Saturday, November 28, 2020

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्धारा प्रदेशका अस्पतालमा ७ ‘कोरोना टेष्टिङ’ बुथ निर्माण

- Advertisement -

कञ्चनपुर- कोरोना रोकथाम तथा नियन्त्रणका लागि विश्वका कैयन मुलुक युद्धस्तरमा खटिएका छन् । नेपालले पनि कोरोना जित्नका लागि लकडाउनदेखि सीमा सिलबन्दी पिसिआर, रेपिटटेष्ट, क्वारेन्टाईन लगायतका काम तिव्र रुपमा अघि बढाएको छ ।

कोरोना रोकथामका लागि सरकारले १० चैत्रदेखि गरेको लकडाउनमा विश्वविद्यालय बन्द भएपनि कोरोना रोकथामका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले भूमिका निर्वाह गरिरहेको छ ।

सुप विश्वविद्यालयले आफ्ना ईन्जिनियरिङ्ग संकायका विद्यार्थीलाई खटाएर कोरोना टेष्टिङबुथ (स्वाब संकलन) केन्द्र निर्माणका लागि खटाएको छ । विश्व विद्यालयले ईन्जिनियरिङ्ग संकायमा अध्ययनरत विद्यार्थी (लोचन कार्की र बिरेन्द्र बडाल)लाई प्रदेशका विभिन्न जिल्लामा रहेका अस्पतालमा स्वाब संकलनका लागि केन्द्र निर्माणनमा खटाएको हो ।

विद्यार्थी कार्कीका अनुसार विश्वविद्यालयले कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको महाकाली अस्पतालमा दुई स्वाब नमुना केन्द्र, दार्चुलाको खलङगा जिल्ला अस्पतालमा एक, कैलालीको लम्कीचुहा नगरअस्पतालमा एक, अछामको बयलपाटा अस्पतालमा एक, अछामकै मंगलसेन जिल्ला अस्पताल एक र बाजुराको मार्तडी जिल्ला अस्पतालमा एक कोरोना टेष्टिङ बुथ निर्माण गरेको छ ।

‘बुद केन्द्रमा हामी डिजायन गछौँ, ‘उनले भने, ‘खर्च सम्बन्धीत अस्पताल, नगर एव जिल्लाले गर्नुपर्छ ।’
उनका अनुसार एल्मुनियम, एसिसी बोर्ड प्रयोग गरेर ७ फिट उचाई, बेस चारचार र ५ देखि ८ एमएम सिसा प्रयोग गरिन्छ । बुथकेन्द्रमा एक ढोका सहित दुई ईक्जिट फ्यान जडान गरिन्छ ।

बुथ केन्द्र भित्र गएर स्वास्थ्यकर्मी एव चिकित्सकले स्वाब नमुना सुरक्षित रुपमा संकलन गर्न सक्छन, ‘उनले भने, ‘यो विधिबाट स्वास्थ्यकर्मी र बिरामी दुवै सुरक्षित हुन्छन् ।’

सुदूरका ५जिल्लाका सात अस्पालमा निर्माण भएको कोरोना टेष्टीङ्ग बुथबाट कामगर्न सहज भएको स्वास्थकर्मी एव चिकित्सकले बताएका छन् । महाकाली अस्पतालका मेसु डा. हरि कुमार श्रेष्ठले बुथबाट स्वाब नमुना संकलन सहज भएको बताए ।

‘हामीसंग अहिले कोरोना संकलन टेष्टिङ बुथछ, त्यहीबाट नमुना संकलन गरिरहेका छौँ, ‘डा. श्रेष्ठले भने, ‘पिपिई अभाव भईरहेका बेला बुथबाट सहज भईरहेको छ ।’

नमुना संकलन गर्दा चिकित्सक र बिरामीको आमनेसामने भएपनि भित्रबाट संकलन गर्दा दुवै जना सुरक्षित हुने उनले बताए । बुथबाट संक्रमण नफैलिने भएकाले उच्च मनोबलका साथ काम गर्न सहज भएको उनले बताए ।

 

विद्यार्थी कार्कीको सक्रियातामा बने टेष्टिङ बुथ

कञ्चनपुरको भीमदत्त नगरपालिका ९मटैना घर भएका कार्की र दार्चुलाका बडाल दुवै जना सिभिल ईन्जिनियरिङ्ग पाचौँ सेमिष्टरमा अध्ययनरत छन् ।
उनीहरु दुवै जना स्वयमसेवि भएर स्वाब संकलन केन्द्र निर्माणमा जुटेका हुन् ।

कोरोना परिक्षण गर्न स्वास्थ्यकर्मीले बिरामीको रगत वा स्वाब संकलन गर्नुपर्छ, उनीहरुसंग प्रर्याप्त व्यक्तिगत सुरक्षा समाग्री (पिपिई) नभएपनि स्वाब नमुना संकलन केन्द्र मार्फत सहज संकलन गर्न सक्छन् । विद्यार्थी कार्की आफै सुदूरपश्चिमका विभिन्न अस्पतालमा तथा स्थानीय तहमा पुगेर टेष्ट्रीङ् बुथ निर्माण गरेका हुन् ।

ईन्जिनियर डा. महाबिर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले कोरोना कहर चलेको नेपालमा ४० दिनको अवधिमा सात स्वाब संकलन केन्द्र निर्माण गरेका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका ईन्जिनियरिङ्ग संकायका विद्यार्थी लोचन कार्कीले स्वाब नमुना संकलनका लागि विश्वविद्यालयले राष्ट्रिय आविष्कार केन्दले निर्धारण गरेको मापदण्ड अनुसार केन्द्र निर्माणमा प्राविधिक सहयोग गरिरहेको बताए ।

ईन्जिनियरिङ्ग संकायका डिन किशनदेव भट्ट, विभागिय प्रमुख तोरण प्रशाद भट्ट सहित सुप विश्वविद्यालयले सम्बन्धीत निकायसंग समन्वय गरेर कोरोना टेष्टीङ्ग बुथ निर्माण गरिरहेको कार्कीले बताए ।

सुप विश्वविद्यालयले विश्वरी महामारीमा रुपमा फैलिएको कोरोना भाईरस परास्थ गर्नका लागि समाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ ।
सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा. भुपेन्द्र सिह विष्टले प्रदेशभरी वा अन्य स्थानबाट कोरोना टेष्टिङबुथ निर्माणका लागि माग आए थप विद्यार्थी खटाईने बताए ।

संकटमा छावी बनाउँदै विश्वविद्यालय

नेपालको सबैभन्दा कान्छो सुप विश्वविद्यालय जसले सुन्ने वितिक्कै तालाबन्दी, हड्ताल एव आन्दोलन भएको होला भनेर सम्झिने अवस्था थियो । तर, कोरोना रोकथामका लागि सरकारले १० चैत्रदेखि गरेको लकडाउनमा विश्वविद्यालय बन्द भएपनि कोरोना पछ्याउनका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले भूमिका निर्वाह गरिरहेको छ ।

 

तालाबन्दी लगायत विभिन्न कारण बदनामको शिकारको चपेटामा परेको सुप विश्वविद्यालयका विद्यार्थीले कोरोना भाईरस जित्नका लागि गरिरहेको प्रयासले विश्वविद्यालयको जनशक्ति संकटका बेला सदुपयोग भईरहेको टिप्पणी गरिएको छ ।

सीमा क्षेत्र लगायत प्रवेसद्वार क्षेत्रमा सेनिटाईजर गर्नका लागि समेत टर्नेल निर्माण गर्नका लागि समेत विश्वविलय साझेदारी गर्न तयार रहेको छ ।
मानिसलाई सेनिटाईजर गर्ने हाईड्रोजन पेरो अक्साईड र सोडियम आईपोक्लोराईटले मानिसमा असर पर्ने देखिएपछि सवारी साधनमा सेनिटाईजर गर्नका लागि टर्नेल बनाउन पहल थालिने छ ।

कोरोना बिरुद्ध विश्वविद्यालयले संचालन गरेको अभियानमा अभिभावक, सरोकारवाला निकाय समेत हर्षित भएका छन् ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया