सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका चार जिल्ला कोरोनाको उच्च जोखिममा

कञ्चनपुर, २३ बैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको थप संक्रमण बढ्न नदिन नेपाल सरकारले गत चैत्र ११ गतेदेखि निरन्तर बन्दाबन्दी (लकडाउन) जारी राखेको छ । करीब डेढ महिना लामो बन्दाबन्दीका कारण हरेक क्षेत्र नराम्ररी प्रभावित भएका छन् । अझैपनि बन्दाबन्दी लम्ब्याउनु पर्ने विज्ञहरुको सुझाव छ भने सरकारले पनि बन्दाबन्दीको समय थप गर्ने तयारी गरिरहेको छ । यद्यपी अहिलेको अवस्थालाई केही सहज बनाउन देशका विभिन्न भूभागलाई क्षेत्रगत विभाजन गर्ने तयारी भइरहेको छ ।

Sana Kishan

प्राप्त जानकारी अनुसार, सुदूरपश्चिम प्रदेशका नौ जिल्ला मध्ये चार जिल्ला कञ्चनपुर, कैलाली, बैतडी र दार्चुला जिल्लालाई उच्च जोखिम क्षेत्र (रातो समूह) मा वर्गीकरण गरिएको छ । त्यस्तै, डडेल्धुरा, डोटी र बझाङ गरी तीन जिल्लालाई आंशिक जोखिम क्षेत्र (पहेंलो समूह) र अछाम तथा बाजुरा जिल्ला गरी दुई जिल्लालाई न्यून जोखिम क्षेत्र (हरियो समूह) मा वर्गीकरण गरिएको छ । यसरी देशभरका ७७ वटै जिल्लालाई ३ समूहमा वर्गीकरण गरी बन्दाबन्दीको स्वरुपमा हेरफेर गर्न सकिने विज्ञहरुको सुझाव रहेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.