सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौंमा ओली र मोदीको पुत्ला दहन

 काठमाडौं । लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा प्रदर्शन गर्ने ३० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता बताउनेहरु छन् ।

Sana Kishan

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा पठाइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘पक्राउ पर्नेहरुको स्क्रिनिङ गरिरहेका छौं ।’

ज्ञवालीका अनुसार लकडाउनको समयमा भिड जम्मा गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.