Wednesday, November 25, 2020

भारतका एसएसबी र गाउँलेको कुटपिटबाट १२ नेपाली घाइते

- Advertisement -

वीरगन्ज – स्बारा स्थित नेपाल भारतको सीमा नाका दशगजामा मङ्गलबार बिहान भारतका सुरक्षाकर्मी, गाउँले र नेपालीबीच झडप भएको छ । बाराको विश्रामपुर गाउँपालिका ४ बलिरामपुरसँग सीमा जोडिएको नेपाल भारत सीमाक्षेत्रको दशगजामा भएको झडपमा १२ जना नेपाली घाइते भएका छन् ।

वडा अध्यक्ष मदन यादवका अनुसार झडपमा भारतीय एसएसबी र भारतीयको कुटपिटबाट १२ जना घाइते भएका हुन् । उनीहरुमध्ये २ जनालाई गम्भीर चोट लागेको र अरु भने सामान्य घाइते भएको वडा अध्यक्ष यादवले जानकारी दिए ।

बलिरामपुरका छोटेलाल साहले दगशजा छेउमै रहेको आफ्नो खेतमा मङगलबार बिहान काम गरिरहेका बेला पारीबाट आएका एसएसबीले उनलाई कुटेका थिए । गाउँका नेपाली किसान कुटिएपछि प्रतिवादका लागि दशगजा क्षेत्रमा गएका बलिरामपुरका स्थानीयको समुहमाथि भारतीय एसएसबीले अन्धाधुन्द लाठी चार्ज गरेका थिए ।

त्यसक्रममा सीमावर्ती भारतीय गाउँ सहदेवाका भारतीयले पनि नेपालीमाथि ढुङ्गा मुढा गरेको वडा अध्यक्ष यादवले बताए । प्रतिकारमा यताबाट पनि नेपालीले ढुङगामुढा गरेको यादवले जानकारी दिए । यसअघि सोमबार साँझ दगशजामा रहेको आफ्नो तरकारी बारीमा गएका बलिरामपुरका एक किसानले बारीबाट तरकारी टिपेर दशगजा क्षेत्रमा राखेका थिए ।

त्यसैको निहुँमा एसएसबीका जवानले ती किसानलाई कुटपिट गरेका थिए । नेपाली किसान कुटिएपछि आक्रोशमा आएका बलिरामपुरका ३(४ जना युवाले पनि सोमबार बेलुकी सीमा नाकामा गएर एसएसबीका जवानलाई कुटेपछि विवाद सुरु भएको थियो । त्यही विवादका कारण सीमा क्षेत्रमा तनाव भई मङ्गलबार बिहान बलिरामपुरका स्थानीय र भारतीयबीच झडप भएको हो ।

तनावपछि सीमा क्षेत्रमा दुबै देशका गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी स्थिती नियन्त्रणमा लिइएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले भने मङ्गलबार बिहान भारतको सहदेवा र बाराको बलिरामपुरका स्थानीयवासी झगडाका लागि जम्मा भएकोमा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएर झडप हुन नदिएको दाबी गरे ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

भन्दा बलिउड सुपरस्टार तर पढाइ भने जिरो रहेका यी हुन् भारतीय...

फ्यानहरु माझ उनका मनपर्ने कलाकार आइडल रहने गरेका छन् । आफुलाई मनपर्ने कलाकारको बारेमा जान्ने उत्सुकता सबैमा हुने गर्दछ ।उनीहरुको रहनसहन, अध्ययन तथा निजि...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

‘फिफा द बेष्ट अवार्ड’ डिसेम्बर १७ मा भर्चुअलबाट हुने

काठमाडौं,७ मंसिर- ‘फिफा द बेस्ट अवार्ड’ समारोहकाे मिती तय भएकाे छ । काेराेना भाइरसका कारण यसपटक याे अवार्ड डिसेम्बर १७ मा भर्चुअलबाट हुने भएकाे छ...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया