सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सचिवालय बैठक जारी, ओली बाहिरिए

काठमाडौं, २४ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । तर, बैठकको बीचबाटै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भने बाहिरिएको बालुवाटार स्रोतले जनाएको छ । सचिवालयको बैठकले भोलिबाट सुरु हुने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने तयारी छ ।

Sana Kishan

स्थायी कमिटी बैठक भोलि विहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा राखिएको छ । आजको सचिवालय बैठकको सुरुवातमै ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका थिए । गत शनिबारको सचिवालय बैठकमा भएको सहमतिअनुरुप नेताहरु नहिँडेको र आफूविरुद्ध मोर्चाबन्दी गरेको ओलीको गुनासो थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.