Monday, November 30, 2020

म्यानमारबाट फर्केका नेपाली भन्छन्: काठमाडौं उत्रिनासाथ धर्तीलाई ढोगेँ

- Advertisement -

२३ जेठ, काठमाडौं । नवलपुर गैँडाकोटका मानबहादुर खत्री आफन्त भेट्न पर्यटक भिसामा तीन महिनाका लागि म्यानमार गएका थिए । म्यानमारमै रहँदा कोरोना महामारीका कारण नेपालमा हवाई उडान बन्द भयो ।

भिसा अवधि सकिँदा पनि उनी नेपाल आउन पाएनन् । जब सरकारले विदेशमा अप्ठेरोामा परेका नेपालीलाई उद्धार गर्ने निर्णय ग¥यो, म्यानमारमा रहेकाहरु पहिले स्वदेश फर्किन पाउने भाग्यमानी बने ।

कोरोना महामारीका बेला अर्काको भूमिमा डरैडरमा बस्नुपरेका बेला स्वदेश फर्किन पाउँदा ठूलो उपलब्धि हासिल भएको जस्तो अनुभूति भएको उनी बताउँछन्. ।

नेपाल उत्रिएपछि अनलाइनखबरसँगको कुराकानीमा खत्रीले भने, ‘नेपाल आउन पाउँदा त ठूलो उपलब्धि हासिल भएको जस्तो अनुभूति भयो । नेपाल टेक्नेबित्तिकै आमालाई भेटे जस्तो भयो । आउने बित्तिकै धर्तीलाई ढोगेँ ।’
सरकारले विदेशबाट नेपालीहरूलाई उद्धार गर्ने कार्यविधि पारित गरेसँगै पहिलो लटमा खत्रीसहित २६ जना नेपालीहरू नेपाल आएका छन् । म्यानमार सरकारले नै उनीहरूलाई त्रिभुवन विमानस्थलसम्म ल्याइदिएको हो । उनीहरूले संकटको बेलामा सरकारले आफ्नै देशमा उद्धार गर्न स्वीकृति दिएको भन्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

सरकारले शुक्रबार म्यानबारबाट २६ जना नेपालीलाई उद्धार गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको टोलीले उनीहरूलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टर लगेर राखेको छ ।

उनीहरूलाई बढीमा एक रात होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टाइनमा बस्नेगरी व्यवस्था मिलाउने सरकारको तयारी छ । उनीहरुमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

देशले राजा र हिन्दुराष्ट्र मागेकै हो त ? पूरा विवरण पढेर...

जनाताबाट छानिएका प्रतिनिधीहरुबाट जनताकै हितका लागी भनिएको राज्य ब्यबस्थाले पनि जनताको आसातित कार्यहरु गर्न नसकिरहेको बर्तमानमा फेरी पनि बिकल्प सोच्न बाध्य पारिएका छन जनताहरुलाई।यसै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया