सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहीबार बैतडीको झुलाघाट सीमाबाट आएका एक जनाको मृत्यु

बैतडी — बिहीबार नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटबाट आएका एक जनाको मृत्यु भएको छ । बैतडीको पुरचौर्डी नगरपालिका–६ भूमिराजका ६७ वर्षीय जुनी लोहारको मृत्यु भएको हो ।

बिहीबार राति उनको समूहमा रहेकालाई जिल्लाको दशरथचन्द नगरपालिकाको एक विद्यालयमा राखिएको थियो । शुक्रबार पुरचौर्डी नगरपालिकामा ल्याइएको थियो । उनीहरु बिहीबार दिउँसो उत्तराखण्डको पिथौरागढबाट नेपाल आएका थिए ।

Sana Kishan

शनिबार बिहान ६ बजेतिर त्यहाँबाट अर्को क्वारेन्टाइनमा पैदल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

उनी दमको बिरामी भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । प्रहरी उपरीक्षक पाण्डेयका अनुसार मृतकको स्वाब संकलन गर्ने र परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.