सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अमेरिकास्थित नेपालीको सहयोगमा महेन्द्रनगरका विद्यार्थी र मजदुरलाई राहात वितरण

महेन्द्रनगर । अमेरिकास्थित नेपालीहरुको पहलमा संकलन गरिएको रकममार्फत कञ्चनपुर महेन्द्रनगरमा भाडामा बसेर अध्ययनरत विद्यार्थीलाई राहात वितरण गरिएको छ । अमेरिकामा पिएचडी गरिरहेका सुदूरपश्चिमाञ्चनल विश्वविद्यालयका उप–प्राध्यापक टेकेन्द्र भट्टको पहलमा संकलन गरिएको रकमबाट लकडाउनका कारण खाद्यान्न अभाव भएका विद्यार्थी तथा मजदुर वर्गलाई शुक्रबार राहात वितरण गरिएको हो ।

राहात वितरणमा समन्वयकारी भुमीकामा रहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक मनिश ओझाले दोस्रो चरण अन्र्तगत ८० जना विद्यार्थी र ६० जना मजदुरलाई राहात विरतण गरिएको बताए । उनका अनुसार विश्वविद्यालय र महेन्द्रनगरका अन्य क्याम्पसमा अध्ययरत विद्यार्थीलाई राहात विरतण गरिएको हो ।

World Link Ads
Mahakali Polytechnic

साथै भीमदत्त नगरपालिका ११,१२ र १३ नम्बर वडा कार्यालयलाई पनि त्यहाँका समस्यामा परेका मजदुरलाई सहयोग गर्न खाद्यान्न उपलब्ध गराईको छ । पहिलो चरण अन्र्तगत बैशाख १३ गते महेन्द्रनगरका ८० विद्यार्थीलाई राहत विरतण गरेकोमा अगामी दिनमा पनि समस्यामा परेकालाई सहयोग गर्ने जनाएको छ ।

Dirghayu Ads

हाल अमेरिकामा रहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उप–प्राध्यपक टेकेन्द्र भट्टले त्यहाँ रहेका नेपालीबाट समस्यामा रहेका विद्यार्थीलाई सहयोग रकम संकलन गरि नेपाल पठाएको बताए ।

‘यहाँ रहेको साथिहरुले व्यक्तिगत खर्च कटाएर समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न रकम संकलन ग¥यौँ’ उप प्राध्यापक भट्टले अमेरिकाबाटै भने ‘यहाँ हामी पनि लकडाउनले समस्यामा छौँ, तर विद्यार्थीको समस्यालाई बुझेर सक्दो सहयोग गर्ने प्रयास गरेका हौँ ।’ त्यस्तै रकम संकलनको क्रम जारी रहेकाले सहयोगी दातालाई सक्दो सहयोगका लागि उनले आग्रह समेत गरेका छन् ।

Sana Kishan

साथै राहत विरतणमा सहयोग तथा समन्वयकारी भुमीका निर्वाह गरेको उनले धन्यवाद दिए । राहत वितरणमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय क्याम्पस ईकाइ कमिटिले पनि विशेष सहयोगी भुमीका निर्वाह गरेको थियो ।

त्यस्तै राहत विरतणमा समन्वयकारी भुमीकामा रहेका नरेन्द्र भाटले वास्तविक समस्यामा परेका विद्यार्थीलाई अगामी दिनमा पनि सहयोग गरिने बताए । साथै उनले समस्यामा परेका विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह समेत गरेका छन् ।

वडा नम्बर १२ का मजदुरलाई पनि राहत

त्यस्तै अमेरिकास्थित नेपालीहरुको पहलमा संकलन गरिएको रकममार्फत भीमदत्त नगरपालिका १२ का मजदुर वर्गलाई राहत वितरण गरिएको छ । वडाका प्रतिनिधिमार्फत वडाका खाद्यान्न अभाव भएका २० जना मजदुरलाई राहत वितरण गरिएको हो । त्यस्तै वडा नम्बर ११ र १३ मा पनि राहत विरतणको कार्यक्रम रहेको छ । राहत वितरणका कार्यक्रममा वडाध्यक्ष कृष्णासिंह देउवा,राहत वितरण सहजकर्ता लोकराज पन्त, समाजसेवी लक्ष्मी मल्ल लगायतको सहभागीता रहेको थियो । वडा कार्यालयले विपद्मा सहयोग गर्ने सहयोग सहयोगी हातहरुलाई धन्यवाद समेत दिएको छ । समाज सेवी एंव नेपाली कांग्रेशकी नेत्री मल्लले अति विपन्न परिवारलाई राहत वितरण गरिएको बताईन् ।
साथै शनिबार ११ र १३ नम्बर वडामा राहात विरतण गरिने उनको भनाई छ ।

 

तपाई पनि सहयोग गर्न चाहानु हुन्छ भने यो लिङ्क मा क्लिक गर्नुहोला ।

https://www.gofundme.com/f/Support-Nepal—Covid-19-Pandemic/donate

 

 

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.