Friday, December 4, 2020

सर्पले डसेकी किशोरीको महाकाली अस्पतालमा उपचार सफल

- Advertisement -

पुष्कर भट्ट

सर्पले डसेकी एक किशोरीको महाकाली अस्पतालमा सफल उपचार भएको छ । २१चैत्र घाँस काट्ने जंगल गएकी परशुराम नगरपालिका–७ बड्डी मलास डडेल्धुराकी १८ बर्षिया किशोरी जानकी बोहराको महाकाली अस्पतालमा सफल उपचार भएको हो ।

यस बर्षको गर्मी र बर्षे मौसमको पुर्व सन्ध्यामा सर्पले डसेको पहिलो केस सफल भएको पाईन्छ । किशोरीका बाबु करन बोहराले घाँस काट्ने क्रममा विषालु सर्पले जानकीको हातमा काटेको थियो ।

‘घरबाट गैरखानसम्म पिठ्युमा बोकेर ल्याए, ‘उनले भने, ‘त्यहाँबाट अस्पताल सम्म एम्बुलेन्समा ल्याए ।’ लकडाउनका कारण छोरी बाँच्ने आसै नभएको बताउदै उनले कमै खर्चमा छोरीको सफल उपचार भएको अनुभव सुनाए ।

कतिपयको सर्पले डसेपछि लाखौँ खर्च भएपनि उनको अहिलेसम्म सबै ८ हजार मात्रै खर्च भएको छ । महाकाली अस्पतालका डा. अर्जुन कुमार भट्टले बिरामी अस्पतालमा भर्ना भएपछि २४घण्टासम्म चिकित्सक एव स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिएको बताए ।

एन्टिस्नेकभेनमबाट उनको उपचार गरियो । अहिले उनमा धेरै सुधार नभएको डा. भट्टले बताए । एचबियू कक्षमा उनको उपचार भईरहेको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्कसर)ले जनशक्ति र उपकरण बढ्दै गएपछि सर्पले डसेका बिरामीको उपचार भएको बताए ।

उनका अनुसार यो बर्षको पहिलो केस हो । यस अघि सर्पले डसेका बिरामीलाई धमाधम बाह्य रिर्फर गर्दै लैजान्थे, अहिले अस्पतालको प्रयासबाट उनको अस्पतालमै उपचार भएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना पत्ता लाग्यो, ३ जना नियन्त्रणमा

कञ्चनपुरमा नक्कली नेपाली नोट छाप्ने कारखाना पत्ता लागेको छ। जिल्लाको सदरमुकाम रहेको महेन्द्रनगर बजार गल्ली नम्बर २ मा सञ्चालन गरिएको नक्कली नेपाली रकम छाप्ने...

नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर : खानेपानी मन्त्री बिना मगर

कञ्चनपुर, १५ मंसिर । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका...

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

मन्त्री मगरद्वारा बेलौरी क्षेत्रका विकास निर्माणका योजनाको अनुगमन

लाल ब. एस के , कंचनपुर गृहनगरी पुगेपछि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाको स्थलगत अनुगमन एव जनतासंग भेटघाटमा व्यस्त छिन । ...

उच्चस्तरीय टोलीद्वारा कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको अनुगमन

,२०७७ मंसिर १२,महे न्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ बिहिबार राष्ट्रिय योजना आयोग...

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया