Friday, November 27, 2020

कामदार नहुँदा महाकाली ४ लेन पुल निर्माण सुस्त

- Advertisement -

लकडाउनपछि पुलको काम पनि बन्द भएको थियो । उक्त अवधिमा नेपाली कामदार घर फर्किए । भारतीय कामदारलाई क्वारेन्टाइनमा राखियो । क्वारेन्टाइनमै उनीहरूको आरडीटी गरिएपछि वैशाख १० देखि काममा लगाइएको हो ।

‘अहिले कामदार अभाव भएकाले अन्य सबै काम रोकेर स्ल्याब हालिँदै छ,’ निर्माण कम्पनीका इन्जिनियर किशोरराज पाण्डेयले भने, ‘बाटो र नाली निर्माणको काम सबै स्थगित छ ।’

महाकालीमा ४ लेनको पक्की पुलका लागि २७ वटा पिलरको जग निर्माण भएको छ । २० वटा पिलर पनि बनिसके । ८ सय मिटर लामो पुलमा ३४ पिलर हुनेछन् । ‘यो वर्ष कम्तीमा १२ वटा स्ल्याब हाल्ने योजना थियो तर ६ वटा पनि नसकिने अवस्था छ,’ इन्जिनियर पाण्डेयले भने, ‘कामदार मात्रै होइन, निर्माण सामग्री पनि अभाव हुन थालेको छ ।’

उनका अनुसार निर्माण सामग्री ढुवानीका लागि स्थानीय प्रशासनले पास उपलब्ध गराए पनि छड र सिमेन्ट ल्याउन समस्या भएको छ । कामदार नभएकाले लोड गर्नै दुईरतीन दिन लाग्ने गरेको पाण्डेयले बताए ।

पछिल्लो समय महाकालीमा जलस्तर बढेकाले निर्माणमा बाधा पुगेको छ । हिउँदमा समेत पानी बढी भएका कारण राम्ररी काम हुन सकेन । भारतीय पक्षले पश्चिमी क्षेत्रमा तटबन्ध बनाउन नदीको सबै पानी पूर्वी क्षेत्रमा छाडेकाले निर्माण स्थलसम्म कामदार र सामग्री ढुवानीमा समेत निकै समस्या भइरहेको थियो । नदीको तीनरचार ठाउँमा डाइभर्सन बनाएर निर्माण कार्य अघि बढाइएको थियो । यस्तोमा लकडाउनका कारण करिब एक महिना काम रोकिएको हो ।

गड्डाचौकीदेखि महाकाली नगरपालिकाको मलेरिया नालासम्मको साढे ८ किलोमिटर पहुंँच मार्ग निर्माणको काम पनि रोकिएको छ । निर्माण कम्पनीले यस वर्ष बेस बनाउने काम सक्ने लक्ष्य राखेको थियो । तर अहिले भरानको काम मात्रै सकिएको छ ।

पुलको दुवैतर्फ निर्माण हुने भनिएको पोखरीको काम पनि रोकिएको छ । केही समय ढुंगा र माटोको अभावमा काम रोकिएको थियो । पछि लकडाउनका कारण रोकिएको इन्जिनियर पाण्डेयले बताए । उनका अनुसार पोखरी निर्माणका लागि १ लाख ८० हजार घनमिटरको ढुंगा आवश्यक पर्छ । तर हालसम्म ८० हजार घनमिटर मात्रै प्राप्त भएको छ ।

‘यस वर्ष एकातिरको पोखरी निर्माणको काम सक्ने योजना थियो, त्यो पनि त्यतिकै रह्यो,’ उनले भने, ‘सुरुमा ढुंगा, माटो अभाव त अहिले लकडाउनले सबै ठप्प भयो ।’ पुलको दुवैतर्फ निर्माण हुने पोखरी १९ सय मिटर लम्बाइ र ६ सय मिटर चौडाइको हुनेछ ।

क्ञ्चनपुरको दोधारा–चाँदनीको महाकाली नगरपालिकालाई देशका अन्य भूभागसँग सडक सञ्जालले जोड्न र कञ्चनभोजमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा यो पुल निर्माण हुन लागेको हो ।

२०७४ मा ३ वर्ष्भित्र काम सक्ने गरी कुमार श्रेष्ठ सीएफईसी जेभीसंँग ३ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । तोकिएको अवधिमा नसकिने भएपछि कम्पनीले गत वर्ष नै २७० दिन म्याद थप गरिसकेको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड द्वारा मृत्युदावि रकम भुक्तानी

कञ्चनपुर नेपालकै पहिलो र अग्रणि जीवन बीमा कम्पनी नेशनल लाईफ इन्सोरेन्स क. लि. महेन्द्ररनगर शाखााबाट आफ्ना तिनवटै छोराहरू पवन जोशी, भुवन जोशी र मिलन जोशीको...

को’रोनाले यसरी फेरिदियो जीवन, पाइलट गरिरहेछन् ‘फूड डेलिभरी’ को काम

को’रोना महामा’रीका कारण थुप्रैको जीवन नराम्रोसँग प्रभावित भइरहेको छ । संसारभरी राजगारीमा कमी आएको छ र थुप्रै क्षेत्र यस्ता छन् जुन न’राम्रोसँग धरासयी बनेका...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया