय सन्तुलनमा एककोषिय जीव देखी ह्वेल सम्म प्राणीहरुको विशिष्ट खाले भुमिकासँगै बाच्ने पाउने समान अधिकार छ भन्ने कुरालाई सर्वक्षेष्ठ प्राणीका रुपमा रहेको मानव जातिले नजरअन्दाज गर्न कदापि मिल्दैन।
पकृतिको सुष्टिमा कति प्रजाति आए अनि कति प्रजाति वातावरण असन्तुलनको भुमरीमा परेर विलीन भए। हामी मानव जाति पनि यही पकृतिको अथाह गर्भबाट ढुङ्गेकालीन आदिम युगदेखि आजको वैज्ञानिक परिवेशसम्म पकृतिको प्रयोग गरी पाईला पसारिरहेका छौ।

यदि कथम कदाचित पकृतीको सम्पुर्ण जीवको सर्व स्वीकार्यता बादी सिन्दातलाई अवमुल्यन गरेको खण्डमा विश्वव्यापी रुपमा यसको असर समयाअनुसार देखिरहेने नै छ। वातावरणमा आश्रित सम्पूर्ण जीवित प्राणी तथा वनस्पतिहरुको जीवन निर्वाहमा नकारात्मक असर परिरहेको र यस्तै अवस्था रहिरहे आउंदा दिनहरुमा यसको क्रम अझ बृद्दि हुनुको साथै पृथ्वीमा जीवनको अस्तित्व नै संकटमा पर्न सक्ने संभावनालाइृ नकार्न सकिन्न ।

यस तर्फ वैज्ञानिक एवं अन्तरराष्ट्रिय वातावरणीय संघ संस्थाहरुले बेलाबेलामा सचेत गराउंदै आएका छन् ।
२१ औ शताब्दीको आधुनिकतावाद र विश्वव्यापीकरणको सिद्धान्तमा रहेर प्राकृतिक स्रोत साधनको अत्याधिक प्रयोगले दु्रत विकासको होडबाजिमा हामी मानव जाति निरन्तर लम्किरहेका छौ ।
वातावरण दिवस जुन ५ को क्यालेण्डरमा धुमधाम सहित मनाउने अनि दिगो विकासका लक्ष्य, वातावरण तथा जैविक विविधता सरक्षँणका लागि गरिएका विश्वव्यापी महासन्धी, सम्झौताहरुमा आधारित रही बनेका निती नियमहरु कागजमै मात्र रहनुले १ दिने वातावरण दिवस मनाईको कुनै औचित्य रहदैन। एक चोटि गहिरिएर सोचिहेर्नुुस त के वातावरण विनाको जिन्दगीको विकास सम्भव छ ?

अन्तरिक्षका कुना आना, मगल ग्रह होस या चन्द्रमा, जिवत्व विकासका लागि अर्बौ खरबौ खर्च गरेर भौतारिहेको मानव जाति आफै सास लिईरहेको पृथ्वीको वातावरणको असन्तुलनको किन मुख्य अभियुक्त बनिरहेको छ ? के यो कुराको सजाय सहितको पाठ अबका दिनमा अन्य प्राणीहरुले सामाजिक विवेकशील प्राणीका रुपमा स्वघोषणा गरेको तर व्यवहारमा नउतारेको मानव जातिलाई सिकाउनै पर्ने दिन आएको हो त ?

होईन भने आउनुहोस अब हामी वातावरण सरंक्षणका लागि के गर्न सक्छौ त्यसबारे चर्चा परिचर्चा गरौ। हामी मानव जाति सँगै सम्पुर्ण सृष्टिजगतकै हरेक प्राणीको स्वच्छ वायु स्वस्थ जीवन सँगको पकृतिको अनुपम अनन्त अटुट समबन्ध विकास गर्नमा हातेमाले गरौ ।

”काठलाई होईन रुखलाई, घडेरी मात्र होईन खेतलाई पनि माया गर्न थालौ ” भनेर जसरी हामी मिठो लोभलाग्दो मन छुने खालको नारा बनाउन सिपालु छौ, त्यसरी नै प्रभावकारी कार्यान्वयनमा पनि ईमान्दार बनौ ।

पकृती सरक्षण हाम्रो आफनै जीवन र आगामी पुस्ताको पनि जीवन सरक्षण हो भन्ने तथ्यलाई चिन्तन मनन गरौ । तपाईको व्यवहारले वरपरको वातावरणमा केहि न केहि प्रभाव परेको हुन्छ त्यसैले पनि आफनो दैनिक आहारविहार र व्यवहारलाई वातावरणसँग मेल खाने गरी परिवर्तन गरौ। प्राकृतिक सन्तुलन कायम गरी प्राकृतिक प्रकोपको जोखिम न्युनीकरण गर्न अग्रसर बनौ।

हामी सबै मानव जाति मिलेर पाकृतिक स्रोत, साधन तथा सम्पदाको सरक्षण र सम्र्वदन गरी दिगो उपयोगितका मा जोड दिन सक्छौ। बढदो औधोकिकरणलाई सुव्यवस्थीत गर्नका लागि प्रारम्भिक वातावरणीय परिक्षण वा वातावरणीय प्रभाव मुल्याकन लाई प्रभावकारी रुपमा लागु गर्न सक्छौ ।
हानिकारक ग्यास उत्सर्जन लाई नियन्त्रण गर्न सक्छौ ।

प्लासिटक जन्य चीज वस्तुहरुको प्रयोगलाई निरुत्साहित गरी जैविक जन्य चीजवस्तुलाई बढावा दिन सक्छौ। भौतिक पुर्वाधार विकासमा वातावरण मैत्री अवधारणा लागु गर्नका लागि दिगो विकासको उदेश्य भावी सन्ततीको पर्यावरणीय आवश्यक्ता, पृथ्वीको बहन क्षमता र प्राकृतिक स्रोतको दिर्घकालिन उपयोगको सुनिश्चिततालाई समेत ध्यानमा राखेर विकासका कार्यहरु अगाडि बढाउन सक्छौ।

नवीकरणय उर्जा सोलार, विधुत, बायो ग्यास, जैविक उर्जा विकासलाई प्रोत्साहन गरी पेट्रोल, डिजेल जस्ता गैर नवीकरणीय उर्जाको खपतलाई न्युनीकरण गर्न तर्फ अघि बढन सक्छौ। जलवायु मैत्री विकासमा जोड दिनका लागि जलवायु परिवर्तन अनुकुलनका उपायहरु अवलम्बन गर्न तर्फ अग्रसर हुन सक्छौ। एक घर एक बगैचा निर्माण , एक मानव एक रुख रोपण सिद्धान्तलाई अगिँकार गरी स्वच्छ, सफा, हराभरायुक्त वातावरणको विकासमा जोड दिन सक्छौ।
जलवायु मैत्री हरित सडक, वातावरण मैत्री सहर विकास अवधारणा लागु गर्न सक्छौ।

नेपालको सविधान २०७२ मा पनि स्वच्छ वातावरणमा सबैको बाच्न पाउने अधिकार सुनिश्तिता गरेसँगै सरकारका हरेक निती कार्यक्रमहरुमा पनि विकासका कार्य गर्दा वातावरण तथा जैविक विविधतालाई उचित ध्यान दिनुपर्ने कुरा उल्लेख गरिएको पाईन्छ। सुखी नेपाली समृद्ध नेपालको आधार, वातावरण र जलवायुमैत्री पुर्वाधार भन्ने अवधारणालाई हरेक क्रियाकलाप कार्यान्वयनहरुमा जोडनुपर्ने देखिन्छ।

मानवीय गतिविधिहरुबाट वातावरणमाथि पर्न गएको प्रभावलाई न्यूनिकरण गर्न जनस्तरदेखि नै यस बारेमा व्यापक जनचेतना जगाई वातावरण संरक्षण संबद्र्धन प्रति सबैको एक्यबद्धता, चासो र सरोकार एवं जिम्मेवारी र दायित्व बोध गराई संरक्षणको कार्य पनि सबैको प्रयासबाट गरौं भन्ने भावना जागृत गराउन आजको दिनमा अत्यावश्यकसँगै अपरिहार्य भईसकेको छ ।

यो हाम्रो लागि मात्र नभएर भविष्यका सन्ततिहरुको लागि पनि हो भन्ने चेतना जागृत गरी वातावरण संरक्षणका प्रयासमा आजैदेखि हामी सबै जुटौं भन्ने सन्देश मानव समुदायले विश्वका लागि दिन सकेमा मात्र प्राणीहरुमा मानिसको सर्वक्षेष्ठताको परिचय साचिच्कै सार्थक र सफल हुनेछ।
(लेखक मलासी वन क्षेत्रमा आबद्ध वन प्राविधिक हुन् । हाल काठमाँडौ फरेष्ट्री कलेजमा स्नातकोत्तर तहमा अध्यनरत समेत हुनुहुन्छ ।)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ॐ लेखी सेयर गर्नुहोस महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलि...

काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ ।जब भगवान शिव रिसाउँछन् त्यतिबेला...

गायक रमेश प्रसाईले विहे गर्दै, को हुन दुलही ?

नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन्। रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्।...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

डा. गोविन्द केसी २१ दिनपछि कोरोना संक्रमण मुक्त

On डा. गोविन्द केसी २१ दिनपछि कोरोना संक्रमण मुक्त काठमाडौं : प्रा.डा. गोविन्द केसी २१ दिनपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि...

कपाल झरेर दोधारमा हुनुहुन्छ ? सचेत हुनुहोस् यी ९ समस्याले ग्रसित...

on कपाल झरेर दोधारमा हुनुहुन्छ ? सचेत हुनुहोस् यी ९ समस्याले ग्रसित भएमा झर्ने गर्छ कपालकपाल झरेर हैरान भइयो के गर्ने ? अहिले यस्तो...

यस्तो आलु खादा विष खाए बराबरयस्तो आलु खादा विष खाए बराबर

काठमाडौं ,आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार भित्र पर्छ,अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउने गरिन्छ । आलु...

अनुहारमा नुन दल्नुहोस्, अनि हेर्नुहोस् ‘चमत्कार

 अनुहारमा पिप्मल आउने बर्सातको मौसम सकिएको छ । के तपाईकाे अनुहारमा पिम्पल आउन छाड्यो ? यदि हटेको छैन भने तपाईको छाला ओइली हुनुपर्छ ।...

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया