Sunday, November 29, 2020

५२ संक्रमितमध्ये ३० जना लुकेर नेपाल छिरेका थिए

- Advertisement -

बुटवल- कोरोनाको नयाँ केन्द्र बनेको प्रदेश ५ मा संक्रमितको संख्या ५३ पुगेको छ । यसमध्ये अधिकांश संक्रमित भारतबाट हालै नेपाल प्रवेश गरेका हुन् । सीमामा अलपत्र रहँदासमेत सरकारले उद्धार नगरेपछि उनीहरु लुकेरै नेपाल प्रवेश गरेका थिए । नेपाल आएपछि क्वारेन्टाइनमै बसेका ३० जनामा कोरोना देखिएको हो ।

प्रदेशका चार जिल्लामा संक्रमितको संख्या ५२ पुगेको छ । रुपन्देहीका ७, कपिलवस्तुका २१, बाँके र बर्दियाका एक–एक जना लुकेर नेपाल छिरेका हुन् । सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

पछिल्लो एक साताको अवधिमा कपिलवस्तुमा मात्रै करिब ९ सय नेपाल प्रवेश गरेको अनुमान छ । तीमध्ये ३ सयको हाराहारीमा मात्रै क्वारेन्टाइनमा बसेका छन् । अन्य कहाँ छन भन्ने अत्तोपत्तो छैन । नभेटिएकाहरुले कोरोना फैलाउने चिन्ता थपिएको छ। कपिलवस्तुका नाका हुँदै रुपन्देही, नवलपरासी र दाङ घर भएकाहरु भित्रिएका छन् । रुपन्देहीका केहीलाई मात्रै क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश ५ मा त्रास छाएको छ । संक्रमित बिरामीमध्ये कपिलवस्तु र रुपन्देहीका बुटवलको कोरोना विशेष अस्पतालमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोद गिरीले जानकारी दिए ।

सयौ सीमामा अलपत्र

भारतमा रेल र वस सेवा शुरु भएपछि सयौँ नेपालीहरु सीमामा आएका छन् । तर नेपाल प्रवेश गर्न पाएका छैनन् । लुकेर छिर्न सक्ने मात्रै भित्रिएका छन्। कतिपय नाकामा सुरक्षाकर्मीले एक हजारदेखि पन्ध्रसय रुपैया लिएर पस्न दिने गरेको बताइएको छ ।

सोमबार साँझसम्म कपिलवस्तुको सीमा क्षेत्रमा मात्रै २२०० नेपाली आएका छन् । शनिबारसम्म सिमानामा १३५५ जना थिए । सोमबार दिउँसो संख्या बढेर २२०० भन्दामाथि पुगेको छ ।
कपिलवस्तुको कृष्णनगरमा ४३०, भील्मी–कुशहवा ४८९, हरदौना ३०८, मर्यादपुर ४९३, चाकरचौडा २१९, हथिहवा १०६, विजयनगर ९२ जना नेपालीहरु दशगजामै बसिरहेका छन्।

सुनौलीबाट उद्धारको तयारी

रुपन्देहीको सीमावर्ती शहर सुनौलीमा रहेका नेपालीलाई उद्धार गरी क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले अलपत्रको उद्धार गर्न थालिएको बताए । ‘उद्धार गरेर तोकिएको अबधि क्वारेन्टाइनमा राख्छौं, उनले भने।

भारतीय शहर नौतुनवामा ११ सयभन्दा धेरै नागरिक नेपाल आउने प्रतिक्षामा छन् । उनीहरुलाई उद्धार गर्न थालिएको हो ।-अन्नपुर्ण पोष्ट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया