Thursday, December 3, 2020

‘ग्रीन’ र ‘एल्लो जोन’ वर्गीकरण गरी उद्योग खुलाउने योजनामा सरकार

- Advertisement -

काठमाडौं । मुलुकभर लकडाउन लागू भएको झन्डै डेढ महीना हुँदै गर्दा बन्द उद्योग तथा व्यवसाय खुलाउन सरकार सकारात्मक देखिएको छ ।

कोरोना भाइरसको जोखिम नेपालमा कायमै रहे पनि यसको जोखिम न्यून भएका क्षेत्रहरूलाई ग्रीन जोन (हरियो क्षेत्र) र एल्लो जोन (पहेंलो क्षेत्र) मा वर्गीकरण गरी त्यहाँ रहेका उद्योग तथा व्यवसायहरू खोेल्न दिने योजनाबारे हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिबीच छलफल भएको छ ।

मन्त्रालयले क्षेत्र पहिचान गरी उद्योगहरू सञ्चालनको योजनालाई अन्तिम रूप दिँदै छ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले यस विषयमा २र३ दिनमै निर्णयमा पुग्ने अभियानलाई बताए । ‘२५ गतेसम्म लकडाउनकै समयावधि छ, केही दिनमै उद्योग सञ्चालनका लागि ठोस कार्य्विधि आउनेछ,’ उनले भने ।

‘उच्च जोखिम भएका क्षेत्र अर्थात् रेड जोन (रातो क्षेत्र)मा पर्ने उद्योगहरू खोलिँदैन । तर, हरियो क्षेत्र र सुरक्षाका उपायहरू अपनाएर व्यवसाय सञ्चालन गर्न सकिने पहेंलो क्षेत्रमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै भौतिक दूरी कायम राखेर उद्योग खोल्ने व्यवस्था गरिनेछ,’ उनले भने ।

लकडाउन थप लम्बिएको अवस्थामा पनि कडा सुरक्षा र स्वास्थ्य मापदण्डहरू पालना गराएर उद्योगहरू सञ्चालन गर्ने तयारी भइरहको उनको भनाइ छ ।

अहिले अत्यावश्यक वस्तुहरू खाद्य, औषधि उद्योगहरू मात्र सञ्चालनमा छन् । यद्यपि यी उद्योगसँगै जोडिएका पूरक उद्योगहरू, निर्माण सामग्रीका साथसाथै आवश्यकता हेरी उद्योगहरू सञ्चालन गर्न दिने तयारी पनि मन्त्रालयले गरेको छ ।

निजीक्षेत्रले पनि तीन समूहमा उद्योग क्षेत्रलाई राखेर हरियोमा उद्योग सञ्चालन गर्ने र पहेंलोमा आवश्यकताअनुसार सुरक्षा सतर्कता अपनाएर उद्योग खोल्ने र रोतो क्षेत्रमा पर्ने उद्योगहरू भने बन्द नै गर्ने गरी सरकारलाई प्रस्ताव बुझाएको पनि झन्डै २ हप्ता भइसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योगहरू विस्तारै सञ्चालनमा ल्याउन अब आवश्यक भइसकेको बताए । ‘लकडाउन लगभग सफलजस्तै भएको छ, कोरोना नियन्त्रणमै रहेकाले जोखिम न्यून भएका क्षेत्रका उद्योगहरू सञ्चालन हुँदा श्रमिक, रोजगारदाता मात्रै नभई सिंगो अर्थतन्त्रलाई थप जोखिम हुनबाट जोगाउन सकिन्छ,’ गोल्छाले भने ।

अहिले श्रमिकहरू भोकभोेकै बस्नुपर्ने बाध्यता त छँदै छ, उद्योगी तथा रोजगारदाताहरू पनि समस्यामा रहेको उनको भनाइ छ । गोल्छा स्वास्थ्यभन्दा ठूलो कुरा उद्योग कलकारखाना सञ्चालन गर्नु होइन ।

तर पनि सुरक्षित क्षेत्रमा कुनै व्यवसाय नै नचलाई बस्नु पनि उपयुक्त नहुने बताउँछन् । तत्काल शतप्रतिशत खोल्न नसकिए पनि आवश्यकता हेरेर सञ्चालन गर्दा उद्योग प्रतिष्ठानहरूमा आवश्यक पर्ने जनशक्ति तथा श्रमिकहरू व्यवस्थापन गर्न सकिने सम्भावना उत्तिकै रहेको उनको भनाइ छ ।

नेपाल सिमेन्ट उत्पादनक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेलले क्षेत्र पहिचान गर्न सरकारले ढिला गरेको गुनासो गरे । क्षेत्र पहिचान गरी १० दिनअघि उद्योगहरू खोल्नुपर्ने थियो । तर, सरकारले जति ढिलो गर्छ, त्यही गतिमा राज्यलाई दायित्व थपिँदै जाने उनको भनाइ छ ।

अहिले शतप्रतिशत उद्योग खोल्न र सबैलाई रोजगारी दिन नसके पनि ५० देखि ६० प्रतिशतलाई रोजगारी दिन सकिने भन्दै पोखरेलले भने, ‘लाखौं श्रमिक बेरोजगार भएकाले उनीहरू काम गर्न चाहन्छन्, यसका लागि सरकारले सहजीकरण र कडा निगरानी राख्नुपर्छ ।’

सरकारले तोकेका सुरक्षा तथा स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक दूरी कायम गरी उद्योगलाई नै क्वारेन्टाइनका रूपमा लिएर काम गर्न श्रमिकहरूलाई समस्या नहुने पनि उल्लेख गरिएको छ ।

अहिले सिमेन्ट उद्योग पनि सबै बन्द छन् भने यो क्षेत्रमा रोजगार पाइरहेका ५० हजार श्रमिक तथा कर्मचारीहरू कामविहीन भएका छन् । यद्यपि मुलुकभर नै अहिले लाखौंको संख्यामा श्रमिक बेरोजगार भएका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड द्वारा मृत्युदावि रकम भुक्तानी

कञ्चनपुर नेपालकै पहिलो र अग्रणि जीवन बीमा कम्पनी नेशनल लाईफ इन्सोरेन्स क. लि. महेन्द्ररनगर शाखााबाट आफ्ना तिनवटै छोराहरू पवन जोशी, भुवन जोशी र मिलन जोशीको...

को’रोनाले यसरी फेरिदियो जीवन, पाइलट गरिरहेछन् ‘फूड डेलिभरी’ को काम

को’रोना महामा’रीका कारण थुप्रैको जीवन नराम्रोसँग प्रभावित भइरहेको छ । संसारभरी राजगारीमा कमी आएको छ र थुप्रै क्षेत्र यस्ता छन् जुन न’राम्रोसँग धरासयी बनेका...

कञ्चपुरमा फरवार्डका चार शाखाको औपचारिक रुपमा उद्घाटन

कञ्चनपुर । ग्रामिण क्षेत्रको विकास गर्न तथा त्यहाँ रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक शशक्तिकरणमा जोड्ने हो भने माइक्रोफाइनान्स क्षेत्रलाई सरकारले प्राथमिकता...

कोरोना कहरले फेरियो कञ्चनपुरका व्यवसायीको व्यवसाय

महेन्द्रनगर । दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिएका छन् । कोरोना कहरमा...

घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले...

किसानहरुले उत्पादन गरेको तरकारीले बजार पाउन थाल्यो !

बैतडी : पछिल्लो समय बैतडीमा किसानहरुले गरेको तरकारी उत्पादनले बजार पाउन थालेको छ । लामो समयदेखिको कोरोना महामारीका कारण बाहिरबाट तरकारीको आयात बन्द हुदा जिल्लामा...

९५ रुपैयाँमै टेलिकमको भ्वाइससहित ८ जीबी डेटा प्याक, फेसबुक र युट्युवमा...

नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वको अवसरमा विभिन्न छुट र अफर सहितको नयाँ प्याकेज ल्याएको छ । कम्पनीले फेस्टिभल अफरका...

भारतबाट आलु आयत नभएपछि नेपालको आलुले राम्रो मूल्य पायो

विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ । विगतका वर्षहरूमा १५ देखि २५...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया