सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मन्त्रिपरिषद् बैठक सुरु, कति दिन थपिएला लकडाउन ?

काठमाडौं- मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। ११ बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

Sana Kishan

आजको बैठकले लकडाउन थप्नेबारे निर्णय गर्दैछ। स्रोतका अनुसार सरकारले लकडाउन ७ देखि १० दिन थप्ने तयारी गरेको छ।

मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो। गत चैत्र ११ गतेबाट सुरु भएको लकडाउन बुधबार ४४औं दिन पुगेको छ। यसअघि सरकारले बैशाख २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.