Friday, December 4, 2020

विश्वविद्यालयमा अनलाइन कक्षा चलाउन ४७ करोड

- Advertisement -

काठमाडौँ — विश्वविद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगले ४७ करोड रुपैयाँ खर्चने भएको छ ।
आयोगले अनलाइनमार्फत पठनपाठन गराउन विभिन्न शीर्षकमा ११ वटै विश्वविद्यालयमा उक्त रकम खर्च गर्न लागेको हो । विश्वभर फैलिएको कोरोना भाइरसले नेपालमा पारेको प्रभावबारे अध्ययन गर्न पनि विश्वविद्यालयहरुलाई ३ करोड रुपैयाँ छुट्टयाइएको छ । विश्व बैंकको सहयोगमा सञ्चालित उच्चशिक्षा सुधार परियोजना अन्र्तगतको बजेट कोरोनापछिको शैक्षिक गतिवधिमा खर्च गर्न लागिएको हो ।

विश्वविद्यालयका आंगिक, स्कुल, विभाग र सामुदायिक क्याम्पसमा अनलाइन कक्षा सञ्चालन, सञ्चार प्रविधि खरिद, शिक्षक तालिम र विद्यार्थीलाई सहयोग गर्न ४७ करोड विनियोजन गरिएको हो । ११ वटै विश्वविद्यालयका ३ सय वटा युनिटमा रकम खर्च गरिने आयोगका सदस्य सचिव देवराज अधिकारीले जानकारी दिए । ४ महिनाभित्र उक्त रकम खर्च गरिसक्न योजना बनाइएको आयोगले जनाएको छ । परियोजनामा रहेको रकम कोरोना प्रभावित विश्वविद्यालयको वैकल्पिक शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन लागिएको हो ।

४ वर्षदेखि सञ्चालित परियोजना आगामी जुलाईबाट सकिन्छ । परियोजनाले उच्चशिक्षाको गुणस्तर सुधार लगायतका क्षेत्रमा काम गर्दै आएको थियो । परियोजनामा बचत रहेको रकम अनलाइन कक्षा सञ्चालनको सहयोगमा खर्च हुने भएको आयोगका सदस्यहरुले बताए । शिक्षा मन्त्रालय र आयोगको पहलमा परियोजनाको रकम कोरोना प्रभावित विश्वविद्यालयमा खर्च हुने भएको हो ।

शिक्षकलाई पाठ्यक्रम, अनलाइन पाठ्यक्रमगुणस्तर सुधारमा काम हुँदै आएको थियो । सिकाइ व्यवस्थापन प्रणालीको विकास, शिक्षक तालिम, प्रत्यक्ष कक्षा सञ्चालन, कक्षा सञ्चालनको भिडियो रेकर्डिङ र आवश्यक सामग्री व्यवस्थामा विश्वविद्यालयहरुले उक्त रकम खर्च गर्न सक्नेछन् । अनलाइन पाठ्यक्रम सामग्री र पाठ्यक्रमसमेत निर्माण गर्ने लक्ष्य लिइएको छ ।

अनलाइन कक्षामा सहभागी हुननसक्ने विपन्न वर्गका ११ हजार ४ सय छात्रछात्रालाईसमेत सहयोग उपलब्ध गराइने भएको छ । विद्यार्थी वित्तिय सहायता कोषमार्फत विद्यार्थीले सहयोग पाउनेछन् । इन्टरनेटमा पहुँच नभएका विद्यार्थीलाई डाटा प्याकेज खरिद गर्न राहत दिइने अधिकारीले बताए । ‘सरकारलाई पनि विद्यार्थीका लागि सस्तोमा डाटा ल्याउन लेखि पठाएका छौं,’ उनले भने, ‘तत्कालका लागि केही सहयोग गरेर विद्यार्थीलाई अनलाइनमा जोड्न खोजिएको हो ।’

त्रिभुवन विश्वविद्यालयका ६१ आंगिक क्याम्पस, ३९ विभाग, ३ स्कुल, संस्कृत विश्वविद्यालयका १४ क्याम्पस, काठमाडौं विश्वविद्यालयका ७ स्कुल, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका क्रमशः ५ र ४ स्कुलले उक्त सहयोग पाउनेछन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १ क्याम्पस, कृषि तथा वनविज्ञान र मध्यपश्चिम विश्वविद्यालयका १५र १५ क्याम्पस र सुदुरपश्चिम विश्वविद्यालयको १ क्याम्पसलाई सहयोग गरिनेछ । आयोगबाट छनौटमा परेका सामुदायिक क्याम्पसलाईसमेत सहयोग प्रदान गरिनेछ । कोभिड–१९ सँग सम्बन्धित अनुसन्धानका लागि एक करोडका दरले ३ करोड रुपैयाँ उपलब्ध गराइने छ । अनुसन्धानका लागि विश्वविद्यालयले प्रस्ताव पेस गर्नुपर्ने आयोगले जनाएको छ । प्रस्तावको मुल्यांकनपछि विश्वविद्यालय छनोट गरेर अनुसन्धानको जिम्मा दिइनेछ ।

शिक्षा मन्त्रालयको सिकाइ चौतारी
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाहरुको सिकाइलाई निरन्तरता दिन अनलाइन पोर्टल तयार पारेको छ । सिकाइ चौतारी नामक पोर्टलमा कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यसामग्री राखिएको छ । विद्यालयहरु बन्द रहेको अवस्थामा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन पोर्टल तयार पारिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधव दाहालले जानकारी दिए । अनलाइन कक्षाको प्रभावकारिता माथि प्रश्न उठिरहेको बेला मन्त्रालयले पनि इन्टरनेटको सहायताले सञ्चालन गर्न सकिने पोर्टल तयार पारेको हो ।

ती सामग्रीलाई विद्युतीय सामग्रीमा डाउनलोड गरेर जुनकुनै बेला अध्ययन गर्न सकिने व्यवस्था पनि गरिएको छ । केन्द्रले यसबाहेक मन्त्रालय मातहतका विभिन्न संघसंस्था र एजुकेसन कलस्टरद्वारा निर्मित सामग्रीको लिंक समेत आफ्नो वेबसाइटमा राखेको छ । सिकाइ चौतारी नामक पोर्टल लर्निङ डट सिइएचआरडि डट जिओभी डट एनपी लगइन गर्नुपर्छ । शिक्षक, अभिभावक, सामुदायिक र निजी विद्यालयले पनि ती सामग्री उपयोग गर्न सक्ने उनले बताए ।-कान्तिपुर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा कोरोना संक्रमितको सङख्या ५ सय ७० पुग्यो

मंसिर-१९/ शुक्रबार बैतडीका थप एक जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाका थप १ जनामा कोरोना पुष्टि भएको हो । शुक्रबार...

पुरातात्विक स्थलमा प्राचीन पोशाक लगाएर मोडलका अपाच्य तस्विर खिचेको आरोपमा पक्राउ

on पुरातात्विक स्थलमा प्राचीन पोशाक लगाएर मोडलका अपाच्य तस्विर खिचेको आरोपमा पक्राउ काठमाडौं । आफैंले खिचेका तस्विरका कारण एक व्यक्ति समातिएका छन् । मिस्र (इजिप्ट)...

१० किलोचरेशसहित युवक पक्राउ

मंसिर- १९/बैतडीमा १० किलोचरेशसहित एकजना युवक पक्राउ परेका छन् । अवैध १० किलो चरेशसहिति बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर...

ॐ लेखी सेयर गर्नुहोस महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलि...

काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ ।जब भगवान शिव रिसाउँछन् त्यतिबेला...

प्रदेश सभा सदस्य खड्काद्वारा पुलको शिलान्यास टोटी नालामा

शुक्लाफाँटा नगरपालिकाको वडा १० मा पर्ने टोटीनाला सडकमा पुलको शिलान्यास गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच सुदुरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लाल बहादुर खड्काले...

सातै प्रदेशमा लाइसेन्स परीक्षाको अनलाइन फाराम खुल्यो, मितिको टुंगो छैन

चैतदेखि रोकिएको सवारी चालक अनुमति पत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धी अन्ततः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनअघि मात्र सूचना जारी गर्यो...

विश्वभर ४ करोड ५३ लाख बढी कोरोना संक्रमित निको

विश्वभर ४ करोड ५३ लाख बढी कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म ६ करोड ५५ लाखभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या...

रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना...

काठमाडौ । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया