Saturday, November 28, 2020

प्रधानमन्त्रीसँग कांग्रेस सभापति देउवाका यस्ता छन् तीन माग

- Advertisement -

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन माग राखेका छन् । देउवाले ओलीलाई टेलिफोन गरेर विशेष ध्यानाकर्षण गराउँदै तत्काल कार्य गर्न–गराउन माग गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

देउवाले अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नु सरकारको कर्तव्य रहेको स्मरण गराएका छन् । केन्द्रीय सरकारले उद्धार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर मात्रै घर जान दिने गरी व्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन प्रधानमन्त्रीसमक्ष सभापतिले आग्रह र माग गरेको उनले जानकारी दिए ।

देउवाका तीन माग
१. नेपालगन्जमा युद्धस्तरमा परीक्षण व्यापक रूपले गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्न । साथै देशभर पिसिआर प्रविधिद्वारा परीक्षण द्रुत गतिमा विस्तार गर्न ।

२. कुवेत सरकारको सेल्टरमा राखिएका करिब तीन हजार एवं मध्यपूर्वका अन्य देशमा अप्ठ्यारोमा रहेका र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्धार गर्नेबारे सरकारले व्यवस्थित योजना बनाएर क्रमशः कार्यान्वयन गर्न ।

३. सीमानाकामा क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि अझै कैयौँले देश आउन नपाएको स्मरण गराउँदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने व्यवस्था मिलाउन ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

देशले राजा र हिन्दुराष्ट्र मागेकै हो त ? पूरा विवरण पढेर...

जनाताबाट छानिएका प्रतिनिधीहरुबाट जनताकै हितका लागी भनिएको राज्य ब्यबस्थाले पनि जनताको आसातित कार्यहरु गर्न नसकिरहेको बर्तमानमा फेरी पनि बिकल्प सोच्न बाध्य पारिएका छन जनताहरुलाई।यसै...

वामदेवले भने म कुनै पनि गुटमा छैन

काठमाडौं, मंसिर ६ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफूँ सधैँ पार्टी एकताको पक्षमा रहेको बताएका छन्। शनिबार दाङको तुलसीपुमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष गौतमले...

धनगढीमा आज राजा समर्थकले प्रदर्शन गर्ने

धनगढी–राजा समर्थकहरूले आज धनगढीमा प्रदर्शन गर्ने भएका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागी दबाब दिन बृहद प्रदर्शन गर्न लागिएको...

धनगढीमा आज राजा समर्थकले प्रदर्शन गर्ने

धनगढी–राजा समर्थकहरूले आज धनगढीमा प्रदर्शन गर्ने भएका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा  हिन्दु राष्ट्र पुनर्स्थापनाका लागी दबाब दिन  बृहद प्रदर्शन गर्न लागिएको...

प्रचण्डले ओलीसँग प्रधानमन्त्रीको पद मागेपछि…

काठमाडौं, कात्तिक १६ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व दाबी गरेका छन्। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले सरकारको...

‘सुख्खा बन्दरगाहको सापना पुरा हुदैँछ, सुदूरपश्चिम समृद्ध बन्छ’: उद्योगमन्त्री भट्ट

महेन्द्रनगर १६ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिका १ स्थित मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा निर्माण हुने लागेको सुख्खा बन्दरगाहको आधिकारी घोषणागरिएको छ । आईतबार...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया