सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलौरी नगरपालिकाद्धारा सशस्त्र प्रहरीलाई सुरक्षा उपकरण

लाल ब.एसके
२१- बैशाख ।  कोरोना भाईरस(कोडिभ १९)रोकथाम तथा नियन्त्रणका लागि सरकारले भारतसंग जोडिएका सीमा क्षेत्रमा सशस्त्र प्रहरीको व्यापक परिचालन गरेको छ ।
एक्कासी ठुलो संख्यामा भारतसंग सीमा जोडिएको कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेपछि गस्ती बढाउनका लागि आवश्यक बन्दोबस्त समाग्रीको अभाव भएको छ ।
सीमा क्षेत्रमा अहोरात्र खटिने सशस्त्र प्रहरीलाई गस्ती गर्न सहजका लागि कञ्चनपुरको बेलौरी नगरपालिकाले सशस्त्र प्रहरीलाई ईलेक्ट्रोनिक सुरक्षा समाग्री सहयोग गरेको छ ।
बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले सीमा क्षेत्रमा कोरोना रोकथामका लागि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका हुने भएकाले नगरपालिकाबाट सहयोग समाग्री उपलब्ध गराएको बताए । ‘अहिले कोरोना रोकथामका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी अहोरात्र खटिएको छ, ‘मेयर चौधरीले भने, ‘गस्ती गर्न सहज होस भन्नका लागि सक्दो सहयोग उपलब्ध गराएका छौँ ।’
मेयर चौधरीका अनुसार बेलौरी क्षेत्रको सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई सोलार १० थान, टर्चलाईट २० थान, फिल्टर ८ थान, जस्तापाता ४बण्डल, टेण्ट ५थान, स्टेण्ड फ्यान ५ थान हस्तान्तरण गरिएको छ ।
आइतबार एक कार्यक्रमका विच सशस्त्र प्रहरी नायब उपरीक्षक गंगादत्तपन्तलाई हस्तान्तरण गरिएको छ । यस अघि पनि बेलौरी नगरपालिकाले सशस्त्र प्रहरीलाई गस्ती गर्न सहजताका लागि ८थान मोटरसाईकल समेत दिएको थियो ।
‘बेलौरी नगरपालिका पुरै खुला सीमा क्षेत्र हो, ‘मेयर चौधरीले भने, ‘सुरक्षा गर्न थुप्रै चुनौती छन, अहोरात्र खटिने सुरक्षाकर्मीलाई सहजताका लागि साईकल सहित सुरक्षा उपकरण उपलब्ध गराएका छौँ ।’
मेयर चौधरीले बेलौरीमा तीन स्थायी सशस्त्र प्रहरीका सुरक्षा क्याम्पस २, ८ र १० नम्बर वडामा बिओपी र सशस्त्र प्रहरी नायब उपरीक्षकको दरबन्दीको माग गरिएको बताए ।
बेलौरी नगरपालिकाले सशस्त्र प्रहरीले कञ्चनपुरमा कोरोना रोकथाम तथा चेन तोडन सफल भएकोमा उच्च सुरक्षा सर्तकता अपनाएको जनाएको छ ।
सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले बेलौरी नगरपालिकाप्रति आभार प्रकट गरेका छन् । सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति बीरसिह शाहुले सशस्त्र प्रहरीको कामको मुल्याङ्गन गरेको भन्दै बेलौरी नगरपालिकालाई धन्यवाद दिए ।
सशस्त्र प्रहरी उपरीक्षक शाहुले स्थानीय सरकारले सशस्त्र प्रहरीको कामप्रति गरेको मुल्याङ्गको कदर भएकाले थप काम गर्न हौसला भएको बताए । कञ्चनपुरमा सशस्त्र प्रहरीले कोरोना भित्रिन नदिन कोरोनाको चैन तोड्नेदेखि अवैध हतियार बरामद गरेपछि चौतर्फि प्रसंसा भईरहेको छ ।
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.