सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गोफण्डद्धारा खाद्यान्न समस्या भएका विद्यार्थी र मजदुरलाई राहत वितरण

महेन्द्रनगर । अमेरिकास्थित नेपालीहरुको पहलमा संकलन गरिएको गोफण्डद्धारा कञ्चनपुर महेन्द्रनगरमा भाडामा बसेर अध्ययनरत विद्यार्थीलाई राहत वितरण गरिएको छ । अमेरिकामा पिएचडी गरिरहेका सुदूरपश्चिमाञ्चनल विशवविद्यालयका उप–प्राध्यापक टेकेन्द्र भट्टको पहलमा संकलन गरिएको रकमबाट लकडाउनका कारण खाद्यान्न अभाव भएका विद्यार्थी तथा मजदुर वर्गलाई शुक्रबार राहात वितरण गरिएको हो ।

राहात वितरणमा समन्वयकारी भुमीकामा रहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक मनिश ओझाले दोस्रो चरण अन्र्तगत ८० जना विद्यार्थी र ६० जना मजदुरलाई राहात विरतण गरिएको बताए । उनका अनुसार विश्वविद्यालय र महेन्द्रनगरका अन्य क्याम्पसमा अध्ययरत विद्यार्थीलाई राहात विरतण गरिएको हो ।

साथै भीमदत्त नगरपालिका ११,१२ र १३ नम्बर वडा कार्यालयलाई पनि त्यहाँका समस्यामा परेका मजदुरलाई सहयोग गर्न खाद्यान्न उपलब्ध गराईको छ । पहिलो चरण अन्र्तगत बैशाख १३ गते महेन्द्रनगरका ८० विद्यार्थीलाई राहत विरतण गरेको गोफण्डले अगामी दिनमा पनि समस्यामा परेकालाई सहयोग गर्ने जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

हाल अमेरिकामा रहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उप–प्राध्यपक टेकेन्द्र भट्टले त्यहाँ रहेका नेपालीबाट समस्यामा रहेका विद्यार्थीलाई सहयोग रकम संकलन गरि नेपाल पठाएको बताए ।
‘यहाँ रहेको साथिहरुले व्यक्तिगत खर्च कटाएर समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न रकम संकलन ग¥यौँ’ उप प्राध्यापक भट्टले अमेरिकाबाटै भने ‘यहाँ हामी पनि लकडाउनले समस्यामा छौँ, तर विद्यार्थीको समस्यालाई बुझेर सक्दो सहयोग गर्ने प्रयास गरेका हौँ ।’

Dirghayu Ads

साथै राहत विरतणमा सहयोग तथा समन्वयकारी भुमीका निर्वाह गरेको उनले धन्यवाद दिए । राहत वितरणमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय क्याम्पस ईकाइ कमिटिले पनि विशेष सहयोगी भुमीका निर्वाह गरेको थियो ।

त्यस्तै राहत विरतणमा समन्वयकारी भुमीकामा रहेका नरेन्द्र भाटले वास्तविक समस्यामा परेका विद्यार्थीलाई अगामी दिनमा पनि सहयोग गरिने बताए । साथै उनले समस्यामा परेका विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह समेत गरेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.