Saturday, November 28, 2020

सुदूरपश्चिममा थपिए तीनजना कोरोना संक्रमित

- Advertisement -


१५ जेठ कैलाली ।
सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली र दार्चुलामा बिहीबार नयाँ संक्रमित पुष्टि भएको हो ।

कैलालीको जानकी गाउँपालिकाका ४ का २५ र ३० वर्षीय पुरुष र दार्चुलाको महाकाली नगरपालिका(५ का २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलीप श्रेष्ठलले जानकारी दिए । २५ वर्षीय युवक भारतको महाराष्ट्रबाट जेठ १ मा टीकापुरको खक्रोला नाका हुँदै लुकेर नेपाल भित्रिएका हुन् भने

अर्का संक्रमित जेठ ३ गते कैलालीको गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए ।
टीकापुरबाट लुकेर आएका संक्रमित घर पुगे पनि परिवारको सम्पर्कमा नरहेको जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए ।

‘उहाँ घरको आगनसम्म पुग्नु भएको थियो । त्यो थाहा पाएर प्रहरीले क्वारिन्टिनमा ल्याएको हो,’ उनले भने, ‘अर्का संक्रमित भने जेठ ३ गते क्वारिन्टिनमै आए ।’

दार्चुलाका संक्रमित भने जेठ ८ गते दार्चुला नाका हुँदै नेपाल आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए । उनीसँगै ८ गते उक्त नाकाबाट ३१९ जना नेपाल आएको उनले बताए ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमतिको सङख्या २० पुगेको छ । प्रदेशमा सबैभन्दा बढी कैलालीमा १०, बैतडीमा ५, अछाममा दुई, दार्चुला, कञ्चनपुर र डडेल्धुरामा एकरएक जनामा कोरोना पुष्टि भएको छ । हालसम्म पाँच जना संक्रमित निको भएर घर फर्किएका छन् ।

एउटै क्वारेन्टिनमा ६ जना संक्रमित

जानकी गाउँपालिका १ मा रहेको सरस्वती माबिको क्वारेन्टिनमा रहेकाहरु मध्ये ६ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । बिहीबार पुष्टि भएका दुई जनासहित कैलालीमा संक्रमतिको संख्या १० पुगेको छ ।

सरस्वती माबिको क्वारेन्टिनमा बसेका मध्ये जेठ ९ गते ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । १३ गते एकजना र बिहीबार २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।

उक्त क्वारेन्टिनमा अहिले ३९ जना रहेका छन् । उनीहरु मध्ये २३ जनाको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

१६ जनाको स्वास्थ्य परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको र १० जनाको नेगेटिभ रिर्पाेट आएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए । ती १० जनाको पनि पुनस् पीसीआर गरिने उनी बताउँछन् ।

‘उहाँहरुको ६ गते पीसीआर गर्दा नेगेटिभ आएको हो । त्यसयता पनि संक्रमण फैलन सक्ने भन्दै उहाँहरुलाई पुन परीक्षण गर्ने तयारीमा छौँ’ उनले भने ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो धर्म हो त्यसैले एक सेयर गरौं) मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् ।...

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र...

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया