Friday, December 4, 2020

कञ्चनपुरमा उपभोक्ता ठगी गर्ने ३५ व्यापारीलाई कैद, १३ जनालाई जरिवाना

- Advertisement -

महेन्द्रनगर, १४ जेठ ।

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले संक्रामक रोग ऐन–२०२० मा टेकेर ४८ जना ब्यापारीलाई कारबाही गरेको छ ।

लकडाउनमा पनि अवैध तरिकाले ब्यापार व्यवसाय सञ्चालन गरेर संक्रामक रोग कोरोनाको नियन्त्रणमा बाधा पुर्‍याएको र महामारकिो मौका छोपेर कालोबजारी गरेको ठहर गर्दै कञ्चनपुर प्रशासनले ४८ जना ब्यापारीलाई जरिवाना र कैद सजाय सुनाएको हो ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार जनस्तरबाट विभिन्न किसिमले ठगिएको र पसलहरुमा तोकिएको सुरक्षा मापदण्डहरु पालना नभएको गुनासो आएपछि कार्यालयले वैशाख २९ देखि ५ गतेसम्म बजार अनुगमन गरिएको थियो ।

‘अरु समयमा हामी आफैंले अनुगमन गर्न मिल्दैन, तर यो ऐनले दिएको अधिकार प्रयोग गरेर महामारकिो सयममा हामीले बजारमा अनुगमन गरेका हौं,’ उनले भने,‘सम्भवतः नेपालमै पहिलोपटक संक्रामक रोग ऐनमा टेकेर हामीले लापरवाही र ठगी गर्नेलाई सजाय पनि तोकेका छौं ।’

विषम परिस्थितिको मौका पारेर मूल्यमा ठग्न खोज्ने, उपभोग्य मिति सकिएको खाद्य पदार्थ बेच्ने, पसलमा ग्राहकबीच सामाजिक दूरी कायम नगराउने, सेनिटाइजर लगायतको प्रवनध नगर्ने ब्यापारीहरु कारवाहमिा परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले किराना, एग्रोभेट, मेडिकललगायतका पसलका सञ्चालकहरुलाई कारवाही गरेको हो ।

प्रशासनले एृन अनसार एक सय रुपैयाँ जरिवानादेखि २० दिनसम्मको कैद सजाय तोकेको छ । समान्य लापरवाही गर्ने १३ वटा फर्मले सय रुपैयाँ जरिवाना तरिेका छन् ।

१७ वटाले गम्भीर त्रुटि गरेकाले सञ्चालकलाई १५ दिनको कैद तोकिएको छ ।अति गम्भीर लापरवाही गरेको ठहर गर्दै १८ वटा फर्मका सञ्चालकलाई २० दिन कैद गरिएको उपाध्यायले बताए ।

‘ऐनको दफा ३ र ४ ले प्रशासनलाई यस्तो अधिकार दिएको छ,’ उनले भने,‘महामारी फैलिने जोखिम बढिरहेका बेला सरकारले जारी गरेको नियम पालना नगर्नेमाथि शुन्यसहनशीलताका आधारमा कारवाही गरेका हौं ।’

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पुरातात्विक स्थलमा प्राचीन पोशाक लगाएर मोडलका अपाच्य तस्विर खिचेको आरोपमा पक्राउ

on पुरातात्विक स्थलमा प्राचीन पोशाक लगाएर मोडलका अपाच्य तस्विर खिचेको आरोपमा पक्राउ काठमाडौं । आफैंले खिचेका तस्विरका कारण एक व्यक्ति समातिएका छन् । मिस्र (इजिप्ट)...

ॐ लेखी सेयर गर्नुहोस महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलि...

काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ ।जब भगवान शिव रिसाउँछन् त्यतिबेला...

प्रदेश सभा सदस्य खड्काद्वारा पुलको शिलान्यास टोटी नालामा

शुक्लाफाँटा नगरपालिकाको वडा १० मा पर्ने टोटीनाला सडकमा पुलको शिलान्यास गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच सुदुरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लाल बहादुर खड्काले...

गायक रमेश प्रसाईले विहे गर्दै, को हुन दुलही ?

नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन्। रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्।...

यस्तो आलु खादा विष खाए बराबरयस्तो आलु खादा विष खाए बराबर

काठमाडौं ,आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार भित्र पर्छ,अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउने गरिन्छ । आलु...

कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले भरखरै सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा एक महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थीको शैक्षिक सत्र...

जा’डोयाममा सुन्तला : स्वा’स्थका लागि फाइदाजनक

जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भि’टामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जा’डो याममा तपाईंका लागि लाभदायक हुन्छ...

कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना पत्ता लाग्यो, ३ जना नियन्त्रणमा

कञ्चनपुरमा नक्कली नेपाली नोट छाप्ने कारखाना पत्ता लागेको छ। जिल्लाको सदरमुकाम रहेको महेन्द्रनगर बजार गल्ली नम्बर २ मा सञ्चालन गरिएको नक्कली नेपाली रकम छाप्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया