सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘अल्कोहल सेवनले स्वास्थ्यलाई हानी गर्छ, कोरोना मर्दैन’

काठमाडौं- सबै मिलेर कोरोना नियन्त्रणमा एकजुट हुन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ। मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले एकजुट भएर कोरोना नियन्त्रण गर्न आग्रह गरेका हुन्।

डा.देवकोटाले लकडाउनको अवस्थामा सबै नागरिकलाई आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिन पनि सुझाएका छन्। कतिपय मानिसले मादक पदार्थ सेवन गरे कोरोना लाग्दैन भन्दै मादक पदार्थ सेवन गरेको भन्दै त्यसो नगर्न अनुरोध गरेका छन्।

’अल्कोहल सेवनले स्वास्थ्यलाई हानी गर्छ, फाइदा गर्दैन। कोरोनालाई मार्ने त कुरै भएन। न मानिसमा छर्केर यसले नियन्त्रण गर्न सक्छ नत सेवनले’, उनले भने, ’दुवै हिसाबले अल्कोहलको प्रयोग हानिकारक छ।’

World Link Ads
Mahakali Polytechnic

उनले सबै नागरिक लकडाउनको अवस्थामा रहेकाले आ(आफ्नो स्वास्थ्यप्रति हेलचक्रयाइँ गर्न नहुने बताए। घरमा एक्लै बस्दा अल्कोहल सेवन गर्दा थप बानी बस्ने भन्दै डा.देवकोटाले यसको सट्टा शारीरिक तथा मानसिक रुपमा ठीक रहन शारीरिक क्रियाकलाप गर्दा लाभ हुने बताए।

Dirghayu Ads

उनका अनुसार बढी अल्कोहलको प्रयोगले कलेजोका साथसाथै अन्य अंगमा असर गर्छ। जसले गर्दा व्यक्ति जटिल रोगमा पुगेर मृत्युको सिकार हुन सक्छ। अल्कोहल सेवनले दिमागमा नराम्रा कुरा आउने, अनैतिक घटना हुने, मानसिक समस्या हुने, मनोत्रास हुने र सुसाइड गर्नेसम्मको स्थिति आउन सक्ने भन्दै डा.देवकोटाले सकेसम्म अल्कोहलबाट टाढा रहन आग्रह गरे। उनले भने, ’यसको सेवन भइराख्यो भने हाम्रो शरीरमा रोगसँग लड्ने शक्तिको कमी आउँछ।साथै अन्य रोगबाट प्रभावित भएर कोरोना संक्रमणको जोखिम समूहमा पर्ने संभावना रहन्छ।’

Sana Kishan

नेपालमा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६ जना निको भएर घर फर्किसकेका छन्। बाँकी अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

मंगलबारसम्म आरडीटीबाट ५२ हजार २२७ र पीसीआर प्रविधिबाट १३ हजार ८ सय ५० कोरोना नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा मात्र १५ सय ८२ वटा नयाँ नमूना परीक्षण भएका छन्।

यस्तै आइसोलेसन १२० जना छन्। काठमाडौंमा २ र उपत्यका बाहिर ११८ जना रहेका छन्। सातवटै प्रदेशबाट आरडीटी परीक्षण भइरहेको छ। सातवटै प्रदेशमा कुल ५२ हजार २२७ आरडीटी परीक्षण भएका छन्।

जसमध्ये प्रदेश १ मा ६ हजार १२२, प्रदेश २ मा ५ हजार २७८, बागमतीमा ८ हजार ९४०, गण्डकी प्रदेशमा ६७४, प्रदेश ५ मा ५ हजार १९३, कर्णालीमा ५ हजार ८७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २४४ रहेका छन्।

यस्तै सातवटै प्रदेशमा क्वारेन्टाइनमा बस्नेको संख्या २१ हजार ९९ पुगेको छ। जसमध्ये प्रदेश १ मा २ हजार १२४, प्रदेश २ मा १ हजार २९०, बागमतीमा २ सय ५८, गण्डकीमा ७ सय २६, प्रदेश ५ मा ८ हजार ९२२, कर्णाली प्रदेशमा ३ हजार ७५४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २५ छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.