Friday, December 4, 2020

यस कारण बल्छ जुनकिरीको पुच्छरमा बत्ती ! जानीराखौं

- Advertisement -

एजेन्सी । जुनकिरी एउटा यस्तो अचम्मको किरा हो जसको आफ्नै शरीरमा बत्ती बल्ने गर्दछ । शरीरमा बल्ने बत्तीकै कारण स-साना बलबालिकाको बिचमा यो निकै लोकप्रिय रहेकाे छ । बेलुकाको समयमा पुच्छरतिरको भाग बत्ती जस्तै चम्किने भएको जुनकिरीको पनि आफ्नै प्रकारको रहस्य रहेको छ । आफ्नै छुट्टै प्रकारको विषेशता भएको यो अनौठो किरालाई लिएर संसारभरका वैज्ञानिक समेत चकित परेका छन् । यसका साथै वैज्ञानिकहरुले यस रहस्यको खोजी समेत गरिरहेका छन् ।

अनुसन्धानको क्रममा जुनकिरीको शरीरमा बल्ने बत्ती पनि हाम्रो घरमा हुने अन्य बत्तीहरु जस्तै रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । उनीहरुका अनुसार फरक यति मात्रै छ कि अरु बत्तीहरु बल्दा ताप उत्पन्न हुन्छ तर जुनकिरीको जीउमा रहेका बत्ती तापबिना नै बल्ने गर्छ ।

यसरी उत्पन्न हुने विशेष खाले प्रकाशलाई ‘ल्यूमिनेसेन्स’ भनिन्छ । जुनकिरीमा यस्तो प्रकाश ‘लुसिफेरिन्’ नामक तत्त्वको कारणले उत्पन्न हुने गर्छ । यो तत्त्व अक्सिजनसँग मिलेर प्रकाश उत्पन्न हुने गर्दछ । तर, प्रकाश उत्पन्न गर्ने यो प्रक्रिया ‘ल्यूसिफेरेज्’ नामक अर्को तत्त्व नभएसम्म सम्भव हुँदैन । ल्यूसिफेरेजले यो रासायनिक प्रक्रिया पूरा गर्न मद्दत गर्छ तर आफू स्वयम् भने प्रक्रियामा संलग्न नहुने वैज्ञानिक बताउछन् । जुनकिरीको शरीरमा हुने लुसिफेरेजले लुसिफेरिनलाई अक्सिजनसँग मिलेर बल्नमा मद्दत गर्छ ।

अहिले वैज्ञानिकहरुले यस्तै प्रकारको प्रकाशको खोजीमा जुटेका छन् । तर, प्रकाश उत्पन्न गराउन चाहिने रसायन जुनकिरी बाहेक अरुले उत्पादन गर्न मिल्दैन । अझुम्म पनि उक्त रसायनहरु कसरी बन्छन् भन्ने कुरामा नै वैज्ञानिकहरु अल्झिरहेका छन् । यो अहिले पनि प्रकिृतिको एउटा नसुल्झिएको रहस्यको रुपमा रहेको छ ।

जुनकिरीले यस्तो प्रकाश किन उत्पन्न गर्छ भन्ने प्रश्न मनमा उठ्न सक्छ । यस बारेमा भने वैज्ञानिकहरुले आ-आफ्ना धारणहरु राखेका छन् । कसैले उनीहरु आफ्नो जोडी खोज्नका लागि यस्तो प्रकाश उत्पन्न हुने गर्छ भनेका छन् भने कसैले राती सिकार गर्ने चराहरुलाई तर्साउन त्यसो गर्ने गरेको कुरा अघि सारेका छन् । यस्तै, कसैले त यो केवल रसायनिक प्रक्रिया मात्र हो भन्ने धारणा राखेका छन् । विभिन्न अनुसन्धान पश्चात पनि जुनकिरीले किन बत्ती बाल्छ भन्ने कुराको ठोस कारण भने पत्ता लाग्न सकेको छैन ।

ताजाखबर बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया